ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

धरहरा चढ्ने रहर बुटवलमा पुरा !

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

२०७२ साल वैशाखको भूकम्पले धरहरा चढ्न चाहने धेरै जनाको रहर पनि चुडाएको छ । वि सं. १८८२ मा तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको धरहरा चढ्ने धोकोलाई मनभित्र च्याप्दै भग्नावेशलाई टुलुटुलु हेर्न बाध्य छन उनीहरु । भग्नावेश धरहरा फेरी पहिलेकै अवस्थामा आउन कति वर्ष लाग्ने हो ? प्रतिक्षाको घडी लामो छ । तर काठमाडौंको धरहरा चढ्न रहर भएकालाई भने खुसीको खबर छ । काठमाडौको ९ तले धरहरा अब छिट्टै बुटवलमै चढ्न पाइने भएको छ । असोज १९ गतेदेखि शुरु हुन लागेको तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा धरहरा पाइने भएको हो ।
ऐतिहासिक ९ तले धरहराको प्रतिमाको रूपमा बुटवलमा निर्माण गर्न लागिएको धरहराको सनिवार शिलन्यास गरिएको छ ।
मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष प्रविण पाठक, संरक्षकद्वय खेम श्रीस, खिमनारायण पराजुली लगायतले संयुक्त रूपमा धरहराको सिलान्यास गरेका हुन । धरहराको उचाई झण्डै ९० फूट रहने छ । जहा“बाट बुटवल बजारको अवलोकन गर्न सकिने छ । ३० फूट गोलाई रहेको उक्त धरहरामा एकै पटक ५० जनाले धरहरा चढेर दृश्यावलोकन गर्न सकिने मुल आयोजक समितिका संयोजक पाठकले जानकारी दिए । उनले भने– यो धरहराले पर्यटन प्रवद्र्धनमा टेवा दिनेछ, धरहरा चढीसकेकालाई पुन स्मरण गराउन र नचढेकालाई धरहराको अनुभव दिलाउने छ ।’
काठमाडौंको धरहरा कै डिजाईन र कलरमा धरहरा बनाउन लागिएको कन्सेप्ट प्रस्ताव गरेको पुर्व अध्यक्ष एवं संरक्षक खिमनारायण पराजुलीले बताए । करिव २० लाख रूपैयाँ लगानीमा धरहरा निर्माण शुरु गरिएको छ । उनले भने– ‘यसलाई मेलाकै आकर्षणको रूपमा लिएका छौ । अस्थायी संरचनाको यो ठूलो लगानी हो ।’ धरहरा निर्माणको लागि २० जना कालिगढहरूले काम गरेका छन् । चौविसै घण्टा काम गर्दा १५ दिनमा धरहराको स्वरूप तयार हुनेछ । यो क्षेत्रमा चढ्न मिल्ने गरी बनाईएको धरहरा पहिलो हुने र तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले बनाएको धरहराकै झल्को दिने आयोजकले बताएका छन । धरहरा बुटवल मण्डप भित्रको सचिवालय र मन्चको बीचमा रहने छ । रानीपोखरी आकारको प्रवेशद्वाराबाट प्रवेश गर्दा धरहराकै झल्को दिनेछ ।
मेला सफल बनाउन मन्त्रीको प्रतिवद्धता
प्रदेश नं. ५ का मन्त्रीहरूले बुटवलको प्रदर्शनी सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदर्शनीले उद्योग पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताउँदै त्यसको लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने मन्त्रीहरूले वचन दिएको संघका निवर्तमान अध्यक्ष तथा संरक्षक खेम श्रीसले जानकारी दिए ।
भेटघाट तथा छलफलको क्रममा आयोजकहरूले प्रदेश नं. ५ का मन्त्रीहरूलाई भेटघाट गरी तयारी र प्रदर्शनीको विषयमा जानकारी गराएका हुन । प्रदेश नं ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, सामाजिक विकास मन्त्री सुदर्शन बराललाई भेटगरी प्रदर्शनीको विषयमा जानकारी गराइएको छ । त्यसैगरी आईतबार बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी र प्रदेश सभा सदस्य दधिराम न्यौपानेले प्रदर्शनी स्थलको अवलोकन गरी मेला सम्पन्न गराउन हरतरहबाट सहयोग पु¥याने विश्वास दिलाएका थिए । यसैबीच प्रदर्शनीको तयारी तिव्र पारिएको छ । सटल निर्माणको काम धमाधम अघि बढेको तथा भेटघाट तथा छलफललाई तिव्रता दिइएको प्रचार–प्रसार उप–समितिका संयोजक नेत्र रुचालले जानकारी दिए । उनका अनुसार स्टल बुकिङको कार्य अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीका ४ सय भन्दा बढि स्टल रहने छ विभिन्न ८ वटा प्याभिलियनमा स्टल राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?