© २०२३
नवलपुुर, १२ असार ।
शैक्षिक सत्र शुरु भएको तीन महिना पुुगिसक्दा पनि नवलपरासी पूुर्वका केही बिद्यालयमा अझै पाठयपुस्तकको अभाब रहेको पाइएको छ ।
कक्षा १ देखि कक्षा ५ सम्मको पाठयपुस्तक छाप्ने जिम्मेवारी निजी संस्थालाई दिईएको भए पनि पर्याप्त पाठयपुस्तक अझै ४० भन्दा बढी बिद्यालयमा आंशिक रुपमा नपुगेको पुस्तक बिक्रेता रविन्द्र न्यौपानेले बताए । कक्षा ६ देखि कक्षा १० सम्मका पुस्तक भने जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भए पनि पर्याप्त पुस्तक भने अझै धेरै विद्यालयमा नपुगेको पुस्तक विक्रेता खेम भुसालले बताए ।
जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी गोपाल प्रसाद कंडेलले नवलपरासीमा भने अब पाठयपुस्तक पुगेको दाबी गरे । जिल्ला शिक्षा कार्यालयले जिल्लामा रहेका कक्षा १ देखि कक्षा १० सम्मका एक लाख ६२ हजार बिद्यार्थीका लागि तीन करोड ४० लाख निकासा दिएको सहायक जिल्ला शिक्षा अधिकारी कंडेलले जानकारी दिए ।
जिल्लामा रहेका ४० बढि सामुदायिक बिद्यालयमा आंशिक रुपमा अझै पनि पाठ्यपुस्तक पुगेको छैन । पाठ्यपुस्तक नै अपुग आएको र त्यसरी आएको पाठ्यपुस्तकले समस्या थपेको बताउँदै सम्बन्धित बिद्यालयहरुले अपुरो पाठय्पुस्तक लैजान नमानेका कारण केही दिन पठनपाठन समेत प्रभाबित हुने भएको देवबडाचुली माविका प्रधानाध्यापक टोलबहादुर गाहा मगरले बताए ।
जिल्लामा अझै पाठय्पुस्तक अभाव रहकाले बारम्बार पाठय्पुस्तक माग गरे पनि नेपाली, शिक्षा, अर्थशास्त्र, सामाजिक जस्ता विषयको पुस्तक नआएको र आवश्यकता हेरेर मात्र जनक शिक्षाले पाठय्पुस्तक दिने भएकाले पनि जनक शिक्षामा पनि पाठय्पुस्तकको अभाव रहेको प्रगतिनगरका पुस्तक बिक्रेता शोभाकान्त रेग्मीले बताए ।
विशेष गरेर दुर्गम पहाडी क्षेत्रका बिद्यालयहरुमा समयमै पाठय्पुस्तक पुर्याउन नसकिए पनि अहिले त्यस्तो समस्या नभएको र शिक्षामा विकृती र विसंगती आउन नदिन र कडाईका साथ पठनपाठनलाई प्रभावकारी बनाउन शिक्षा बिकास तथा समन्बय इकाईले जनाएको छ ।