ट्रेंडिंग:

>> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु

यसरी सुधारियोे भिम अस्पताल

४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

बुटवल, ४ जेठ ।

रूपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । वि.सं १९९० मा स्थापना भएको भीम अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल हो । दक्ष जनशक्तिको अभावबीच पनि अस्पतालको सेवामा उल्लेख्य सुधार हुनु सकारात्मक रहेको जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईँले बताए । उनले भने, “दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक, कर्मचारी नहुँदा पनि अस्पतालले सेवाको गुणस्तरीयता र अन्य क्षेत्रमा गरेको प्रगतिले राम्रो सन्देश दिएको छ ।”

केही समयअघि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्डको लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचकाङ्कको आधारमा गरिएको मूल्यांकनबाट समेत अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता उल्लेखनीय सुधार देखिएको थियो ।

वर्षमा एक लाख सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेको यस अस्पतालले सात वटा ओपिडी सेवासहित २४ घन्टा चिकित्सकीय सेवा प्रदान गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सकुन्तला गुप्ताले बताइन् । हाल अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि दुई जना मात्रै कार्यरत रहेको अस्पतालको मेसु डा गुप्ताले बताएकी छन् । उनका अनुसार नौ जना नेपाल सरकारको छात्रावृत्तिबाट आएका र एकजना विकास समितिमार्फत काम गरिरहेका छन् ।

अस्पतालले दैनिक रुपमा एक सयभन्दा धेरै बिरामीलाई आँखा उपचार, दाँत उपचार र सर्पदंशको उपचार दिएरहेको छ । यसबाहेक बहिरंग सेवा, प्रसुती सेवाका लागि पनि उत्तिकै मात्रामा बिरामीलाई जाँच तथा परामर्श दिइरहेको छ । वर्षेनी बिरामीको चाप बढ्दै जाँदा सेवाको विस्तार भइरहे पनि जनशक्तिको उपलब्धता भने सोंचेजस्तो भएको छैन । तर यो समस्याको बाबजुद अस्पतालले वर्षेनी नयाँ सेवाहरुको विस्तार गर्दै लगेको छ ।

आजभन्दा ९० वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री भीम शमसेरको शासनकालमा ३ शैयाबाट अस्पतालको सुरुआत भएको थियो । उक्त अस्पताल वि.स. २०३५ सालमा १५ शैयामा विस्तार भयो । त्यसको ६ वर्षपछि अर्थात् २०४१ सालमा २५ शैयामा अस्पताललाई स्तरोन्नति गरियो । आर्थिक वर्ष २०७७-०७८ मा २५ शैयाबाट ५० शैयाको लागि प्रस्ताव गरिएको थियो । तर सरकारले अस्पताललाई एक सय शैयाको अस्पतालको रुपमा विस्तार गर्ने घोषणा ग¥यो ।
अहिले अस्पताल ५० शैयामा सञ्चालनमा रहेको छ । तर भीम अस्पताल विकास समितिको आर्थिक श्रोत एवं व्यवस्थापनबाट ७० शैया थप गरी अस्पताललाई एक सय २० शैयामा लगिएको छ ।

अस्पताल २५ शैयाको हुँदा ४२ जनाको दरबन्दी थियो । तर २३ जना मात्र कार्यरत थिए । अहिले अस्पताल ५० शैयाको हुँदा समेत ७१ जनाको स्थायी र अस्थायी दरबन्दी छ । तर दरबन्दीअनुसार कार्यरत जनशक्तिको संख्या जम्मा १९ जना रहेको छ ।

सिओएनएस, एसएसयु, ओसिएमसीलगायतका विभिन्न कार्यक्रमअन्तर्गतका १४ जना, अस्पताल व्यवस्थापन समितिबाट २८ जना, स्थायी दरबन्दीका २३ जना, करार दरबन्दीका १२ जना, दैनिक ज्यालादारीमा ६ जना जनशक्ति अस्पतालमा छन् ।

“अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएका छौं“, अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताले भनिन्, “विशेषज्ञ सेवालाई क्रमशः विस्तार गर्दै लैजाने तयारीमा छौं । विभिन्न समस्या र अभावले गुज्रिँदै आएको यो अस्पतालले अब मुहार फेर्दै जान थालेको छ ।“

उक्त अस्पतालमा यसैगरी १४ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा चार जना नेपाल सरकारबाट प्राप्त भएको छ । आठ जना छात्रावृत्तिका मेडिकल अफिसरले सेवा दिइरहेका छन् । यसैगरी नर्सिंङ स्टाफमा पनि ४६ जनाको दरबन्दी रहेकोमा सात जना मात्रै नेपाल सरकारबाट खटाइएको छ । बाँकी २१ जना छात्रावृत्तिमा र छ जना विकास समितिबाट राखिएको छ । यसैगरी पारामेडिक्समा १३ जनाको दरबन्दी रहेकोमा तीन जना मात्रै खटाइएको छ भने चार जना विकास समितिबाट कार्यरत रहेका छन् । जिल्लाको धकधई, मर्चवार, लुम्बिनी, कपिलवस्तु, परासी, सिद्धार्थनगर, मायादेवि, सियारीलगायत ग्रामीण क्षेत्रका जनता स्वास्थ्य सेवा लिन आउने गर्दछन् ।

भिम अस्पतालमा बिगत २ बर्षअघि उपचारको क्रममा पुगेका धनश्याम पोखरेलले सेवाको गुणस्तरीयता धेरै राम्रो भएको बताए । अस्पतालमा उपचार सेवामा पहिले ढिलाई हुने गरेकोमा अहिले भने छिटो छरितो हुने गरेको उनको अनुभव छ । अर्की सेवाग्राही अनिता विश्वकर्माले बिगतमा आफू प्रसुती सेवा लिन आउँदा कठिनाई भोग्नुपरेको अनुभव सुनाउँदै अहिले भने सेवामा निकै सुधार भएको आफूले पाएको बताइन् । “मैले प्रसुती सेवा लिन आउँदा अहिले जस्तो सहज थिएन, निकै कठिनाई थियो, अहिले भने अस्पताल धेरै राम्रो भएछ, जुन खुशीको कुरा हो”–उनले भनिन् ।

मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताका अनुसार अस्पतालमा पहिला दैनिक उपचारको लागि ५० देखि ७० जना आउने गरेकोमा अहिले दिनमा ३०० देखि ४०० सय सम्म आउने गरेका छन् । कोभिडको महामारीको बेला अस्पतालमा ओसीएमसी सेवा थिएन, अहिले सञ्चालन भएको छ । पहिले दिनमा एउटा अप्रेशन हुन्थ्यो भन्ने अहिले दिनमा ५ देखि ६ वटा बिभिन्न किसिमका रोगका अप्रेशन हुने गरेको छ ।

अहेव र इन्टनर्शिप गर्न आउने चिकित्सकको भरमा चल्ने गरेको भीम अस्पतालमा अहिले भने २६ जना चिकित्सक छन् । जसमध्ये मेडिकल सुपरिटेन्डेन्टसहित एक दर्जन चिकित्सकले विशेषज्ञको सेवा दिएका छन् । अपाङ्ग र अशक्तका लागि लिफ्टसहितको भौतिक सुविधा र अत्याधुनिक उपकरण पनि उपलब्ध छन् ।

भिम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारी अस्पतालको सेवालाई थप गुणस्तर बनाएर लैजाने बताउँछन् । उनले अहिले भिम अस्पतामा १३० जनाको जनशक्ति रहेको र अझै जनशक्ति थप गरी सेवाको गुणस्तरलाई वृद्धि गरिने बताए । अस्पताललाई जिल्लाको नमूना अस्पतालको रुपमा अघि बढाउने उद्देश्यसहित काम भइरहेको बताए । अस्पतालमा २ करोड ६० लाख लगानीमा स्थापना भएको अक्सिजन प्लान्टले पनि उपचारमा सहजता ल्याएको छ । टर्कीमा बनेको कम्पनीको अक्सिजन प्लान्टले प्रतिदिन २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ ।

इमर्जेन्सी सेवा, प्रयोगशाला एव आइसियु सेवा पुरानै भवनबाट दिए पनि प्रदेशिक गौरवको आयोजनामा ११ करोडको तीन तले भवन निर्माण हुन लागेको भण्डारीले बताए । दुई बिगाहा १ कठ्ठा १० धुर क्षेत्रफलमा रहेको अस्पतालमा भौतिक पूर्वाधार र उपकरणहरु प्रशस्तै छन् ।

बहुवर्षीय गुरुयोजना नै बनाई केही भवन निर्माणको क्रम र प्रक्रियामा रहेका छन्, भने अत्याधुनिक उपकरणहरु जडान पनि भैरहेका छन् । रुपन्देहीको पुरानो अस्पतालको रुपमा रहेको यसलाई सुधार गर्न सरकारी तथा निजी क्षेत्रबाट पनि सहयोग भइरहेको छ । अस्पताल सुधारका लागि जोश र जागरका साथ योजनाबद्ध ढंगले काम अगाडि बढेको छ । अस्पतालभित्र सुधार देखिने गरी काम भएको मेसु गुप्ताले बताइन । श्रोत र साधान सीमित भए पनि बाहिरभन्दा न्यून मूल्यमा परीक्षण गर्ने गरेकोले पनि बिरामीको चाप पनि बढ्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?