ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डाक्टरले लिने ओपिडी शुल्क बढ्यो

१ जेष्ठ २०८०, सोमबार
१ जेष्ठ २०८०, सोमबार

बुटवल, १ जेठ ।

बिरामी जाँच गर्दा चिकित्सकहरूले लिने ओपिडी शुल्क सोमबारदेखि वृद्धि भएको छ । नेपालका चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक सङ्घ (एनएमए) र निजी अस्पताल सञ्चालकहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले जेठ १ गतेदेखि लागू हुने गरी ओपिडी शुल्क बढाउने निर्णय गरेको हो ।

ओपिडी शुल्क चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ । सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले बढ्दो महँगी र नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रास्फीतिको आधारमा शुल्क बढाएको जानकारी दिए । मन्त्रालय र सरोकारवालाको परामर्शका आधामा नयाँ शुल्क तोकिएको कार्कीले स्पष्ट पार्नु भयो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, पहिलो संशोधन २०७८ ले स्वास्थ्य सम्बन्धी कुनै पनि सेवाको शुल्क निर्धारण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको अध्यक्षतामा सात सदस्य समिति रहने व्यवस्था गरेको छ । तर तत्कालीन स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य संस्था सञ्चालन मापदण्डलाई मिचेर शुल्क बढाउने जिम्मा नेपाल चिकित्सक सङ्घलाई दिएको सरोकारवाला बत्ताउँछन् ।

नियम विपरीत शुल्क बढाएको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिकित्सकहरूको ओपिडी शुल्कको विषयमा आफू गम्भीर रहेको बताए ।

उनले भने, “यसरी एक पक्षीय रूपमा शुल्क वृद्धि गर्न मिल्दैन, मैले चिकित्सक सङ्घका प्रतिनिधिहरूलाई सो विषयमा कुरा राखिसकेको छु । उहाँहरूले आफ्नो तर्क राख्नुभएको छ ।”

कति बढ्यो ओपिडी शुल्क ?

नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबिबिएस बीडीएस चिकित्सकले ४२० रुपियाँ लिन पाउनेछन् । यसअघि यस्तो चिकित्सकको शुल्क ३७० रुपियाँ तोकिएको थियो । पाँच वर्ष बढी अनुभव भएका एमबिबिएस तथा बीडीएस चिकित्सकले ५१५ रुपियाँ लिन पाउँछन् । यसअघि ४५० रुपियाँ शुल्क तोकिएका थियो ।

डिप्लोमा लेभलको चिकित्सकले पाँच वर्ष मुनिको अनुभव छ भने ५९० रुपियाँ र पाँच वर्षभन्दा बढी छ भने ६७० रुपियाँ लिन पाउँछन् । यसअघि पाँच वर्ष कम अनुभव भएकोले ५१५ रुपियाँ र पाँच वर्ष बढी अनुभव भएकाको ५९० रुपियाँ तोकिएको थियो ।

यस्तै, एमडीएमएस एमडीएस लेभलका चिकित्सकले पाँच वर्ष मुनि अनुभव भएपनि ७५० रुपियाँ ओपिडी शुल्क लिन पाउनेछन् । पाँच वर्ष बढी अनुभव भएमा सो लेभलको चिकित्सकले आठ सय रुपियाँसम्म शुल्क लिन सक्नेछन् ।

दुई वर्ष अघि भने यो लेभलको चिकित्सकको शुल्क पाँच वर्षभन्दा कम अनुभव भएकाको ६६० रुपियाँ र त्यसभन्दा बढी अनुभव भएमा सात सय रुपियाँ तोकिएको थियो ।

यस्तै, डीएम एमसीएच तहका चिकित्सक जसको अनुभव पाँच वर्षभन्दा कम छ उनीहरूको शुल्क ८८० रुपियाँ हुने भएको छ । यसअघि उनीहरूको शुल्क ७७० रुपियाँ थियो ।

पाँच वर्ष माथिकाले ९४० रुपियाँ लिन सक्ने छन् । यसअघि यो तहका चिकित्सकले ८२५ रुपियाँ लिन पाउँथे ।

यस्तै, आजबाट निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको न्यूनतम तलब पनि बढ्ने भएको छ । यसअघि उनीहरूको न्यूनतम तलब मासिक ४२ हजार रुपियाँ तोकिएकोमा आजदेखि न्यूनतम तलब ४८ हजार ७३७ कायम गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?