ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

करमा ५० प्रतिशत छुट पाएपछि उद्यमी महिलालाई राहत

करमा महिलाका लागि छुट दिँदा उद्यमी महिलाको संख्यामा केही वृद्धि भएको छ भने उद्यमी महिलाको लागि धेरै राहत भएको महिलाहरूले महसुस गरेका छन् । नगरको वाड नम्बर १ का अध्यक्ष फर्सुराम गिरी वडाबाट वार्षिक २÷३ जनाको दरले उद्यमी महिला बढेको बताउँछन् ।
१ जेष्ठ २०८०, सोमबार
१ जेष्ठ २०८०, सोमबार

बुटवल, १ जेठ

तिलोत्तमा ३ की केशरी तरामु मगरले बिगत ११ वर्षदेखि ढाका उद्योग सञ्चालन गरिरहेकी छन् । पछिल्लो पाँच वर्ष यता उनले उद्योगलाई दर्ता गरी व्यवस्थित रूपमा सञ्चालन गरेकी हुन् । मिहिनेती अनि जाँगरिली उनी भन्छिन् – “आफूमा भएको सीपलाई खेर जान नदिन आफैंबाट शुरु गरेँ ।”

उनले थपिन् –“हाम्रा पुर्खाहरुले आफै बुनेर लगाउँथे, हामीले पनि आफै बुनेर लगाऊँ भन्ने सोचले यो सुरू गरेँ ।” केशरीले विशेषगरी ढाकाका जातीय पोसाक घलेक, पटुकी, रुमाल, झोला, ढाकाको सल, पुर्वेली ढाकाका सलहरु, ढाकाका साडीहरु बनाउँछिन् । उनी उद्यमीसँगै समाजसेवी पनि हुन् । बिस्तारै उनले आफ्नो उत्पादनलाई बिक्री वितरण गर्न थालेकी छन् । हाल उनी आफू मात्रै होइन काम गर्ने कर्मचारी समेत भर्ना गरेकी छन् । केशरीले जबदेखि तिलोत्तमा नगरपालिकाबाट करमा छुट पाइन् तबदेखि धेरै राहत भएको बताइन् ।

त्यस्तै तिलोत्तमा १ कि अर्की उद्यमी पार्वती गिरीले आफ्नै घरमा विभिन्न प्रकारका अचार बनाएर बिक्री वितरण गरिरहेकी छन् । पार्वतीले सिजन अनुसारका विभिन्न अचारहरू जस्तै आँप , गाजर , कागती , लसुन खुर्सानी अदुवाजस्ता फलफूल र तरकारी प्रयोग गरी घरमा आफैले अचार बनाएर लेभल लगाई प्याकिङ गरेरै व्यवस्थित तरिकाले बिक्री वितरण गर्ने गरेकी छन् ।

पार्वतीले भनिन् –“ बिगत ५ वर्ष यता व्यवसाय दर्ता गरेँ । पहिले रू २५ सय रकम तिर्नुपथ्र्यो, जब तिलोत्तमा नगरपालिकाले महिला उद्यमीका लागि करमा छुट गर्याे अहिले रू ४०० तिरे पुग्छ । यसले म जस्ता उद्यमी महिलाको लागि धरै नै राहत भएको छ ।”

केशरी र पार्वती यी दुई जना त केवल उदाहरण मात्र हुन् । उनी भन्छन् – “तर यो संख्या त्यति पर्याप्त भने होइन । सन्तोष मान्ने अवस्था छैन् । आगामी दिनमा यो संख्या बढ्न जरूरी छ ।”

नगरले आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन र आत्मनिर्भर बनाउन लागि विभिन्न समयमा विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको छ । विशेषगरी नगरकै निर्देशनअनुसार वडा तहबाट विभिन्न तालिमहरू सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

करमा छुट पाएका धेरै महिलाहरु छन् । जो करमा छुट पाउँदा धेरै नै हर्षित बनेका हुन् । नगरपालिकाले महिलाको लागि ५० प्रतिशत छुट र पुरुष लाइ ३० प्रतिशत छुट दिएको नगरपालिकाका आर्थिक शाखा प्रमुख कृष्ण पाण्डेले बताए । उनले भने, “ नगरमा उद्यमी महिला वार्षिक यति नै बढे भनेर यकिन तथ्यांक भने छैन् । एकमुष्ट दर्ता गर्छाैँ ।”

नगरले विभिन्न समयमा वडामार्फत विभिन्न तालिम दिएपनि कतिपय तालिम तालिममै मात्रै सिमित भएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । उनले भनिन् –“कतिपय महिला दिदीबहिनीले यस्ता कुरामा चासो दिन चाहनु हुन्न । तालिम लिनुहुन्छ तर त्यसलाई व्यावसायिक बनाउन खोज्नुहुन्न । त्यसैले उद्यमी महिलाको संख्यामा उल्लेख्य वृद्धि हुन सकेन । महिलाका लागि करमा ५० प्रतिशत छुट हुन्छ भन्ने कुरालाई टोल विकास संस्थाका प्रतिनिधिले प्रष्ट पार्न जरूरी रहेको छ ।”

तिलोत्तमा नगरपालिकामा उद्योग व्यवसाय सञ्चालन गरेका कतिपय महिलाहरुले भने नगरले करमा महिलाका लागि ५० प्रतिशत छुट दिन्छ भन्ने थाहै नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?