© २०२३
बुटवल,१८ चैत । मिटरब्याज पीडितहरु र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहेको छ ।
तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका उनीहरु शनिवार बिहानै आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् ।
उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए ।
मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ ।
पीडितहरुले प्रधानमन्त्री दाहाललाई आफनो समस्या सुनाउँदा भक्कानो छाडेर रोए । १७ दिनदेखि आन्दोलनमा रहेका मिटरव्याज पीडितहरुले आफनो घर जग्गा मिटरब्याजीको कब्जामा रहेको बताए ।
पीडितमध्ये एक महिलाले १० लाखको रुपैया ऋण लिदाँ २७ लाख तिरिसक्दा पनि अझै पैसा तिरिनसकेको भन्दै आफनो घर जग्गा कब्जा गरेको पीडा प्रधानमन्त्रीलाई सुनाइन् । उनले आफनो पीडा सुनाउँदा भक्कानिएर बोल्न समेत सकिन् ।
यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी