© २०२३
बुटवल, २७ फागुन । रुपन्देही विद्युतीय व्यवसायी संघको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्नेहरुले चर्को बैंक ब्याज दर, आर्थिक मन्दी लगायतले व्यवसाय संकटमा परेको गुनासो गरेका थिए । मुलुकमा देखिएको संकटले हरेक व्यवसाय धरापमा परेको तर सरकारले व्यवसायीका परि मर्कामा ध्यान दिन नसकेको बताए । बैक तथा वित्तिय संस्थाहरुको चर्को व्याजदर र विद्यतीय सामान उत्पादन गर्ने उद्योगहरुले सिधै उपभोक्ताको घर घरमा थोक मुल्यमा सामान सप्लाई दिदा विद्युतीय व्यवसायी मारमा परेको गुनासो गरेका छन् ।
कार्यक्रममा विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रेशम प्रसाद देवकोटाले विद्युतीय व्यसायीका समस्याको सवालमा महासंघ चिन्तित रहेका बताउदै नेपाल उद्योग वाणिज्य महासंघले समेत समस्याको सवालमा एकतर्फी रुपमा गम्भिर हुन संभव नभएकाले अर्थ मन्त्रालयसंग सिधै छलफल गरि समाधान खोज्न जरुरी रहेको औल्याए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका महासचिव विमल राज भट्टराई,रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल,संघका अध्यक्ष लोक नाथ पोखरेल, वरिष्ठ उपाध्यक्ष शान्तराज कंडेल, महासचिव सूर्य कुवंर लगायतले व्यवसायीका सवालमा महासंघ जिम्मेवार हुन माग गरे ।
सोही अवसरमा बुटवल नगर समितिलाई उत्कृष्ट, तिलोत्तमा नगर समिति दोस्रो र सैनामैना नगर समिति तेस्रो हुदै सम्मानित भएका छन् । सोही समारोहमा संघले एसईईमा व्यवसायीका छोराछोरीवाट उत्कृष्ट अंक ल्याएकालाई सम्मान गरेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी