© २०२३
बुटवल,६ फागुन । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न परिपत्र गरेको छ ।
सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले सबै तहका सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो ।
सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार, नास्ता र खाजामा अनिवार्य रुपमा नेपाली नै उत्पादन प्रयोग गर्न र सार्वजनिक खरिद पनि १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै गर्न पुनःस्मरण गराएको छ ।
‘सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्ने मन्त्रालयले भनेको छ । उपलब्ध भएसम्म नेपाली उत्पदन नै प्रयोग गर्न नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
यस्तै, मन्त्रालय मातहतको सार्वजनिक खरिदमा पनि विदेशी मालसामानभन्दा नेपालमा उत्पादित वस्तु १५ प्रतिशत महँगो भए नेपाली खरिद गर्नुपर्ने पर्ने परिपत्रमा भनिएको छ । यस्तो व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ मा पनि भएको मन्त्रालयले स्मरण गराएको छ ।
यस्तै मन्त्रालयले स्वदेशी माल सामान वा वस्तुको उत्पतिको प्रमाणपत्रको विवरण सबैले देखिने गरी प्रकाशन गर्न पनि निजी क्षेत्रलाई आग्रह गरेको छ ।
मन्त्रालयले स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनु पनि नेपाली उत्पादकर्लाइ भनेको छ । स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न यस्तो निर्देशन गरिएको मन्त्रालयले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी