© २०२३
बुटवल,११ माघ । उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरे नेपाल उद्योग ब्यापार महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । महासंघको हालै चितवनमा सम्पन्न वैठकमा अध्यक्ष र नव निर्वाचित कार्यसमितिले मनोनित गर्न पाउने कोटामा गैरेलाई मनोनित गरिएको महासंघका महासचिव खिमनारायण पराजुलीले बताए ।
उद्योग ब्यापार संघ बुटवलले चार वटा राष्ट्रियस्तरका औद्योगिक ब्यापार मेला सफलतापुर्वक सम्पन्न गरेको,सदस्य संख्या पनि उल्लेख्य बृद्धि गरेको,सचिवालय व्यवस्थापन र सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील रहेकाले संस्थाका अध्यक्षलाई केन्द्रीय सदस्यमा मोनित गरिएको महासंघले जनाएको छ ।