ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

यी हुन् – न्यु होराइजन प्रदेशस्तरीय हाजिरिजवाफको फाइनलमा पुग्ने ६ विद्यालय

१० पुष २०७९, आईतवार
१० पुष २०७९, आईतवार

बुटवल,१० पुस । न्यु होराईजन अंग्रेजी मावि बुटवलले आयोजना गरेको २९ औ प्रदेशस्तरिय हाजिरिजवाफ प्रतियोगितामा बुटवल, पाल्पा र दाङको लमहीमा भएको छनोट चरणबाट ६ वटा विद्यालय फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

तीनवटा केन्द्रमा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक गणेश भण्डारीले बताए ।
बुटवल केन्द्रमा ४२ वटा विद्यालयले प्रतिस्पर्धा गरेकामा प्रथम भएको देवदह बुद्ध पब्लिक मावि र दोस्रो भएको एभरेष्ट बोर्डिङ हाई स्कुल स्कुल बुटवल फाइनलमा प्रवेश गरेका छन् । कालिका मानवज्ञान मा वि तेस्रो भएर प्रतियोगिताबाट बाहिरिएको छ ।

पाल्पा केन्द्रमा २३ बिद्यालयले प्रतिस्पर्धा गरेकामा ज्ञव मा बि बलेटक्सार प्रथम र सिद्धबाबा मा बि रेसुङ्गा दोश्रो हुंदै फाइनलमा पुगेका छन् ।
दाङको लमहीमा भएको छनोटमा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम र मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय हुंदै फाइनलमा प्रवेश पाएका छन् । जनज्योति विद्या मन्दिर घोराही तेस्रो हुंदै प्रतियोगिताबाट बाहिरिएको छ ।
सबै केन्द्रमा भएको प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ६ हजार,४५ सय र ३ हजारका दरले नगद पुरस्कार पाएका छन् ।
बुटवल केन्द्रको छनोट प्रतियोगिता रुपन्देहीका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै न्यु होराइजनले आयोजना गरेको प्रदेशस्तरीय हाजिरीजवाफले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिमा योगदान पुग्ने र विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ हुने बताए ।

शिक्षक कमलापति अर्याल संयोजक रहेको कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्याय, लगायतले बोल्दै यो प्रतियोगिताले विद्यार्थीमा पढ्ने बानीको विकास गराउने धारणा राखे ।

विद्यालयका शिक्षक विष्णुप्रसाद बस्याल संयोजक रहेको पाल्पाको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक टंक प्रसाद खनाल र बिद्यालयका संस्थापक उपप्राचार्य बालकृष्ण भन्डारीले संयुक्त्त रुपमा पुरस्कार प्रमाणपत्र बितरण गरेका थिए ।

शिक्षक प्रकाश खनालको संयोजकत्व र शिक्षक प्रकाश गौतमको सहजीकरणमा भएको लमहीको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी,उपप्राचार्य राजीव श्रेष्ठले विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
तीन वटा केन्द्रबाट छनोट भएका ६ वटा विद्यालयलाई पुस १५ गते बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराइने छ ।

फाइनलमा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ३०,२० र १५ हजार रुपैयांका दरले नगद पुरस्कार,शिल्ड र प्रमाणपत्र पाउने छन् । २०४६ सालमा स्थापना भई देशकै उत्कृष्ट निजी विद्यालयको पहिचान बनाएको न्यु होराइजनले २०४८ सालदेखि जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिता शुरु गरेको थियो । केही वर्ष यता प्रतियोगितालाई स्तरोन्नति गरी प्रदेशस्तरीय बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?