ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

बुटवल–गोरुसिङ्गे सडकको पाखापानी खण्डः चुरेका सडकमा पहिरोलाई निम्तो !

चुरेको कमजोर र जोखिमपूर्ण रहेको बुटवल पाखापानीको क्षेत्रमा सडक निर्माण पूर्व उच्च सावधानी नअपनाइए ठूलै विपत निम्तिनेछ । त्यसले चुरे त बग्नेनै छ, पाखापानी क्षेत्रको बस्ती समेत पहिरोले सखाप पार्नेछ ।
२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

बुटवल, २५ बैशाख ।
२०७७ सालमा बुटवल उपमहानगरपालिका वडा नम्बर–२ पाखापानी क्षेत्रमा माथिबाट आएको पहिरोको कारण पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुने गरी पहिरो खस्यो । करिव एक दिन लगाएर पहिरो पन्छाएपछि राजमार्ग त सञ्चालन भयो तर त्यसको त्रास अहिलेसम्म पनि स्थानीयमा छ । पाखापानी मनकामना मन्दिरदेखि पश्चिम क्षेत्र (हाल नापी कार्यालय रहेको स्थान) देखि बुटवल तिनाउ खोला नजिकै रहेको खहरे खोला (बुटवल सामुदायिक वन) रहेको कार्यालयसम्मको चुरे क्षेत्र राजमार्ग विस्तारको क्रममा खनिने गरी तयारी गरिएको छ । विगत २० बर्ष देखि मैनावगर क्षेत्रमा रहँदै आएका स्थानीय तथा बटौली खानेपानीका अध्यक्ष समेत रहेका हिक बहादुर दर्लामी बर्षौ देखि बुटवल सामुदायिक वनले संरक्षण गरेर वृक्षरोपण गरेर जोगाइएका रुख बाटो विस्तारको क्रममा काटिएको बताउँछन् । चुरे क्षेत्रमा बैकल्पीक व्यवस्थान गर्नुपर्नेमा चुरेको तटिय क्षेत्रमा समेत थप जोखिम हुने गरी वन क्षेत्रका रूपमा काटिनु आफैमा दुःखको विषय भएको उनको भनाइ छ । पाखापानी क्षेत्रमा रहेका करिब ५ सय घर यसको जोखिमबाट अछुतो नहुने उनको भनाइ छ । उनी भन्छन्–‘चुरे क्षेत्र हो, जोखिम धेरै छ, तर यो विषयमा पहिला देखि नै निश्चित योजना बनाएर जानुपर्नेमा त्यसो भएको छैन ।’

बुटवल सामुदायिक वनका पूर्व उपाध्यक्ष तथा कार्यावाहक अध्यक्ष समेत भएर काम गरेका दर्लामीका अनुसार वन समूहले हुर्काएको भएपनि त्यसको लाभ अहिले जिल्ला वनले लिएको बताउँछन् । वन क्षेत्रका सबै रुख सडक विस्तारको क्रममा काटेर जिल्ला वन कार्यालय मातहतमा लैजानु आफैमा ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तै भएको उनको भनाइ छ ।
२०७७ सालमा झरेको पहिरो अहिले पनि यत्तीकै डरलाग्दो अवस्थामा छ । पाखापानी क्षेत्रमा अहिले पनि केहीबेर मसुलधारे पानी आयो भने पाखापानी क्षेत्रबाट ढुंगा खस्ने तथा बाढि आउने गरेको पाइएको छ । जसको कारण पूर्व पश्चिम राजमार्ग नै अवरोध हुने गरेको छ । कैयौंपटक पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन पुग्यो । डिभिजन सडक कार्यालय बुटवलले तारजालीमा ढुङ्गा भरेर खसेको पहिरो सडकमा आउन नदिने गरी तटबन्ध त गरेको छ तर जोखिम कायमै छ । जुन सडक विस्तारको क्रममा उक्त जाली समेत हट्ने निश्चित छ । जसबाट थप पाहिरोको जोखिम रहेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर २ वडा अध्यक्ष शुनिल शाक्य जोखिम क्षेत्रको जोखिम न्युनीकरणको लागि यो भन्दा पहिला आयोजना प्रमुख संग एक चरणको कुरा भएपनि अहिले भने ठोस कुराकानी नभएको बताउँछन् ।
वडा कार्यालयमा आएको पत्र अनुसार कुल ८३ फुट कायम हुने बाटोमा पहाडी क्षेत्रमा अहिले तत्काललाई १५ मिटर र अन्य क्षेत्रमा २५ मिटर कायम गर्ने गरी पत्रक आएको र अन्य चुरे क्षेत्रको जोखिम न्युनिकरणको लागि कुरा नभएको बताउँछन् । उनि भन्छन्–‘पहिला पहिरो नझर्ने गरी स्ल्याव बनाउने र बल्ल मात्रै बाटो विस्तारको काम गर्ने कुरा भएको हो, बाटो कहिले देखि खन्ने विषयमा कुनै कुरा भएको छैन, जोखिम क्षेत्र छ, संमन्वय गरेर मात्रै काम अगाडि बढाउनको लागि हामी भनेका छौं ।’

यो भन्दा पहिला बुटवल १३ र वडा नम्बर २ को सीमा क्षेत्र मनकामना मन्दिरदेखि उत्तर तर्फको क्षेत्रमा ४० वटा क्याविन जाली लगाएर पहिरो रोकथाम गरिएको वडा अध्यक्ष शाक्य बताउँछन् । बाटो को बैकल्पीक व्यवस्था भएपनि उक्त क्षेत्रमा रहेका घरहरू जोखिम कायम रहेको भन्दै यसको लागि सम्बन्धीत निकायलाई समन्वय गरेर मात्रै काम अगाडी बढाउनको लागि आग्रह गरिएको उनको भनाई छ । बुटवल देखि गोरुसिंगे तर्फको मुख्य राजमार्ग विस्तारको काम सुरु भएको छ । पहिलो चरणको कार्य अन्र्तगत रुख काट्ने, काम सकिएको छ भने ठाउँ ठाउँमा पुल निर्माण र कल्र्भटका काम पनि सुरुवात भएका छन् । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकका अनुसार सडक विस्तारका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेका हुन् ।

योजनाप्रमुख ईन्जीनयर कुशलता न्यौपानेले बुटवल पाखापानी क्षेत्रमा बर्खा भन्दा पहिला नै रुख काट्नुपर्ने भएको कारण केही समय पहिला नै रुख काटेर बाटो क्लीयर बनाउने काम गरिएको जानकारी दिईन् । उनले बाटोमा पहिरो जोखिम चुरे क्षेत्र भएको कारण र प्राविधिक दृष्टिकोणबाट बाटोको स्लाब (भिरालो) बनाउनुपर्ने, भएकाले केही माथिसम्म पनि रुख काटिएको जानकारी दिदै कम भन्दा कम क्षती हुने, चुरे पनि जोगिने गरी बाटो निर्माण हुने जानकारी दिईन् ।
जंगल क्षेत्रमा ४ लेनको मात्रै बाटो निर्माण हुने भएको कारण बाटोको माथिल्लो भु–भागमा धेरै कम मात्रै बाटो काटेर तल्लो क्षेत्रमा अहिले घरहरू भएको क्षेत्रलाई समेत समेटेर बाटो निर्माण हुने उनको भनाइ छ । योजनाप्रमुख न्यौपाने भन्छिन्–‘तल्लो भागका पनि केही रुखहरू काटिएका छन्, जुन काट्नै पर्ने भएर काटिएका हुन, हामी चुरेको माथिल्लो भाग भन्दा पनि बाटो भन्दा तलको भागलाई बढि प्रयोग गरेर सडक विस्तार गर्ने योजना बनाएका छौ ।’ यो बाटोको विस्तृत प्राविधिक प्रतिवेदन अहिले पनि नआईसकेको जानकारी दिँदै उनले जंगल एरियामा जुन सुकै क्षेत्रमापनि ४ लेनको सडक निर्माण हुने र अन्य बस्ती भएको क्षेत्रमा सिक्सलेनको हुने छ । बाटो निर्माण गर्दा सम्बन्धीत ठेकेदार कम्पनीलाई पहिला बाटोको तल्लो भागको काम पुरा गरेपछि मात्रै माथिल्लो पहाड काट्ने काम गर्ने गरी काम अगाडी बढाउने गरी आग्रह गरिएको योजनाप्रमुख न्यौपानेको भनाइ छ ।

बुटवल देखि गोरुसिंगे सडक निर्माणको काम गत माघ दोस्रो साताबाट सुरु भएको थियो । यो तीन महिनामा ६ प्रतिशत भौतिक प्रगति भएको हो । आयोजना प्रमुख न्यौपानेका अनुसार तिन महिनामा सडक किनारका ७ हजार १ सय बढी रुख कटान, विद्युत्को पोल स्थानान्तरणको काम सकिएर अहिले सडक विस्तारका लागि पुल, कल्र्भट निर्माण र वालको काम धमाधम भइरहेको छ । आयोजना अन्र्तगत ३० सडक पुल निर्माण गर्नुपर्ने छ, त्यसमध्ये १० वटा पुलको काम भैरहेका हुन । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगे खण्डको रूपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार भइरहेको छ । दोस्रो चरणमा गोरुसिंगेदेखि चन्द्रौटासम्मको १९ किलोमिटर खण्डमा काम हुनेछ ।

सडक आयोजना कार्यालयका अनुसार रूपन्देहीमा २० वटा र कपिलवस्तुमा १० गरी निर्माण गर्नुपर्ने ३० वटा पक्की पुलमध्ये अहिलेसम्म रूपन्देहीका ६ वटा र कपिलवस्तुका ४ स्थानका पक्की निर्माणको काम धमाधम भइरहेको छ ।
रिटेनिङ वाल र कल्भर्ट निर्माणको काम पनि तीव्र भइरहेको छ । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर पास÷ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ ।
बुटवलदेखि चन्द्रौटासम्म एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झन्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर सडक निर्माण गर्न १३ अर्ब ५५ करोड ९५ लाख रूपैयाँमा सम्झौता भएको छ । १९ किलोमिटर दुरीको गोरुसिंगे चन्द्रौटा खण्डमा दोस्रो चरणमा निर्माण गरिनेछ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको छ ।

सडक विस्तारको करिव एक किलोमिटर क्षेत्र बुटवलको फुलबारी चौक देखि पाणीनी पार्क सम्मको क्षेत्रा चुरे क्षेत्रको जोखिमपूर्ण क्षेत्र हो । त्यहाँ पानीको मुहान पनि रहेको पाईन्छ । चुरे कमजोर संरचना भएको पहाड हो । यसलाई जस्तो छ त्यस्तै रहनदिनु पर्छ भन्ने विज्ञहरूको राय छ । विभिन्न समयमा भएका अध्ययनहरूले चुरे पहाडमा टाँसिएका बस्ती जोखिममा रहेकाले स्थानान्तरणको उपाय सुझाएका छ । २०६७ मा संसदको प्राकृतिक श्रोत र साधन समितिले गरेको अध्ययनअनुसार तयार गरेको वनसंरक्षण समस्या अध्ययन प्रतिवेदनले चुरेनजिकका बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्र भनेको हिमालय पर्वत शंखलाको सबभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो, सबभन्दा कमलो र सबभन्दा कमजोर पर्वत सृंखला रहेको क्षेत्र हो । करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर यो बनेको मानिन्छ । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृङ्ला शिवालिकको नामबाट पनि चिनिन्छ ।

यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । चुरेको अस्तित्व नेपालभित्र मात्र सीमित छैन । नेपाल बाहिर ’ सिवालिक’ पर्वतको नामले चिनिने चुरे पूर्वमा ब्रह्मपुत्र र पश्चिममा सिन्धु नदीसम्म फैलिएको छ । हिमालय पर्वत शृंखलाको सबैभन्दा बाहिरी (दक्षिण) र सबैभन्दा होचो चुरे पर्वत शृंखलाको कुल लम्बाइ करीब २४०० किलोमिटर (नेपालभित्रको भूभागसहित) छ । पाँच भौगोलिक क्षेत्रमा बाँडिएको नेपालको समथर तराई र महाभारत (मध्य पहाड) बीचको भू–भागलाई चुरे क्षेत्रले ओगटेको छ । कान्छो र कमजोर पहाड भनेर चिनिए पनि चुरेलाई एउटा भूगोलका रूपमा मात्रै बुझ्नु उपयुक्त हुँदैन। ६६ डिग्रीसम्मको भिरालो रहेको यस क्षेत्रको औसत भिरालोपन १२ डिग्री छ ।

समुद्री सतहभन्दा करीब २०० देखि १३०० मिटर उचाइमा रहेको यस क्षेत्रले नेपालका ७७ जिल्लामध्ये ३६ वटा जिल्लाका भूभाग छोएको छ ।चुरेको १००० वर्गमिटरभन्दा बढी भूभाग ओगट्ने आठ जिल्लामध्ये दाङ (२४१५ वर्गमिटर), चितवन (१८८५), कैलाली (१४५६), सिन्धुली (१४२८), मकवानपुर (१४०२), उदयपुर (१२६७), सुर्खेत (११४६) र नवलपरासी पूर्व (१००५) छन् । यी मध्ये चितवनको करीब ८४ प्रतिशत र दाङको कुल क्षेत्रफलको करीब ८० प्रतिशत भूभाग चुरे क्षेत्र नै पर्छ । प्रदेशगत हिसाबले हेर्दा चुरेको सबैभन्दा बढी क्षेत्रफल क्रमशः लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश २ मा रहेको देख्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?