ट्रेंडिंग:

>> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’

सर्वोच्चले भन्यो– जनयुद्ध शब्द संविधानसभाको संवैधानिक समितिबाटै अस्वीकृत भइसकेको हो

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

काठमाडौँ ।

सर्वोच्च अदालतले जनयुद्ध शब्द प्रयोग नगर्ने भनी सरकारलाई दिएको अन्तरिम आदेशमा तीनवटा मुख्य आधार लिएको छ। मंसिर २६ गते संवैधानिक इजलासबाट जारी आदेशको लिखित पाठमा पाँचवटै न्यायाधीशले बिहीबार मात्र हस्ताक्षर गरेका छन्।

ज्ञानेन्द्रराज आरणले दायर गरेको रिट निवेदमा प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यो आदेश जारी गरेको हो।

उक्त आदेशमा संघीय सरकारको विनियोजन ऐन, २०८१, आर्थिक वर्ष २०८१/०८२ को बजेट) को बुँदा नं. २ को दोस्रो हरफमा प्रयुक्त ‘२०५२ सालको जनयुद्ध’ भन्ने शब्द र मधेस प्रदेशको विनियोजन ऐन, २०८१ मा (आव २०८१/०८२ को बजेट वक्तव्य) को बुँदा नं. २ को तेस्रो हरफमा प्रयुक्त ‘जनयुद्ध’ भन्ने शब्द प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म हाल प्रयोग नगरी यथास्थितिमा राख्न भनिएको छ।

यी शब्द प्रयोग गर्न नमिल्ने भन्नका लागि सर्वोच्चले दिएका ३ आधारमा सबैभन्दा पहिला संविधानको प्रस्तावनालाई लिएको देखिन्छ।

जनयुद्ध शब्द नेपालको संविधानको प्रस्तावनाअनुकूल नरहेको इजलासले भनेको छ। अर्थात् प्रस्तावनामा जनयुद्ध नभनी सशस्त्र संघर्ष भनिएको छ।

संविधानसभाबाट जारी संविधानको प्रस्तावमा लेखिएको छ, ‘…राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै…।’

यस्तै जनयुद्ध शब्द संविधानको धारा ४२ को उपधारा ५ को व्यवस्था अनुकूल नरहेको सर्वोच्चको भनाइ छ।

संविधानको धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था छ र उपधारा ५ मा लेखिएको छ, ‘नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपांगता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवं उचित सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानून बमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुनेछ।’

यहाँ जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिजस्ता शब्द उल्लेख भए पनि जनयुद्ध लेखिएको छैन।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्दा तेस्रो आधारमा संविधान निर्माणताका संविधानसभामा भएका बहस र छलफललाई पनि लिएको देखिन्छ।

पहिलो संविधानसभामा संविधान निर्माणका लागि विभिन्न विषयगत समिति बनाइएको थियो। तीमध्ये संवैधानिक समिति मुख्य मानिएको थियो। उक्त समितिको २०६६ माघ १९ को बैठकबाट नै जनयुद्ध शब्द अस्वीकृत भएकोले त्यो पनि विचारणीय रहेको आदेशमा उल्लेख छ।

त्यसैले जनयुद्ध शब्द ‘यस रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म हाल प्रयोग नगरी यथास्थितिमा राख्नू’ भनी सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।

यदि, जनयुद्ध शब्द प्रयोग गर्नुपर्ने नै भए त्यसका स्पष्ट आधार र कारण खुलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न पनि सरकारका नाममा सर्वोच्चले आदेश जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?