ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

वाइडबडी भ्रष्टाचारमा पूर्वसचिव अधिकारी र सुगतरत्न कंसाकारसहित चारजना नेपाली दोषी ठहर

२१ मंसिर २०८१, शुक्रबार
२१ मंसिर २०८१, शुक्रबार

काठमाडौँ ।

नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोडभन्दा बढी भ्रष्टाचार ठहर भएको छ।

यस प्रकरणमा तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार समेतको मिलेमतोमा ए३३०-२०० जहाज खरिद गर्दा यस प्रकरणमा मुछिएका भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका हुन्।

तत्कालीन सचिव अधिकारीले नेपाल वायु सेवा निगमको सर्वोच्च निकाय सञ्चालक समितिको अध्यक्ष एवं नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीसमेत भएकाले उनलाई थप सजाय हुने पनि अदालतले भनेको छ।

अधिकारी शंकरप्रसाद अधिकारीको हकमा विचार गर्दा २०७३ भाद्र २७ देखि २०७४ भाद्र १५ सम्म निगमको सञ्चालक समिति अध्यक्ष थिए। त्यस क्रममा उक्त जहाज खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको अदालतको ठहर छ। उनले प्रस्ताव स्वीकार गर्नेदेखि भुक्तानी दिनेसम्मका प्रक्रियामा सञ्चालक समितिबाट भएका सबै महत्त्वपूर्ण निर्णयहरूमा भूमिका खेलेको फैसलामा उल्लेख छ।

सञ्चालक समितिको अध्यक्षको रूपमा उनको भूमिका निर्णायक हुने पनि अदालतले व्याख्या गरेको छ।

उनलाई १ वर्ष ६ महिना कैद तोक्दै सरकारको विशिष्ट श्रेणीको कर्मचारी समेत भएकाले थप ३ महिना गरी कुल १ वर्ष ९ महिना कैद सजाय तोकिएको छ। त्यस्तै १२ करोड २५ लाख रूपैयाँ जरिवाना असुल गर्न अदालतले भनेको छ।

यसै प्रकरणमा पूर्वसचिव शिशिरकुमार ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने पनि दोषी किटान भएका छन्।

यीबाहेक नेपालका कुनै पनि पदाधिकारी दोषी ठहर भएका छैनन्।

अन्य दोषीहरू विदेशी छन्। तीमध्ये एकजना पूर्वनेपाली, हाल बेलायती नागरिक दीपक शर्मा छन्।

उनीहरूले विमान बिक्रेता/आपूर्तिकर्ताको तर्फबाट कन्सोर्टियम पार्टनरहरू एएआर इन्टरनेसनल इंक, जर्मन एभिएसन क्यापिटल जीएमबीएम र हाइफ्लाइट्रान्सपोर्ट एरोज (हाइफ्लाइ एयरलाइन्स) ले स्पेसियल पर्पोज कम्पनीको रूपमा हाइफ्लाइ एक्स आयरलाइन्ड लिमिटेड खडा गरेका थिए। नेपाल वायु सेवा निगमबाट विमानको रकम प्राप्त गरी त्यसको व्यवस्थापन नर्टम रोज फुलब्राइट एलएलपीमार्फत गरे।

ती कम्पनीका विदेशी प्रतिनिधिहरू दीपक शर्मासहित ६ जना दोषी ठहर भएका छन् भने २ जनाले सफाइ पाएका छन्।

ती कम्पनीका प्रतिनिधिहरू र खरिदकर्ता नेपाल वायु सेवा निगमका कर्मचारी तथा पदाधिकारीहरूको प्रत्यक्ष संलग्नता र मिलेमतोमा निगमलाई प्रत्यक्ष रूपमा अमेरिकी डलर १ करोड ३३ लाख ८८ हजार १०९ अर्थात् अन्तिम भुक्तानी दिएको मितिको सटही दरको आधारमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएर आफूले लाभ लिएको अभियोग अख्तियारले लगाएको थियो।

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी, रामहरि शर्मा सेढाईं, जनकराज कालाखेती, प्रभासकुमार कर्माचार्य, गणेशबहादुर चन्द, कर्णबहादुर थापा, सुवास रिजाल, रमेशबहादुर शाह, रवीन्द्रकुमार शेरचन, रवीन्द्र श्रेष्ठ, उपेन्द्र पौडेल, श्रवण रिजाल, पारस पौडेल, उमेश पौडेल र बृहतमान तुलाधरले सफाइ पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?