ट्रेंडिंग:

>> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला

टहराको मुआब्जा माग

३० भाद्र २०८१, आईतवार
३० भाद्र २०८१, आईतवार

लमही, ३० भदौ ।
लमहीस्थित हुलाकी सडक प्रभावितहरू टहरोको मुआब्जा पाउनुपर्ने भन्दै उच्च अदालत तुलसीपुरमा निवेदन दिएका छन् । लमही–कोइलाबास हुलाकी सडक अन्तर्गतका बासिन्दाले आफ्नो घर र टहराहरू बिना मुआब्जा भत्काउन रोक्न उच्च अदालतको शरण लिएको प्रभावित पुनाराम केसीले जानकारी दिए । उनीहरूले नगर विकास समितिले धनी पूर्जा भएको जग्गामा मापदण्डअनुसार बनाएका घरहरूको क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

सडकमा पर्ने घर र जग्गाको मुआब्जा माग गर्दै प्रभावितहरूले पहिला जग्गाको मुआब्जा र दोस्रो चरणमा घर र टहराको मुआब्जा दिन जिल्ला प्रमुखसँग सहमति भएको बताएका छन् । २०७६ पुस १९ गते तत्कालीन मेयर कुल बहादुर केसीको पहलमा लमही नगरपालिकाले समरचनाको क्षतिपूर्ति दिने निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको थियो । त्यसपछि २ सय २ जनाले निवेदन दर्ता गराएका थिए ।

हाल नयाँ जनप्रतिनिधिहरू आइसकेका छन् र प्रभावितहरू नगरपालिकामा दर्ता गरिएका निवेदन र घर निर्माणका लागि नगर विकास समितिबाट प्राप्त इजाजत पत्रसहित उच्च अदालत पुगेका छन् । यद्यपि, मेयर जोगराज चौधरीले अब विवाद गर्नुको अर्थ नभएको भन्दै आफ्नो घर भत्काएर मार्गप्रसस्त गरेको जनाएका छन् । उनले घर भत्काउँदा बास नबच्ने र अनेत्र जग्गा नभकाहरूको बारेमा विकल्प गरिने विषयमा पनि छलफल भइरहेको बताए ।

सडक डिभिजन कार्यालय दाङले साउन २९ गते ३५ दिने सूचना जारी गर्दै सबै समरचना हटाउन आह्वान गरेको थियो। आइतबार ३० भदौमा ३५ दिने समयसीमा सकिँदैछ । प्रभावितहरूले भने मुआब्जा बिना संरचना हटाउन नमिल्ने भन्दै संघर्ष समिति बनाएर अदालतको ढोका ढकढक्याएका छन् । हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाहरूले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो । लमही–कोइलावास हुलाकी सडक औपचारिकरूपमा नेपाल सरकारलाई वि.सं. २०७७ साल चैत १८ गते हस्तान्तरण गरियो ।

७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको थियो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ अर्ब बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरूले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् । मुआब्जा नपाएको विषयमा पनि अध्ययन गर्ने समझदारी भएको जिल्ला प्रमुख रामबन्दु सुवेदी बताउँछन् । मुआब्जा रकम थोरै भएपछि स्थानीयले विरोध समेत जनाएका थिए ।

राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि मुआब्जा रकम अझै नपाएको स्थानीय बताउछन् । सूचना कार्यान्वयन हुने हो भने लमही बजारमा मात्र २ सयको हाहाहारीमा घरटहरा भत्काउनु पर्ने देखिन्छ ।यद्यपि यी समचचना हटाउन सूचना सार्वजनिक भएको पहिलो पटक भने होइन ।यही सडक चौडाहा गर्ने राजनीति दलका निर्वाचन एजेन्डा समेत बनेका थिए । भोट घटने डरमा समरचना हटाउन पछाडी हटेको चौतर्फी गुनासो आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?