ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

राष्ट्रिय परिचय पत्रको सकस

१३ असार २०८१, बिहीबार
१३ असार २०८१, बिहीबार

पाल्पा, १३ असार । राष्ट्रिय परिचय पत्र बनाउनमा जनताले सास्ती भोगिरहेका छन् । सरकारले सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएका बृद्धबृद्धाहरू, अपाड्डता, एकल महिलाका लागि परिचय पत्र अनिवार्य गर्ने भन्ने हल्लाले भिड बढेको हो । सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएकाहरूका लागि असार मसान्तसम्म परिचय पत्रको नम्बर लिनुपर्ने हल्ला झूट भएको जिल्ला प्रशाशन कार्यालय, पाल्पाले जनाएको छ ।
जिल्लाको १० वटा स्थानीय तहमा सामाजिक सुरक्षा कार्यक्रममा जिल्लाभरबाट १२ हजार भन्दा बढि समाहित छन् । सरकारले निर्दिष्ट गरेको राष्ट्रिय परिचय पत्रसँगै नागरिकताको प्रमाण पत्र बनाउनु पर्ने बाध्यता भएका कारण जिल्ला प्रशासन कार्यालयमा ठूलो संख्यामा सेवाग्राहीको भिड बढेको छ ।

जिल्लामा जिल्ला प्रशासन कार्यालय, पाल्पा, तानसेन र इलाका प्रशासन कार्यालय, रामपुरबाट नागरिकताको प्रमाण पत्र जारी हँुदै आएको छ । २०६२ सालको माघ १८ गते तत्कालीन विद्रोही समूहले पाल्पा सदरमुकाम तानसेनको आक्रमणका क्रममा जिल्ला प्रशासन कार्यालयमा रहेको पाल्पा दरबार आगजनीबाट ध्वस्त भएपछि त्यहाँ रहेका सम्पूर्ण अभिलेखहरू पनि जलेर नष्ट भएकोले परिचय पत्रसँगै २०६२ अगाडि बनाइएका नागरिकताको प्रमाण पत्र पुन बनाउनु पर्ने भएका कारण थप भिड भएको हो ।

दैनिकरूपमा ८० देखि १०० सम्म नागरिकता जारी गर्ने क्षमता रहेको जिल्ला प्रशासनमा दैनिक २०० सय सम्म सेवाग्राहीहरू आउने गरेको नागरिकता शाखाका कर्मचारी टेक बहादुर घर्ती बताउँछन् । नागरिकता जारी भएपछि बल्ल राष्ट्रिय परिचय पत्र बनाउने हो । दरबार ध्वस्त हुन भन्दा अगाडि बनाइएका नागरिकता पुन बनाउनु पर्ने भएका कारण यहाँ भिड भएको हो । सरकारले सामाजिक सुरक्षामा आवद्ध भएकाहरूलाई माघ मसान्तसम्म अन्तिम मिति तोकेको छ तर यहाँ असार मसान्तसम्म भन्ने हल्ला फैलिएकोले यहाँ एकाएक भिड बढेका होे उनले भने ।

पाल्पालाई समयावधी बढेको भन्ने सूचना सर्वसाधारण सम्म पुग्न नसक्दा र नागरिकताका लागि सिफारिस गर्ने स्थानीय सरकारले सम्म यस विषयमा ज्ञान नराख्दा यहाँ भिड बढेको तानसेन नगरका बौघागुम्वाका जुद्ध बहादुर सोमरे बताउँछन् । सूचना र सञ्चारमा राम्रो पहुँच पुगेका स्थानीय सरकारको प्रतिनिधि समेत यस विषयमा बेखबर रहँदा सर्वसाधारणमा समेत सुचना पुग्न नसक्दा उनीहरूले सास्ती भोग्नु परेको उनले बताए ।

नागरिकतासंग राष्ट्रिय परिचय पत्र बनाउनेले टाढा टाढाबाट सवारी साधन रिजर्भ गरेर आएपछि यहाँ अत्यन्तै भिड बढेकोले जिल्ला प्रशासन कार्यालयले हतार नगर्न र गलत सूचनाको पछाडि नलाग्न र सबै स्थानीय तहमा सूचना प्रवाह गरेपनि स्थानीय तहले सूचनाको अध्ययन नगर्ने क्रममा एकाएक भिड बढ्ने क्रम बढेको सम्वद्ध कर्मचारीहरू बताउँछन् ।

जिल्ला प्रशासनबाट जारी सूचनालाई स्थानीय सरकारका प्रतिनिधिले कार्यान्वयन नगरेका कारण ७ घण्टा लाइनमा बसेर नागरिकता र राष्ट्रिय परिचय पत्र बनाएको रभ्भा गाउँपालिका हेक्लाङका खुम बहादुर सारु बताउँछन् । एकपटक त बनाउनु पर्ने नै थियो तर हतार–हतार गरी लाइनको सास्ती भोग्दै बनाउनु पर्ने थिएन । यो सूचना वडा बाट बस्ती सम्म पुग्नुपर्ने थियो त्यो नपुग्दा थप समस्या थपिएको हो । यसका लागि सेवाग्राहीले अनावश्यक रूपमा धनराशि खर्चिनु परेको तिनाउ गाउँपालिकाका सेवाग्राही चन्द्र बहादुर ढाडा बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले भन्छन्–‘यस भन्दा अगाडि राष्ट्रिय परिचय पत्र जारी भएकाहरू यहाँ आउनै पर्ने थिएन । यसका लागि वडा बाटै सहज व्यवस्था भएको छ । नम्बर पहिचान गर्न नसक्नेलाई वडा तह बाटै समन्वयका लागि यहाँबाट (एप्स) नै पठाएको छ । परिचय पत्रको कागज हराए पनि वडाबाटै समाधान हुनेछ । समस्या हो पुराना नागरिकता भएकाहरूका लागि । पुराना नागरिकता भएकाहरूका लागि वडा तह मै पुग्ने गरी स्थानीय निकाय संग समन्वय भएको छ । यस विषयमा स्थानीय निकायका जनप्रतिनिधि, प्रमुख प्रशासन अधिकृतले नै बुझ्न नसक्दा एकाएक भिड बढेको र जनताले चर्का घाममा दुःख पाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफले बताउँछन् । द्वन्द्वकालमा दरबार ध्वस्त भएका कारण नागरिकताका अभिलेख समेत ध्वस्त हुँदा नयाँ प्रतिलिपी बनाउन पर्दा यहाँ नयाँ समस्या सिर्जना भएको र यसलाई अब तत्काल समस्या समाधान तथा सहजताको बाटोमा जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?