ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

क्यालिफोर्नियामा नगर सदस्यमा भट्टराई निर्वाचितः गृहनगर तिलोत्तमामा खुशियाली

२४ कार्तिक २०८१, शनिबार
२४ कार्तिक २०८१, शनिबार

बुटवल, २४ कात्तिक ।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाको मणिग्राममा जन्मे हुर्केका डिल्ली भट्टराई अमेरिकाको हालै सम्पन्न आम निर्वाचनमा क्यालिफोर्नियाको हर्कुलिस नगर परिषद सदस्यमा निर्वाचित भएपछि उनको गृहनगर मणिग्राममा खुशियाली छाएको छ ।

भट्टराई मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भएको र उनी अमेरिकाको क्यालिफोर्नियाको हर्कुलिस नगर परिषद सदस्यमा निर्वाचित भएको सन्देश पाएपछि विद्यालय परिवार एवं मणिग्राम क्षेत्रमा खुशियाली छाएको शान्ति नमुूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताए । भट्टराईको सफलता नेपाल र नेपालीका लागि गौरव र प्रेरणादायी सन्देश भएको लामिछानेको भनाई छ ।

डिल्ली भट्टराईले टेलिफोन सम्पर्कमा आफू मणिग्राममा जन्मे हुर्केको र शान्ति नमूना माविमा पढेको साधारण परिवारको सदस्य अमेरिकाको क्यालिफोर्नियाको हर्कुलिस नगरको परिषद सदस्यमा निर्वाचित हुन सकेकोमा गौरवानुभूति भएको बताए ।

भट्टराई डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । चार वर्षे कार्यकालभित्र उनी उक्त नगरको प्रमुख (मेयर) बन्ने अवसर मिल्ने कु्रा पनि भट्टराइले बताएका छन् ।

अमेरिकामा भट्टराई पहिलो नेपाली व्यक्ति मेयर बन्ने पक्का रहेको पनि उनले बताए । भट्टराईका अनुसार उक्त सहरमा कुल २७ हजार जनसंख्या रहेकोमा १७ हजार ५ सय मतदाता थिए । भट्टराई सन २००१ मा २४ वर्ष अघि अमेरिका पु्गेका थिए ।

शान्ति नमूना माविका प्रधानाध्यापक लामिछानेका अनुसार डिल्ली भट्टराई मणिग्रामको प्रतिष्ठित सामाजिक परिवारका सदस्य हुन् । उनका बुवा तिल प्रसाद भट्टराई शान्ति नमूना मावि र गिर्वाण संस्कृत माविका संस्थापक सदस्य हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?