ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

महिला अधिकार महासन्धि छायाँ प्रतिवेदनका लागि लुम्बिनीमा सुझाव संकलन

२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

बुटवल, २३ कात्तिक २३ ।

महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि लुम्बिनी प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

महिला ,कानुन र विकास मञ्च (एफडब्लुएलडी) को आयोजना र युएन वुमनको आर्थिक सहयोगमा सम्पन्न सुझाव संकलन कार्यक्रमका सहभागीले महिला अधिकार प्राप्तिका लािग महिलाहरुले गरेका बिभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नसकेको औल्याएका छन् ।

महिला अधिकार सुनिश्चितता,महिला समानता, प्रजनन स्वास्थ्यको अधिकार ,राष्ट्रियता सम्बन्धि अधिकार, शिक्षा सम्बन्धी अधिकार, लगायतका अधिकारका लागि कानुन निर्माण भएको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै आवश्यकताका आधारमा कानुन निर्माण गरि कार्यान्वयनमा ढिलाई गर्न नहुने उनीहरुले बताएका छन् ।

कार्यक्रममा अधिवक्ता पुनदेवि महर्जनले महिलाहरूको संवैधानिक, कानुनी तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनका विभेदकारी कानुन संशोधनसम्बन्धी जानकारी दिएकी थिइन् ।

उनले अझैपनि महिला र पुरुष बिचको अधिकारका बिषयमा समानता नरहेको बताउदैे कतिपय कानुनमा उल्लेख गरेका कुराहरु पनि कार्यान्वयनमा आउन नसक्दा समस्या हुने गरेको बताउनुभयो । कार्यक्रममा महिला अधिकार महासन्धिमा भएका १६ वटा धारा सम्बन्धी छलफल गरिएको थियो ।
लुम्बिनी प्रदेशमा महिला अधिकारका सवालमा भइरहेका कामका बारेमा सुझाव सङ्कलन गरिएको महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक स्मृति मोक्तानले बताइन् ।

सरकारले उठान नगरेका नागरिकका सवालहरूलाई नागरिक समाजका तर्फबाट उठान गरी छायाँ प्रतिवेदन बनाउन यो कार्यक्रम सातै प्रदेशमा आयोजना गरिएको महिला,कानुन र विकास मञ्च रुपन्देही प्रतिनिधि अधिवक्ता नगेन्द्र शर्माले बताए ।

बिभिन्न समुहगत रुपमा गरिएको नागरिक समाजको छलफबाट आएका सुझाव संकलन गरी तयार छायाँ प्रतिवेदन सिड कमिटीलाई बुझाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?