ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

बर्दघाटमा बंगुर फर्मः वर्ष दिनमा ढाई करोडको बिक्री

२४ कार्तिक २०८१, शनिबार
२४ कार्तिक २०८१, शनिबार

नवलपरासी, २४ कार्तिक ।
वर्दघाट ५ पालडाँडास्थित सप्तरँगी कृषि तथा पशु फर्मले एक बर्षमा ढाई करोडको सुगुँर/बँगुर बिक्री गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले समेत प्रवद्र्धन गर्दै आएको उतm फर्मले एक बर्षमा बंगुरका बच्चा (बुचाभानु) बेचेरै ढाई करोड आम्दानी गरिएको फर्मले जनाएको हो । उक्त बंगुर फर्म सात करोड लगानीमा स्थापना भएको बताइन्छ ।

ब्यवसायिक र सुरक्षित तरिकाले उतm फर्म सञ्चालन हुँदै आएकोले धेरै भन्दा धेरै पाठापाठी तथा बुचाभानु उत्पादन गर्न सकिएको फर्मका सञ्चालक प्रकाश कुमार विकले जानकारी गराएका थिए । फर्म भित्र ९० वटा माउ बंगुरहरू रहेको जनाउँदै उनले उचित चरिकाले बंगुरहरूलाई खानपान, स्याहार सुसार र पोषणयुतm दाना खुवाउन सकियो भन्ने लक्ष्य अनुसारको धेरै भन्दा धेरै पाठापाठी उत्पादन गर्न सकिने जनाए । आफु बैदेशिक रोजगारीमा रहदा त्यहाँको अनुभव लिई २०७८ सालमा फर्मको सुरुवात गरेको हुँ, उनले भने, विदेशमा कुनै पनि उत्पादन ब्यवसायिक रूपमा गरिने गरिएको छ, जस्ले गर्दा उत्पादन लागत घट्दो रहेछ, तर नेपालमा अधिकाँस निर्वाहमुखी कृषि कार्य मात्र हुँदै आएको छ । तर आफूले डेढ विघा जग्गामा सो फर्म विदेशकै अनुभवको आधारमा ब्यवसायिक बनाउन खोजेको छु, तर विदेशमा जसरी सरकार र वित्तिय संघसस्था, बजार लगायतका क्षेत्रमा सहजीकरण गर्ने गरिएको पाइन्छ, सो अनुसार नेपालमा सहजीकरण नभएको उनको गुनासो हुने गरेको छ ।
यहाँ सहजीकरण भन्दा अवरोध बढि छ, उनले भने,तर पनि फर्मबाट हरेस खाइएको छैन्, यस फर्मलाई थप विस्तार गराउने योजनामा रहेको उनले सुनाए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय आएका विकले कार्यालयले सहयोग गर्न खोजेको छ, तर बर्षै पिच्छे सरकारले बदल्ने नीतिका कारण समस्या आउने गरेको छ । हरेक बर्ष नयाँ नयाँ खालका अभ्यास गरिदा फर्महरूलाई समस्या हुने गरेको उनले बताए । पशु सेवा विज्ञ कार्यालयले पनि सहयोग गर्न खोजेको छ, तर कहिले सरकारले एक प्रकारको डकुमेन्ट माग्ने कहिले अर्को खालको डकुमेन्ट माग्ने कार्यले कर्मचारी र किसान दुबैलाई हैरानी ब्यहोर्ने खालका चुनौतीहरू रहेका छन् । फर्मको दर्ता प्रकृया, ऋण, उत्पादन, बजार जस्ता पनि समस्या आई पर्छ, उनले भने, यसमा सहजीकरण हुनु आवश्यक रहेको छ । किसानहरूले पनि कुनै उत्पादन गर्दा ब्यवसायिक रूपमा उत्पादन गर्न सोचका साथ अगाडि बढनुपर्ने उनले अनुभव सुनाएका थिए ।

तर यहाँ (नेपाल) मा जे कुरामा अनुदान दिइनथाल्यो, त्यती तिर अनुदान उन्मुख ब्यवसाय रोज्ने किसानको सोच हुदो रहेछ । सरकारले पनि किसानको उत्पादनमा आई पर्ने समस्यालाई सम्बोधन गर्नु भन्दा बर्षेनी फेर्ने, कार्यविधि फेरिरहने गर्दा चुनौतीहरू बढने गरेको छ । सरकारले यस प्रति गम्भिर हुन आवश्यक रहेको सुझाव थियो । अनुदान यदि सरकारले ऋण लिदा त्यसैमा थपेर सहयोग गरिदिएमा अनुदान बास्तविक किसानले पाउने गर्थे,पहुँचको आधारमा अनुदान पाउने भन्दा काम गर्ने किसानको हातमा पथ्र्यो । अहिले पनि नेपालमा बंगुरको मासुको बजार सम्भावना बढि देखिएको उनको भनाइ थियो । अहिले आफुले उन्नत खालका बंगुरपालन गरेको हुदा बंगुरका बच्चा बुचाभानु कै बढि माग रहेको छ । ठूलो बनाएर मासु प्रयोजनका लागि पनि बिक्री गर्न सकिने आधारहरू छन् । तर बच्चा नै बिक्री गरिदिए पछि मासुका लागि थप हुर्काउन परेको छैन । तर भविष्यमा मासु नै उत्पादन गर्ने गरि बंगुर फर्मलाई ब्यस्थित गरिने योजना रहेको उनले सुनाएका थिए । यसका लागि पनि आफुले पशु सेवा विज्ञ कार्यालयसँग नियमित सम्पर्कमा रहदै आएको बताएका थिए ।

पशु सेवा विज्ञ कार्यालयका प्रमुख श्रवण कुमार चौधरीले जिल्लाकै नमुना ब्यवसायिक फर्म विकले सञ्चालन गर्दै आएको बताए । उनमा काम गर्ने हौसला देखिन्छ, उनले भने, तर कार्यालयले जति सेवा दिइनु पर्ने हो, त्यो अनुसारको दिन सकिरहेको छैन् । कार्यालय सरकारी नीति नियममा बाधिएको हुन्छ, सरकारको नीति फ्लो गर्दै काम गर्नु पर्छ, उनले थपे, तर सरकारको नीति नै पटक पटक फेरिरहने हुदा किसानलाई प्रोत्साहन गर्न र सहयोग गर्न समस्या रहेको छ । किसानलाई तालिम गोष्टिमा प्राविधिक ज्ञान र सपना बनाएर उत्साही बनाउछौ,तर सरकारको नीति फेरिन्छ, जस्ले गर्दा विचमै किसान हतोत्साहित हुन थाल्छन् । तर काम गर्ने पशुपालक किसानलाई नियमित रूपमा आफुले विज्ञता सेवा दिदै आएको र सरकारले उपलब्ध गराउने अनुदान सहयोग पनि गर्दै आएको छ । जिल्लाका अन्य पशु फर्मको तुलनामा विकको फर्म ब्यवस्थित रहेको छ, उनले भने, त्यसले उनलाई नै लाभ पु¥याउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?