© २०२३
बुटवल ५ बैशाख । शिक्षाविद् विद्यानाथ कोइरालाले अबको शिक्षा पुरानो तौरतरिकाले नचल्ने बताएका छन् । उनले सिकाउने शैली, पाठ्यक्रम निर्माण र प्रयोगका साथै सिक्ने थलोमा समेत परिवर्तन हुने बताए । शिक्षकमात्रै जान्ने भ्रमलाई छाडेर बालबालिकाको ज्ञानलाइ समेत सिकाइमा जोड्नुपर्ने उनको तर्क थियो । उनले पाठ्यक्रमलाई आफ्नो तरिकाले प्रयोग गर्न जानेमा सिकाइको प्रभावकारीता बढ्ने बताए । सिक्ने थलो विद्यालय मात्रै हो परिभाषा अबका दिनमा नरहने डा. कोइरालाले बताए । सिक्ने थलो विद्यालय मात्रै होइन डा. कोइरालाले भने, अबको सिक्ने मोडेल स्थायी, अस्थायी, खुल्ला र घर समेत हुनसक्छ ।
उनले शिक्षा मन्त्रालयमा देशका ठूला राजनीतिक दलले राजनीतिक स्वार्थ मात्रै पूरा गर्ने देखिएको बताए् । उनले उच्च शिक्षामा राज्यको उदासिनता, बेखबर, ध्यानपुग्न नसकेको र अहिलेको सेमेस्टर प्रणाली नेपाली विद्यार्थीहरूको लागि प्रभावकारी नभएको बताए ।
उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै निकाय स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने सुझाव दिए । हालसम्म सरकारले तलदेखि उच्च शिक्षासम्म हेर्दै आएकाले दृष्टि पुग्न नसक्दा नेपालको शिक्षा क्षेत्र फस्टाउन नसकेको जिकिर गरे ।बुटवलमा आयोजित “अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ“ भन्ने बिषयक कार्यक्रममा बोल्दै बरिस्ठ अधिवक्ता तथा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष डा.बुद्धबहादुर थापाले नेपालमा भोलीका दिनमा न पाठ्यक्रम, न पाठ्य पुस्तक, न शिक्षक कोही नहुने दिन आउने चिन्ता व्यक्त गरे । उनले हिजो शिक्षक केन्द्रीत शिक्षा थियो । आज त्यो छैन । शिक्षकहरू भुत्ते हुँदै गएका छन् । पछिल्लो समय शिक्षकहरूसँग प्रविधिमैंत्री ज्ञान नभएको र अहिलेको माग भने प्रविधियुक्त रहेको वताए ।
बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले शिक्षा ऐन २०२८ लाई परिमार्जन गर्दै हालसम्म चल्दै आएको भन्दै नयाँ नीति नबनेसम्म शिक्षाको क्षेत्रको विकास सोचे अनुसार नहुने वताए । खनालले भने– बुटवलले शिक्षा क्षेत्रमा विगतको भन्दा संघीय सम्पुरकबाट १० करोड बजेट प्रस्ताव गरेको बताए ।
शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षामा गुणस्तरको बिषयमा पत्रकारले प्रश्न उठाउनुपर्नेमा जोड दिए । उनले केही शिक्षक सिकाउने शैलीमा अपडेट हुन नखोजेजस्तै शिक्षामा काम गर्ने प्रशासक र योजनाकार पनि अवस्था अनुसार अपडेट हुन जरुरी रहेको बताए । विद्यार्थी संख्या कम भएका कारण पालिकाले विद्यालयलाई खुम्चाउनुपर्ने अवस्था आएको हुँदा बालबालिकालाई पुनः पहिले जस्तै घण्टौं पैदल हिँडेर स्कुल जाने दिन नजिक आइरहेको उनको भनाइ थियो ।
शिक्षामा रहेका प्रशासकहरूले प्रविधिमैंत्री रूपमा लैजाने भनिएकोमा तर नीति निर्माण बनाउँदा लिपीबद्ध उल्लेख नगरिएको वताए । यसको मुख्य कारण नीति नियम बनाउने निकायको कमजोरी रहेको छ । पछिल्लो समय विद्यालय शिक्षा र प्राविधिक शिक्षामा विद्यार्थीहरूको सहभागीता न्यून रहेको भन्दै शिक्षालाई मजबुत बनाउन कहिले र कसले ध्यान दिने हो भनेर प्रश्न गरे ।निजि विद्यालयको छाता संगठन प्याब्सनका केन्द्रीय सदस्य तथा दीप वोर्डिङ स्कुल बुटवलका प्रिन्सिपल टिकाराम न्यौपानेले हालको शिक्षा नीतिले सरकारी तथा संस्थागत विद्यालय कुनैलाई पनि फाईदा पुग्ने खालको पोलिसी ल्याउन नसकेको आरोप लगाए । नर्सरी लगायत साना कक्षाका भर्ना हुन आएका विद्यार्थीलाई आफुहरूले विना जाँच भर्ना लिईदै आएको र आएकाहरूलाई फिर्ता नगर्ने गरेको वताउँदै विद्यार्थीहरूलाई स्तर हेरेर विभेद नगरेको उल्लेख गरे ।
कालिका मानवज्ञान विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापाले भर्ना अभियानका क्रममा कमजोर वर्गका विद्यार्थीहरूलाई समावेश नगरेको भन्ने कुरा गलत भएको वताए । उनले भौतिक पूर्वाधारले थेक्नसक्ने क्षमतासम्म स्कुलसँग नजिक पहुँच भएका विद्यार्थीलाई समावेश गरेको र बाहिर आएको कुरा जस्तो पक्षपात नगरेको बताउँदै विपन्न वर्गका विद्यार्थीहरूलाई पनि भर्ना गरेको तर्क गरे । उनले साना कक्षामा प्रवेश परीक्षा लिने अभ्यास नभएको समेत जानकारी गराए । उनले शिक्षालाई सुधार गर्नका निम्ति भौतिक संरचना साथै शिक्षकहरूको गुणस्तरलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।