© 2026
सल्यान ।
सल्यानमा कागती बिक्री गर्न सदरमुकाम खलंगा निस्किएकी एक महिला नौ दिनदेखी बेपत्ता भएकी छिन् ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं, ९ सेरा निवासी ५० वर्षीया वृद्धकली बुढाथोकी मंसिर ३ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेकी हुन् ।
परिवारका अनुसार बुढाथोकी मंसिर ३ गते बिहान करिब ४ बजे कागती बिक्री गर्न सल्यानको खलंगा जाने भन्दै घरबाट निस्किएकी थिइन् । घरबाट निस्किएपछि उनी गन्तव्यमा पुगेको वा अन्यत्र गएको कुनै जानकारी परिवारले पाउन सकेको छैन । उनी घर नफर्किएपछि खोजी गरिरहेको भए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको श्रीमान देवबहादुर बुढाथोकीले जनाए ।
बुढाथोकीमा मानसिक स्वास्थ्य समस्या रहेको परिवारले जनाएको छ । उनको अवस्थालाई मध्यनजर गर्दै परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैमा अपिल गरेको छ ।
बेपत्ता महिलालाई कतै देखेमा, भेटेमा वा उनीबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ ।
श्रीमान् देवबहादुरको मोबाइल नम्बर ९८६४९५५८२८ र छोरा टेकबहादुरको मोबाइल नम्बर ९८६६२३३४५६ मा सम्पर्क गरेर जानकारी दिन सकिने परिवारले जनाएको छ ।