Butwal Today

बालेन सरकारः पहिला आफ्नो भूमिको रक्षा गर

१ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि नेपालको हो । यसलाई पुराना सन्धी सम्झौता तथा नापी नक्सा लगायतका प्रमाणहरू जुटाएर नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतसँग गुहारेर आफ्नो बनाउनै पर्दछ । सन १८१९ को नक्सा, सन १८२७ र १८५६ लगायतका नक्साहरूले प्रमाणित गर्दछन् कि लिम्पियाधुराबाट निस्केको नदीलाई काली भनिन्छ ।

जुन नदीभन्दा पूर्वपट्टिको भू– भाग सवै लिपुलेक, नामिडाँडा, कालापानी, गुञ्जी, कुटी, थोलिडकाड, लिम्पियाधुरा लगायतका भू–भागहरू नेपालकै हुन् । नेपालको पराराष्ट्र मन्त्रालयमा भएका प्रमाणहरू जुटाउनुपर्दछ ।

लण्डनबाट ल्याइएका नक्साहरू भूमि मन्त्रालयमा सुरक्षित हुनुपथ्र्यो, हुनुपर्दछ । त्यसैगरी रक्षा मन्त्रालयमा भएका प्रमाणहरूलाई आधार वनाउनुपर्दछ । मन्त्रालयका सचिवहरूसँग समन्वय गर्नुपर्दछ । तत्कालिन शाही नेपाली जंगी अड्डामा रहेका नक्सा, प्रमाणहरू तथा दस्ती आधारहरू केही रहे भएको भए खोजी गर्नुपर्दछ । किनकी त्यहाँका वासिन्दा पहिला नेपाली थिए, नेपाली नागरिकता थिए । नेपाली लालपुर्जा थियो । वि.सं. २०१५ मा नेपालका मतदाता थिए । ती प्रमाणहरू जुटाउनुपर्दछ ।

कालापानीभित्र लुकेको भयंकर ठूलो षडयन्त्र थियो जुन षडयन्त्रलाई महेन्द्र पछिका शासकले वुझ्न सकेनन् वा वुझ्न चाहेनन् । किनकि महेन्द्रकै चालमा मरिने डर भयो शासकलाई । कालापानी, लिपिलेक र लिम्पियाधुरा प्रति कसरी गिद्देदृष्टि लगायो भन्ने विषयमा खोजी गर्नुपर्दछ कि कालापानी लिपुलेक गुञ्जी, नामी, कुटी अनि लिम्पियाधुरा नेपाल, भारत र चीनको सीमाना माथि हाम्रो मुलुक कमजोर भएको मौका छोपी जवरजस्ती सुगौली सन्धी थमाएको वृटिशको धोकेबाज रणनीति थियो ।

सुगौली सन्धीकै वेलामा महाकाली नदीलाई नै सीमाना वनाइएको थियो । प्राचीनावस्थादेखि वगिरहेको महाकाली नदी सीमानाको रूपमा थियो छ र हुनेछ तर भारतले सानो मूल पानीलाई नयाँ नदी सिर्जना गराई काली नाम निर्धारण गरी महाकाली सीमानाको रूपमा व्याख्या गरी नेपाली पक्षलाई अल्मल्याउने, झुक्याउने तथा विभिन्न आश्वासनहरू दिने गरेको र अघि लम्क्याउने कार्य गरेको छ ।

करिब करिब सैत्तिस हजार हेक्टर भूमि मिचिएको छ । हडपिएको छ । नेपालले भोगचलन गर्न नपाएको अवस्था छ । यतिसम्म कि त्यो भूमिमा नेपालीलाइ टेक्न, घुम्न तथा अवलोकन गर्न समेत दिदैन । बरु अन्यत्र भारत भूमिमा डुल्न अवलोकन गर्न अध्ययन गर्न अनुसन्धान गर्न अनुकुल वातावरण सृजना गर्दछ तर यो भूमिमा नेपालीलाई प्रवेश गर्नै दिदैन । टिंकर भन्ने ठाउँबाटै प्रवेश गर्न रोक्ने कार्य गर्दछ ।

जवकि नेपाली सीमानामै वगेको ठूलो काली नदीलाई पूरै आफ्नो वनाएर सानो नवनिर्मित काली नामको खोल्सालाई नै काली नदी नामाकारण गराई नेपालीलाई झुक्याउने कार्य भारतले गरेको छ । खुरापाती गरी काली नदी नजिकै अर्को मन्दिर निर्माण गरी मन्दिरको नाम पनि काली मन्दिर नामाकरण गरिएको छ । नक्कली काली नदी (खोल्सो) को आडमा काली मन्दिर नामाकरण गरिएको छ ।

कालापानी हुदै वग्दै आएको सानो खोलालाई (खोल्सो) लाई नै काली नदी नामाकरण गरिएको अवस्था छ । काली मन्दिरको आडमा काली नदी नै भारत नेपालको सीमाना हो भन्ने प्रायोजित, तथ्यहिन, खुरापाति तर्कबाट नेपालको ३७ हजार हेक्टर भूमि मिच्ने प्रयास भइरहेको छ । गुमाउन खोजिएको, लुट्न खोजिएको र षडयन्त्र गर्न खोजिएको भूमिका प्रमाण तथा तथ्यहरू दर्जनौं प्रमाणको रूपमा रहेका छन् ।

सुगौली सन्धिः सन १८१९ को धारा ५ मा भनिएको छ कि महाकाली भन्दा पश्चिमपट्टि नेपालको कुनैपनि भूमिको हक अधिकार हुने छैन भनिएको छ । यसको मतलब महाकाली भन्दा पूर्वतिर नेपालको नै हक सुरक्षित छ भन्ने बुझ्नुप¥यो । त्यसैले त्यो ३७००० हेक्टर भूमि महाकाली नदीभन्दा पूर्व नदीभन्दा पूर्वको भूमि हो । महाकालीसम्मको भूमि नेपालको आफ्नै हक अन्तर्गतको भूमि हो भन्ने प्रमाण दह्रो छ ।

त्यही सुगौली सन्धी पनि अवैधानिक रूपमा नेपाल राष्ट्र कमजोर भएको मौका छोपी करकापमा पारी सन्धी गराइएको थियो । लिपुलेक, कालपानी र लिम्पियाधुरा महाकाली भन्दा पूर्व भागमा परेकोले त्यो नेपालमै पर्दछ ।

जनगणनाः वि.स.२०१८ सालमा गरिएको नेपालको जनगणनामा त्यहाँका जनताहरूलाई नेपाली जनसंख्यामा समावेश गरिएको थियो । भैरव रिसाल स्वयं नै जनगणना गर्नका लागि खटिनु भएको थियो । जुनवेला त्यसमा भारतको कुनै उपस्थिति थिएन । त्यसकारण नेपालको जनगणनामा लिम्पियाधुरा, कालापानी एवं लिपुलेकको विवरण सुरक्षित छ ।

नेपाल सरकारलाई तिरिएको जग्गाकरको आधारमा पनि त्यो भूमिकरले पनि सो भूमि नेपालकै हो भन्ने प्रमाणित गर्दछ । २०१५ सालमा भएको आम निर्वाचनमा मतदाता नामावली अधावधिक र मतदानको संख्या, मतपेटिका, मुचुल्का, मतदान अधिकृतहरूको रेकर्ड पनि सुरक्षित होला । यसले पनि त्यो भूमि नेपालकै हो र त्यहाँ वस्ने मानिस नेपाली नै हुन भन्ने प्रमाणित गर्दछ ।

माथि उल्लेखित प्रमाणहरू हुँदाहँुदै पनि भारतले त्यो नेपाली भूमि हडप्ने षडयन्त्र बुनिरहेको थियो । ठ्याक्कै चीनसंग सम्वन्ध विरोध र चीन र भारत लडाइ हुने अवस्था नेर भारतले नेपालका तत्कालिन राजा श्री ५ महेन्द्र विरविव्रmम शाहदेव समक्ष शरण परेर गोहीका आशु झार्दै चीनसंग लडाइ लड्नु पर्ने वेलामा हामीलाई सजिलोको निम्ति गल्छी प्रयोग गरी लडाइ लडुञ्जेल भनी केही समयका लागि भनी भारत शरण परेको हो ।

नेपाली राजाले सहानुभूति पूर्ण किसिमबाट केही समयका लागि हो भने हुन्छ भनी दिउ तर सधैलाई भनेर दिइएको थिएन । आफनो कार्यकालमै फिर्ता लिन खोस्दाखोज्दै तात्कालिन राजा महेन्द्रको देहावशान षडयन्त्रपूर्ण किसिमबाट हत्या भयो ।

राजा महेन्द्रलाई भारतले खेलेको षडयन्त्रको केही पत्तो भएन । त्यहाँ शुरुबाटै षड्यन्त्रै षडयन्त्र गरिएको थियो । नक्सा कुमाउ सहितको नेपाल अन्तर्गत पर्दथ्यो सुगौली सन्धी भएको तीन वर्षपछि इष्ट इन्डिया कम्पनीले आफू भारतलाई कब्जा गरेको भारतमै वसेका अनि नेपालमा लडाइ गर्दा हारेको अवस्थामा सिधै नेपाललाई लडाईद्वारा जितेर आफनो वनाउन नसकिने देखेर थोरै थोरै भूमि झुक्याएर अलमल्याएर आफनो दाउमा थियो ।

किनकी नेपालीसँग लडेर भूमि आफ्नो वनाउन सकिन्न भन्ने कुरा लडाईबाट हारेको प्रमाण न सुरक्षित थियो । नालापानी, जितगढी किल्ला जस्ता ठाउँहरूमा लडाइ भएको उनीहरू हारेको थाहा थियो । नक्सा वनाउने पनि इष्ट इण्डियन, सीमांकन गर्ने पनि इष्ट इण्डियन भएकाले इष्ट इनिडयनले नेपालका विरुद्ध भारतको पक्षमा लामो समयसम्म षडयन्त्र गरिरहे ।

अतः १८२७ मा निकालिएको कुमाउ गडवालको नक्सामा पनि महाकाली नदी उल्लेख गरिएको छ, पहिल्यै कुमाउ गडवाल नेपालकै भएपनि सन्धी पश्चात छाप्रो रहेन तरपनि त्यतिखेरको नक्सा १८२७ मा पनि नेपाल र भारतको सीमाना नदि महाकाली नदी भनी स्पष्ट लेखेको छ । पुनः सन १८३६ मा इष्ट इष्डिया कम्पनीले नक्सा निकाल्दा महाकाली नदीलाई नजानिदो तरिकाबाट भारततर्फ पार्ने षड्यन्त्र गरेको देखिन्छ ।

सत १८५६ को नक्सा निकाल्दा षडयन्त्र गरी कालापानी, लिम्पीयाधुरा, लिपुलेक भारतमा पारे, नेपालीको प्रतिव्रिmया खोजे । नेपालीले खासै चासो देखाएनन् अनि आफ्नो षड्यन्त्रलाई अझ मतवुत किसिमबाट अगाडि बढाए । १८७९ मा फेरि अर्को नक्सा वनाए जुन नक्सालाई नेपाल विरोधी नक्साको रूपमा चिनिन्छ । जसले महाकालीबाट बगेको पानीलाई आधार नबनाई नयाँ निर्मित काली नदीलाई सीमानाको रूपमा व्याख्या गरिएको छ । जुन ३७००० हेक्टर भूमि नेपालको गुमेको छ, भारतले प्राप्त गरेको छ ।

कालापानी लिम्पियाधुरालाई यति महत्व दिइएको किन हो भने यो एक स्पष्ट व्यापारी नाका हुन्छ र यसो नकाबाट धेरै आर्थिक प्रतिफल लिन सकिन्छ भन्ने पूर्वानुमान अनुसार इष्टइयिण्डयाले गरेको थियो । तर दुर्भाग्यवशः भारत छोडो आन्दोलनको जगमा इष्टइण्डियाका मानिसहरू भारत छोडेर भाग्नुपर्ने अवस्था आयो ।

उनीहरूको भागाभाग दौडधुप भयो अनि भारत छोडो आन्दोलनमार्फत सन १९४७ मा इष्ट इण्डिया कम्पनीले भारत छोड्न वाध्य वनायो । त्यसै वेला आफूले छोडी जाने वेलामा नेपाली शासकलाई हामीले हड्पेको जमिन महाकाली परिचय कुमाउ गडवालसम्मको जमिन लिन आउ हामी दिन्छौ भन्दा पनि नेपाली शासकले लिन जाने आँट गरेनन ।

त्यसकारण महाकाली पश्चिमको कुमाउ गडवाल पनि नेपालकै हो त्यो पछि लिउला आफनो वनाउला महाकाली पूर्वको भाग त सवै नेपाली भूमि हो । नेपालकै भूमि हो । त्यसकारण राजा महेन्द्रसंग केही समयका लागि लिइएको भूमि अव फिर्ता दे होइन भने हामी माथि उल्लेखित सवै प्रमाणको आधारमा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन जान्छौ । अनि आफ्नो भूमि आफैमा समाहित गर्दछौं ।

भारतकै संसदमा पनि कालापानी नेपालकै हिस्सा हो भनिएको आवाज पनि स्पष्ट सुनिन्छ । भारतबाट भारतीय तिर्थयात्रीहरू कैलाशमान सरोवर त्यही घाँटी हुदै तिर्थाटनमा निस्कने गर्दछन । सन १९५४ देखि गोरेटो बाटो हुदै तिर्थ गरेकाहरू क्रमिक रूपमा घोडेटो, कच्चीबाटो ग्रावेल बाटो हुदै अहिले पक्की पीच बाटोमा यातायातका साधनमा हुलका हुल जाने गरेका छन् । यसरी मानिसहरू जाँदा मान्छेका साथसाथै आवश्यकीय समाग्री पनि ओहोरदोहोर भएको छ र व्यापार पनि फष्टाइएको छ ।

सन १८१६ देखि निरन्त्तर पटक पटक सन १८१९ सन १८२७ सन् १८५६ गरी भारतले नेपाल पक्षलाई ललाई फकाई घुच्याई विभिन्न प्रलोभन मार्फत राष्ट्रियता माथि खेलवाड गरिरहेको नेपाली शासकले आफ्नो निरिहपन देखाइरहेको छ । नेपालको अस्थिर राजनीतिमा धमिलो पानीमा माछा मारेझै भारतले हेप्ने जग्गा हडप्ने कार्य गरिरह्यो । अब स्थायी स्थिर सरकारले विवादित आफनो भूमि सकार्न कति सफल हुन्छ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?