ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

निर्वाचन खर्च र आयोगको पारदर्शिता

३० कार्तिक २०७९, बुधबार
३० कार्तिक २०७९, बुधबार

आम निर्वाचन राष्ट्रिय पर्व हो । निर्वाचन लोकतन्त्रको पर्याय हो । निर्वाचनले मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रको सवैभन्दा महत्वपूर्ण पर्वको रुपमा निर्वाचनलाई लिने गरिन्छ । तसर्थ निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले मागे जति साधन श्रोत उपलब्ध गराउने गरिन्छ । यो विश्वव्यापी आम मान्यता पनि हो । लोकतन्त्रप्रति आस्था र विश्वास राख्ने विश्वका प्रायः सवै सरकारले जतिसुकै खर्चिलो भएपनि निर्वाचनका लागि खर्चको जोहो गर्छन । निर्वाचनका निम्ति बजेट दिन सरकार तत्पर हुन्छन् । त्यही भएरपनि निर्वाचन आयोगले गर्ने खर्चको लेखा परिक्षण हुँदैन ।

आयोगले आफै पारदर्शी र जनताप्रति जवाफदेही वन्न लेखा परिक्षण गराउन सक्छ तर अनिवार्य भने छैन । विश्वका अधिकांश देशका निर्वाचन आयोगले गर्ने खर्चको लेखा परिक्षण गर्ने पद्धति छ । पहिले आयोगलाई त्यो अनिवार्य थिएन तर सरकारको संवैधानिक निकाय भएको नाताले जनताप्रति जवाफदेही हुनुपर्ने जिम्मेवारी ठानेर लेखा परिक्षण गर्ने पद्धति बस्न थालेको छ । नेपालको हकमा अनिवार्य नभएपनि लेखा परिक्षण गराउनुपर्ने जनदवाव बढ्न थालेको छ । आयोगलाई आवश्यकता पर्दा जति पनि खर्च गर्ने छुट छ । त्यो हुनुपनि पर्दछ । निर्वाचनको सन्दर्भमा राज्यले जहिल्यै मुठी फुकाउँछ । निर्वाचन आयोगले यो पुनीत कार्यका निम्ति माग गरे अनुसारको बजेट सरकारले विश्वास गरेरै दिने गर्छ । आयोगलाई सहज नबनाई अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन भन्ने मान्यता सरकारको रहेको हुन्छ । आयोगले यही मंसिर ४ गते हुने निर्वाचनका लागि करिव ९ अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ । पछिल्लोसमय आयोग बढी जिम्मेवार र पारदर्शी बन्न थालेको छ । यो स्वागतयोग्य कुरा हो । गत बैशाखमा भएको स्थानीय निर्वाचनका लागि आयोगले माग गरे अनुसारको बजेट सरकारले उपलब्ध गराएको थियो । निर्वाचन सम्पन्न भएपछि बचेको रकम आयोगले सरकारलाई फिर्ता ग¥यो । वास्तवमा यसबाट के देखिन्छ भने आयोग पारदर्शी बन्दै गएको छ । यो स्वागतयोग्य कुरा हो । आयोग जवाफदेही वन्नु सुशासनतर्फ अघि बढ्नुको एउटा अध्याय हो भन्न सकिन्छ ।

पछिल्लोसमय निर्वाचन खर्च बढ्दै गएको छ । त्यसैपनि अहिले मूल्यवृद्धि भएको छ । त्यसैले यो निर्वाचनमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । जतिसुकै खर्च लाग्ने भएपनि सरकारले त्यसका निम्ति स्रोत नजुटाइ सुखै छैन । तैपनि आयोगले सकेसम्म खर्च घटाउन आफूलाई तत्पर राख्नुको विकल्प छैन । देशमा आम्दानीका स्रोत पनि बढेका छैनन् । खर्च भने बढेको बढ्यै छ । त्यतिमात्र होइन, सरकारको साधारणतर्फको खर्च बढिरहेको छ । निर्वाचनका कारण यो वर्ष खर्च अरू बढ्ने देखिन्छ । निर्वाचनका निम्ति मतपेटिका र अन्य आवश्यक वस्तु खरिद गर्नुपर्ने र त्यो विदेशबाट ल्याउनु पर्ने भएका कारण डलरको भाउ बढ्दा स्वाभाविक रुपमा त्यसको चाप मूल्यमा परेको हुन्छ । तरपनि गत स्थानीय निर्वाचनमा प्रयोग भएर राखिएका सामाग्रीलाई फेरीपनि प्रयोगमा ल्याउन सकियो भने त्यसले खर्चमा कमी आउन सक्छ । यसतर्फ आयोगको ध्यान जानुपर्दछ ।

आयोगमाथि अनियमितताको आरोप पनि लाग्ने गरेको सुनिन्छ । त्यसैले आयोगलाई भविष्यमा यस्तो आरोप नलाग्ने स्थिति बनाउनुपर्छ । त्यसैपनि बितेका दुई वर्ष कोभिड–१९ को प्रभावका कारण आम नागरिकमात्र होइन, राज्यसमेत संकटमा परेको विर्सन सकिदैन् । अहिले निर्वाचन आयोग पदाधिकारीहरूले निर्वाचनलाई मितव्ययी बनाउने दृढता व्यक्त गरेका छन् । आयोग आफै पारदर्शी बन्ने मार्गमा जानु सकारात्मक पक्ष हो । निर्वाचन खर्चमा लेखा परिक्षण गरियो भने आयोगमाथि लाग्दै आएको आरोप मत्थर हुनेछ । यो विषयमा आयोगको ध्यान पुग्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?