ट्रेंडिंग:

>> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> अवैध पेस्तोलसहित २१ वर्षीय युवक पक्राउ >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम

विश्व सुरक्षित इन्टरनेट दिवस

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

आज विश्व सुरक्षित इन्टरनेट दिवस । विश्व सुरक्षित इन्टरनेट दिवस मनाउँदै गर्दा इन्टरनेटकै कारण हजारौं नागरिकले असुरक्षित जीवन विताउनु परिरहेको छ । इन्टरनेटलाई सदुपयोग गर्न नसक्दा नेपालकै कुरा गर्ने हो भने पनि कैयौंको घरबार बिग्रिएको अवस्था छ । पारिवारिक सम्वन्धमात्र होइन, अपराध, हिंसा, बिचलन र मानसिक चिन्ता बढाउने काम इन्टरेनटकै माध्यमबाट भैरहेको छ । इन्टरेनटलाई सदुपयोग भन्दा पनि दुरूपयोग गर्दाको परिणाम आज नेपालले मात्रै होइन विश्वले भोगिरहेको अवस्था छ । तसर्थ इन्टरनेट मानव जीवनका लागि श्वास प्रश्वास जत्तिकै आवश्यक छ तर यसलाई सदुपयोग गरेको अवस्थामा यसले दिने लाभ अमूल्य छ । तसर्थ इन्टरनेटलाई सुरक्षित साथ प्रयोग गरौं भन्ने सन्दर्भमा यो दिवसको उठान भएको हो । आज विश्वमै २१ ऋौं सुरक्षित इन्टरनेट दिवसका मनाईदैछ । यस वर्षको नारा इन्टरनेटमार्फत प्रेरणादायी परिवर्तनको पैरवी गर्ने रहेको छ । निश्चितरूपमा इन्टरनेट दिवसको नाराजस्तै अहिले बालबालिका तथा युवा वर्ग बढी जोखिममा छन । उनीहरूलाई इन्टरनेटबाट शिक्षा दिनुका साथै समाज परिवर्तनमा प्रेरणा बढाउनु जरुरी छ । डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । इन्टरनेटको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू रहेका छन् । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति अघि बढाउन सहयोग गर्दछ । यस्ता जोखिमले बालबालिकाको मानसिक एवं बौद्धिक विकास प्रभावित हुनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने र आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । तसर्थ इन्टरनेटको सुरक्षित प्रयोगतर्फ बालबालिका, युवा वर्ग, अभिभावकहरू सवै सचेत र जिम्मेवार बन्नु जरुरी छ । तसर्थ अहिले इन्टरनेटलाई सुरक्षित बनाउनेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । यतिखेर विश्वभर जस्तै नेपालमा पनि सामाजिक सञ्जालको जगजगी छ ।

फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ । इन्टरनेटमा उपलब्ध यस्ता माध्यम विशेषगरी नयाँ पुस्तामा यतिसम्म जरो गाड्न सफल भएको छ कि यसलाई न उनीहरू छाड्न सक्छन् न त तोड्न नै । सोझो अर्थमाभन्दा सामाजिक सञ्जाल उनीहरूका लागि लत बनिसकेको छ । यसको श्रोत भनेको इन्टरनेट नै हो । तसर्थ इन्टरनेटलाई सुरक्षित प्रयोग गर्नेदेखि दुरूपयोग हुन नदिनेतर्फ सतर्कता आवश्यक छ । नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा पछिल्लो समय इन्टरेनटकै माध्यमबाट सामाजिक सञ्जालको व्यापक दुरूपयोग भएको छ । कसैको चरित्र हत्या गर्न, कसैलाई दानवीकरण गर्न तथा मिथ्या सूचना फैलाउन यस्तो मञ्च प्रयोग गर्नेको संख्या बढेको छ । कतिपयको घरबार उजाडिएको छ भने सयौँको सार्वजनिक जीवन समाप्त भएको छ ।

नचिनेका जथाभावी मानिसलाई साथी बनाउनु, सोसल मिडियामा देखिएका सबै लिंकलाई क्लिक गर्नु, राहदानी, नागरिकता जस्ता महत्वपूर्ण दस्ताबेज सार्वजनिक गर्नु, आफ्नो खाता अरूलाई चलाउन दिनु, सोसल मिडियाका साथीहरूप्रति बढी नै भर पर्नु र विश्वास गर्नु जस्ता पक्ष यसका दुरूपयोगकर्ताका लागि भविष्यमा अभिषाप बनिरहेको छ । तसर्थ इन्टरनेटलाई शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्नेतर्फ पैरवी गर्नु जरुरी छ । सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षामा खलल पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने काम भैरहेको हुँदा इन्टरनेटलाई सुरक्षित बनाउनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?