© २०२३
पश्चिम चितवनको फूलबारीमा खाना पकाउने सिलिण्डरबाट ग्याँस चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको छ । आफ्नै कोठामा खाना बनाउने क्रममा ग्याँस चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको थियो । खाना पकाउने सिलिण्डर ग्याँस पड्किएकै कारण सुदूर पश्चिमको अछाममा पनि गत महिना दुईजनाको मृत्यु भएको थियो । त्यसअघि गत बर्ष फागुन महिनामा ग्याँस पड्किँदा गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद चन्द्र भण्डारी गंभीर घाईते हुनुभयो । उहाँकी आमा हरिकला भण्डारीको ग्याँस सिलिण्डर दुर्घटनामा मृत्यु भएको थियो । गंभीर घाईते भएका सांसद भण्डारी अहिलेपनि ग्याँस दुर्घटनाको अवशेष बोकीरहनु भएको छ । नेपालमा बेला बेलामा भैरहने यस प्रकारका ग्याँस सिलिण्डर दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ । यस प्रकारको दुर्घटना रोक्न आम नेपाली उपभोक्ता सचेत हुनु जरुरी छ । पूर्व सावधानी र सचेतनाले ग्याँस दुर्घटनाको जोखिमबाट बच्न सकिन्छ । त्यसका लागि फेरीपनि आम उपभोक्ता ग्याँस सिलिण्डरको जोखिमका विषयमा सचेत हुन जरुरी छ । सिलिण्डर कहिले बनेको हो र त्यसको म्याद कति छ भन्ने विषयपनि उपभोक्ताले जान्नैपर्ने कुरा हो । ग्याँस विक्रेताहरूका अनुसार जोखिमबाट बच्न सिलिण्डरको घाँटीमा भएका तीनवटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन । अव उपभोक्ताले ग्याँस किन्न जाँदा त्यस विषयमा चनाखो भएर हेर्ने र बुझ्ने गर्न सकिएको अवस्थामा मात्रै पनि जोखिमको पूर्व अवस्थाबाट जोगिन सकिन्छ । त्यसैगरी ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ ।
आम उपभोक्ताले यी कुरामा सजिलै ध्यान पु¥याउन सकेको अवस्थामा पनि जोखिम कम गर्न सकिन्छ र संभावित दुर्घटना रोकिन्छ । उदाहरणकै लागि अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ । जस्तै २३ अंक लेखिएको भएमा त्यसको म्याद २०२३ सम्म हो भन्ने बुझ्नुपर्दछ । ‘बी २३’ लेखिएको सिलिण्डरको म्याद सन् २०२३ को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ । यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन । अहिलेको मितिलाई ए १६ ले जनाउँदछ । तर, यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ । आम उपभोक्ताले बुझ्नुपर्ने महत्वपूर्ण विषय के हो भने एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ । तर ग्याँस उद्योगहरूले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ । जुन दुर्घटनाका लागि घातक सिद्ध हुन सक्छन् । त्यसका अतिरिक्त उपभोक्ताले आफैपनि ग्याँस दुर्घटनाबाट जोगिन विभिन्न उपाय गर्न सक्छन । जस्तो कि खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्नुपर्छ । खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्नुपर्छ । ग्याँसको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनैपनि उपकरण चलाउनु हुँदैन । यी महत्वपूर्ण सावधानीले दुर्घटनाबाट जोगिन सकिन्छ । तसर्थ आम उपभोक्ता अव सचेत हुनुपर्दछ । चितवनमा गत साता भएको ग्याँस दुर्घटनाको निरन्तरता अरू स्थानमा नहोस् भन्नका लागि सर्वप्रथम उपभोक्ता नै सचेत हुनु जरुरी छ । अर्कोतर्फ ग्याँस उद्योगहरूले समेत जोखिमरहित सिलिण्डरको प्रयोग बढाउनु पर्दछ । आम उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने काम कत्तै हुनुहुँदैन । त्यसका लागि फेरीपनि नेपाल सरकारले ग्याँस उद्योगमाथि निरन्तर रूपमा अनुगमन गर्नु जरुरी छ । ग्याँस सिलिण्डरबाट उत्पन्न हुने जोखिम हटाउने हो भने सर्वप्रथम मिति सकिएका सिलिण्डर विस्थापन गर्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।