ट्रेंडिंग:

>> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा

प्रलेस दाङ शाखाको ३१ औं स्थापना दिवसमा ६ जना साहित्यकार पुरस्कृत

३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

दाङ, ३ पुस ।

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको ३१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा ६ जना साहित्यकारलाइ पुरस्कार र एकजना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ ।

वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले हरेक बृक्षको पात फरक हुन्छ भने झै मानिसका बिचमा पनि फरक मतभेद हुने बताए । बर्ग,साहित्य र समाज पनि फरक हुन्छ यसलाई मिलाएर अगाडि बढ्नुपर्ने बताए । कविले लेखेको कविता काँडा जस्तो हुनुपर्ने र आवस्यक परेको स्थानमा घोच्न सक्ने समाज परिवर्तन गर्ने कविता लेख्नुपर्ने बतए ।

साहित्यकार एव पूर्व मन्त्री सुश्मा शर्मा घिमिरेले समाजलाई समाहित गर्न लाग्नुपर्ने बताइन् । साहित्यकारहरु एकै थलोमा बसेर छलफल गरेर मन्थन गर्नुपर्ने र खवरदारी गर्नेबेला आएको उनले बताइन् ।

प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्माले साहित्यकारलाई सधै सकृय भएर लेखनीमा लाग्न आग्रह गरे । साहित्यकारको उपस्थिति, रचना र पुस्तकबाट मात्र साहित्यकार सकृय हुने भएकाले लेखनीलाई निरन्तरता दिन आग्रह गरे । दाङ शाखा अध्यक्ष भुबन देबकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

६ जना साहित्यकार पुरस्कृत

प्रलेसद्वारा स्थापित प्रगतिशील साहित्य पुरस्कार साहित्यकार क्षितिज मगरलाई प्रदान गएिको छ । श्याम चिसद्वारा स्थापित गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार देवकुमारी खत्री, पद्मप्रसाद शर्मा–शान्ता देवी शर्माद्वारा स्थापित अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार रामप्रसाद जैसी र नारदमणि पोख्रेलद्वारा स्थापित चिन्तामणि–जमुना साहित्य पुरस्कार डा खेमराज मल्ल तथा कृष्ण– गायत्रा स्मृति प्रतिष्ठानद्वारा स्थापित कृष्ण–गायत्रा साहित्य पुरस्कार प्राध्यापक डा गोपालप्रसाद शर्मा अधिकारीलाई प्रदान गरिएको हो । लिला , फना, बसन्ता स्रष्टा सम्मान पुरस्कार साहित्यकार केशव थापालाई प्रदान गरिएको छ । अग्रज साहित्यकार तथा बामपन्थी चिन्तक देवी पोख्रेललाई सम्मान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?