ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पुस्तकालयको बिकल्पमा ई पुस्तकालय

१५ भाद्र २०८०, शुक्रबार
१५ भाद्र २०८०, शुक्रबार

‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने नाराका साथ १६ औं पुस्तकालय दिवस आज मनाईदैछ । पुस्तकालय दिवस मनाईरहँदा भने नेपालमा भएका पुस्तकालयको संरक्षणमा राज्यको ध्यान पुगेको छैन । अरू थप पुस्तकालय खोल्नेतर्फ आँखा चिम्लिएको अवस्था छ । नेपालमा प्रजातन्त्र प्राप्तिको लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको कुरा बिर्सन सकिदैन् । बुटवलमा २००४ सालमा स्थापना भएको महाबीर पुस्तकालयले २००७ सालको प्रजातन्त्र प्राप्तिमा धेरै ठूलो भूमिका खेलेको थियो । त्यसयताका विभिन्न आन्दोलनमा पुस्तकालयको भूमिकालाई कम आँक्न सकिदैन । तर, अहिले भने सूचना प्रविधिको बढ्दो प्रयोगले विश्व नै साँघुरिएको छ । प्रविधिको बढ्दो प्रयोगले हरेक कुराको जानकारी घरमै बसेर पाउन सकिन्छ । विश्वका महत्वपूर्ण पुस्तक एक क्लिकको माध्यमबाट घरमै बसेर पढ्न पाईन्छ । विश्व सूचना युगबाट प्रभावित भैरहँदा नेपाल पनि यसबाट अछुतो रहन सक्दैन । त्यही कारण अहिले पुस्तकालयको महत्व घट्दै गएको देखिएको छ । नेपालमा हरेक बर्ष मनाईने पुस्तकालय दिवस पनि यही कारण साँघुरिदै गएको देखिन्छ । नेपालमा पाठकहरूको संख्या विगतमा भन्दा वर्तमानमा धेरै घटेको यही कारण हो । पाठकको संख्या घट्दै गर्दा पुस्तकालयहरू रित्तिदै गएका छन । सञ्चारका विविध साधनहरूको विकास भएसंगै पठन संस्कृतिको कमी भएको छ । जसका कारण नेपालमा अहिले पुस्तकालय खोलिएको उदाहरण र समाचार कमैमात्र सुन्नमा आउने गरेको छ । त्यसैपनि पुस्तकालय घटिरहेको बेला पाठकहरू पाउनै समस्या छ । त्यसमाथि पुस्तकालयमा गएर पढ्ने बानीको विकासमा पनि धेरै कमी आईसकेको छ । भएका पुस्तकालय पनि जीर्ण वन्दै गएका छन । तिनको भौतिक संरचना निर्माणमा बेवास्ता गरिएको छ । ऐतिहासिक पुस्तकालय संरक्षणमा चासो दिइएको छैन् । नेपालका पुस्तकालयले राणाशासन अन्त्यमा ठूलो भूमिका निर्वाह गरेका थिए । राणाशासन अघि स्थापना भएको बुटवलको महावीर पुस्तकालय त्यस्तो पुस्तकालय हो जहाँ गएर पढ्न राणाहरूले प्रतिवन्ध जस्तै लगाएका थिए तर राणा शासन अन्त्यमा त्यो पुस्तकालयको पनि ठूलो भूमिका रहेको इतिहास विर्सन सकिदैन ।

पाल्पाको धवल पुस्तकालय पनि ऐतिहासिक पुस्तकालय हो । यो पुस्तकालयको पनि अहिले भौतिक संरचना जीर्ण वन्दै गएको छ । बुटवलमा केही पुस्तकालय छन, ती पुस्तकालयमा पाठकको अभाव छ । हरेक बर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउने गरिएको छ । वि.सं. १८६९ भदौ १५ गते तत्कालीन राजा गिर्बाणयुद्ध बीरबिक्रम शाहले पण्डित केदारनाथ झालाई किताब तहबील खानाको अध्यक्ष बनाएको सम्झनामा पुस्तकालय दिवस मनाईदै आइएको छ । पुस्तकालय दिवस मनाउँदै गर्दा अवको विकल्पका विषयमा पनि सोच्नु जरुरी छ । अव पुस्तकालयमा गएर दिवस मनाउने क्रम हराउँदै गएकोले अव ई पुस्तकालयको विकल्पका विषयमा सोच्नु जरुरी देखिएको छ । ई पुस्तकालयमार्फत सर्च गरेर आफूलाई आवश्यक सामाग्री पढ्न सकिने भएकोले अव त्यसतर्फ सोच्नु जरुरी भैसकेको छ ।

पुस्तकालय दिवस मनाउँदै गर्दा अप पुस्तकालयमा गएर पुस्तक पढ्ने भन्दा पनि भएका पुस्तकालयको संरक्षण गर्दै घरघरमै पुस्तकालयको अवधारणा बनाउनु जरूरी छ । अहिले एक क्लिकमा विश्वका महत्वपूर्ण सूचना पाउन सकिन्छ । महत्वपूर्ण पुस्तक पढ्न सकिन्छ । के अव पुस्तकालयको युग समाप्त भएकै हो त ? साहित्यकारहरू यो कुरा पत्याउन चाहँदैनन तर पनि विकल्प पनि बाँकी छैन । किनभने बुटवलको पुस्तकालयकै अवस्था हेर्दा दिनमा एउटा पाठक पनि पुस्तकालय छिर्दैनन् । पुस्तकालय स्थापनाको क्रम पनि धेरै घटेको छ । धेरथोर भएका पुस्तकालयको अस्तित्व रक्षा गर्नपनि हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा पुस्तकालय दिवस मनाईरहनु केवल इतिहास बचाईराख्नु मात्र हो कि जस्तो अनुभूति गर्न थालिएको छ । पुस्तकालयमा पाठकको अभावका पछि सामाजिक सञ्जालको भूमिका पनि मूख्य रहेको कुरा नकार्न सकिदैन । जेहोस पुस्तकालयमा गएर पढ्ने संस्कार हटेपनि पुस्तक पढ्ने संस्कृति नहराओस् । पुस्तकालय दिवस मनाईरहँदा पठ्न संस्कृति बढाउनेतर्फ हाम्रो प्रयास सार्थकसिद्ध हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?