© २०२३
बुटवल, ११ भदौ । बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियानलाई नगरका टोलहरुबाट उत्साहपूर्ण रुपमा कामलाई तिब्रता दिईएका छ । अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने काम भैरहेको छ । सोमबार बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित शिवटोल विकास संस्थाको अगुवाईमा तथा बुटवल युनाईटेड साईक्लिङ क्लबको सहयोगमा बगौचा सरसफाई तथा वृक्षारोपण गरिएको हो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रीदेबी अर्यालले सोमबार कालिकानगर सडक किनारको बगैचामा वृक्षारोपण गरि शुभारम्भ गरिन । बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउने लक्ष्य रहेको उनले बताईन ।
कार्यक्रममा वडाअध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले हरियालीको कार्यक्रमलाई स्थानिय सरकारबाट सहकार्य गर्ने बताए । बुटवल भैरहवा सिक्स लेन अन्तरगत वडा नं ११ को पश्चिमतर्फको ३ सय मिटर दुरीमा रहेको सडक किनाराको भागमा हरियाली प्रवद्र्धन र सरसफाईका कार्यक्रम गर्दै आएको टोलका अध्यक्ष सालिकराम पौडेलले बताए । टोल अन्तरगतका अगुवा मिलेर बिसं २०७४ सालमा शिव टोल हरियाली विकास उपभोक्ता समिति गठन गरिएको उनले बताए ।
नगरपालिकाबाट पिकल, क्लेरिया, चमेली लगायतका ४० वटा बिरुवाहरु प्राप्त भएको समितिका संयोजक रबिलाल सुवेदीले बताए । तारबारमा न्यु होराईजनबाट सहयोग भएको तथा पंन्चकन्या ग्रुपबाट सिचाइको लागि पाईपलाईनमा सहयोग भएको उनले बताए । समितिका अध्यक्ष नारायण भट्टराईले संस्थामा हाल २ सय घरधुरी रहेका छन । साउन १५ गते सोमबारदेखि शुरु भएको ४५ दिनसम्म चल्ने अभियान निरन्तर जारी छ ।