ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 
सम्पादकीय

मौद्रिक नीतिले विश्वास सिर्जना गरोस्

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

नेपाल राष्ट्र बैंकले आईतवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि विभिन्न प्रतिकृया आएका छन । मौद्रिक नीतिले ओरालो लागेको अर्थतन्त्र माथि उठाउन सहयोगी हुने विश्वास गरिएको छ । मौद्रिक नीति माध्यममात्र हो ।

मौद्रिक नीतिका सकारात्मक पक्षलाई ग्रहण गर्दै देशको अर्थतन्त्रलाई लिकमा ल्याउन सवैको प्रयास गहनरुपमा अघि बढ्नु जरुरी छ । राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको दावी गरेको छ । मौद्रिक नीतिले मूल्यबृद्धि साढे ६ प्रतिशतमा सीमित गर्ने जुन उद्देश्य लिएको छ त्यो सकारात्मक छ ।

समग्रमा अहिले मूल्यबृद्धिको चाप बजारमा दवावका रुपमा नदेखिएपनि राष्ट्रबैंकको प्रयास सकारात्मक छ । त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सफल भयो भने त्यसले निश्चितरुपमा मूल्यबृद्धि नियन्त्रणमै राख्न सहयोग पु¥याउने छ । वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादनको क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहेको उल्लेख छ । ठूला कर्जाहरूको अनुगमन, नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको केन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने र कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवर्धन गर्नेतर्फ मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी नीतिहरू तर्जुमा गरिएको उल्लेख छ ।

मौद्रिक नीतिमा नेपाल राष्ट्रबैंक घर र सेयरमा जाने कर्जामा लचक बनेको छ । यसले बजारमा आर्थिक चहलपहल बढाउन मद्दत गर्दछ भन्ने विश्वास छ । केन्द्रीय बैंकले आईतवार सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाएर दुई करोड पु¥याएको छ । जसले घर जग्गाको कारोवारमा बृद्धि गर्दै बजारमा चहलपहल ल्याउन मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।

यसैगरी शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । यसको भार कति राख्ने भन्ने खुलाइएको भए त्यो सुनमा सुगन्ध हुनेथियो । मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने आशा गरिएकै दिन साताको पहिलो दिन आईतवार नेप्सेमा हरियाली छाउँदा मौद्रिक नीति नीजि क्षेत्र उन्मुख छ भन्दा अत्युक्ति हुँदैन । यो हरियालीले मौद्रिक नीतिलाई उत्साहका साथ स्वागत गरेको छ । अर्कोतर्फ नेपालजस्तो सानो मुलुक आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले विदेशी मुद्राको सञ्चिति सुविधाजनक स्थितिमा सञ्चित गर्नुपर्ने बाध्यता रहेको अवस्थामा मौद्रिक नीति त्यसतर्फ लक्षित रहेको देखिएको छ । मौद्रिक नीतिमा ऋणीलाई राहत, कृषि र उद्योगलाई प्रोत्साहन दिने उल्लेख छ जसबाट नीजि क्षेत्र आशातीत बनेको छ । यद्यपि उद्योगी, व्यवसायी लगायत सम्पूर्ण नीजि क्षेत्रले मौद्रिक नीतिको विषयमा सकारात्मक नकारात्मक दुवै प्रतिकृया दिएका छन ।

मौद्रिक नीतिले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । यो स्वागतयोग्य कदम हो । त्यसैगरी उद्योगी, व्यवसायीलाई पनि ऋण, ब्याज र अनुदानमा सहुलियत दिने गरी मौद्रिक नीति आएको छ, त्यसलाई सकारात्मकमा लिनुपर्दछ । बैंक ब्याज सन्तुलनमा राख्न मौद्रिक नीति महत्वपूर्ण हुने अपेक्षा छ । मौद्रिक नीतिले ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी प्राथमिकतामा राखेको छ । यो राम्रो पक्ष हो तर किसानले ऋण लिने सवालमा अझैपनि महिनौंसम्म हैरानी खेप्नुपर्ने जुन प्रकृया छ, त्यसमा सुधार जरुरी छ । त्यो भएन भने जतिसुकै राम्रो मौद्रिक नीति भएपनि अवस्था पुरानै हुनेछ । बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको छ । त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने हेर्नै बाँकी छ । मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन सकेमात्र परिणाम आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?