Butwal Today

एमाले महाधिवेशन: अर्घाखाँचीबाट चयन भएका १३ जना सबै प्रतिनिधि ओली पक्षका

१४ मंसिर २०८२, आइतबार
अ+
अ-

अर्घाखाँची, १४ मङ्सिर ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा अर्घाखाँचीबाट १३ प्रतिनिधि चयन भएका छन् । आइतबार बिहान सम्पन्न मत परिणामबाट प्रतिनिधिहरू छनोट भएका हुन् ।

अर्घाखाँचीमा ओली पक्षको पुरै प्यानल चुनावी मैदानमा थिए, तर पक्षका ४ उम्मेदवार पराजित हुँदा ओली पक्षका १० जना निर्वाचित भए ।

निर्वाचित हुनेमा ओली पक्षमा एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसाल, उपाध्यक्ष शम्भु पोख्रेल, प्रदेश कमिटी सदस्य वसन्त श्रेष्ठ, जिल्ला सचिवालय सदस्य रेसम थापा, कमल घिमिरे, तेजप्रसाद खनाल गरी खुलातर्फ ६ निर्वाचित भए ।

पराजित हुनेमा लुम्बिनी प्रदेश सभाका सदस्य तथा प्रदेश सचिवालय सदस्य रामजिप्रसाद घिमिरे, पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे र सन्धिखर्क नगर पूर्व अध्यक्ष श्रीकृष्ण भुसाल भारी मतान्तरसहित पराजित भए ।

महिलातर्फ निर्वाचित हुनेमा दिपा आचार्य, सुस्मा श्रेष्ठ, विष्णुमाया आचार्य, लक्ष्मी गाैतम गरी ४ जना निर्वाचित हुँदा शितगंगा नगरपालिकाका उपप्रमुख गिता भाट क्षेत्री पराजित भइन् ।

सर्वसम्मत भएका युवा क्लष्टरबाट जिल्ला सचिव ताेजबहादुर रायमाझी, दलिततर्फबाट लिलबहादुर विक र आशा परियार सर्वसम्मत निर्वाचित भएका हुन् ।

अर्घाखाँचीमा चयन भएका सबै १३ जना महाधिवेशन प्रतिनिधि नै केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने गरी चयन भएको एमाले अर्घाखाँचीले बताएको छ ।