Butwal Today

सरकारकै नीतिले बदलिँदै उखान: ‘हरियो वन धमिराको धन’

काठका सामग्री बलियो र टिकाउ हुने भए पनि जटिल प्रक्रिया र मूल्यमा परिमार्जन हुन नसक्दा काठ प्रयोग गर्ने उपभोक्ताको आकर्षण कम छ ।
२८ आश्विन २०८२, मंगलवार
अ+
अ-
समाचार सारांशमा

  • स्वार्थ र नीतिगत अस्पष्टताका कारण स्वदेशी काठको बिक्री वितरणमा समस्या आएको छ ।

  • विदेशी काठ आयात बढ्दै गएको छ, जसले स्थानीय वन उत्पादनलाई असर पारेको छ ।

  • हाल समूहसँग ४ करोडभन्दा बढी मूल्यको काठ र लाखौँ मूल्यका दाउरा मौज्दात छन् ।

  • मौज्दात काठ बिक्री हुन नसकेर उधारो ऋण तिर्न कठिनाइ भएको छ ।


 

नवलपरासी, २९ असोज । 
‘हरियो वन नेपालको धन’ भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा वन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिँदै गएको छ ।
स्वार्थले प्रेरित नेपालको काठ र काष्ठजन्य बस्तुको आयात बढाउने र नेपालको वनमा उत्पादन हुने बन पैदावार नीतिगत समस्याको उल्झनमा पारेर समस्याग्रस्त बनाउँदा हरियो बन धमिराको धन बन्न थालेको हो ।
वन पैदावार आपूर्तिको सहज व्यवस्थापन नभएको र अहिले बन पैदावारको वैकल्पिक व्यवस्था बन्दै जानुका साथै नेपालका बन पैदावार आपूर्ति व्यवस्थालाई जटिल बनाउने र विदेशबाट काठ आयात गरेर कमिसन खाने पद्धतिले जिल्लामा उत्पादित काठ बिक्री हुन नसकेको गुनासो वन कर्मचारी, सामुदायिक वन समूहका पदाधिकारी तथा साझेदारी बन समूहका सदस्यहरूले स्वीकारेका छन् ।
काठ दाउरा बिक्री हुन नसक्दा कुहिने अवस्थामा छन्, जिल्ला स्थित बुद्ध शान्ति साझेदारी समूहका अध्यक्ष वीरेन्द्र चौधरीले भने,वन भित्र कार्य योजना अनुसारको काठ दाउरा निकासी त परै जाओस् अहिले मौज्दात काठ दाउरा पनि विक्री भई रहेका छैनन् ।
यसले समूहले तिर्नुपर्ने उधारो बक्यौता पनि तिर्न समस्या भई रहेका छन् । उनका अनुसार समूहमा रहेका चार करोड मूल्यको काठ र लाखौँ मूल्यका दाउरा बिक्री वितरण हुन सकिरहेको छैन ।
बुद्ध शान्ति साझेदारीमा आश्रित ११ हजार ४ सय ४२ घरधुरीका ६३ हजार ७ सय ७६ जनसङ्ख्या रहेको छ । उधारोले थलिएको जिल्ला स्थित बुद्ध शान्ति साझेदारी बन समूहले तग्रिँने योजना सहित आफ्नो छैटौँ साधारण सभा ग¥यो ।
तर काठ बिक्री नभएर उधारो रकम समेत तिर्न नसकेको बन समूहले अहिले काठ बिक्रीका लागि रणनीतिगत योजना र थप काठ सङ्कलन गर्ने योजना बनाएर साधारण सभामा प्रस्तुत गरिएको र समूहले अनुमोदन समेत गरी पास समेत गरेको हो । तर काठ बिक्रीका लागि सूचना प्रकाशित गर्दा पनि बिक्रीमा समस्या देखिएको उनले प्रतिक्रिया दिएका थिए ।
उनका अनुसार उक्त वन समूहसँग मौज्दात रहेको अस्ना र साल जातका ३५ लाख ७ हजार ५ सय १६ मूल्यका आर्थिक वर्ष २०८०/०८१ को ८ सय ७ सय ६८ घन फिट काठ रहेको छ ।
त्यसैगरि १६ लाख २५ हजार ४ सय ४७ मूल्यको आर्थिक वर्ष २०८१/०८२ को ३ हजार ८ सय ९३ घन फिट काठ, १४ लाख २१ हजार ६ सय ३५ रुपियाँ मूल्यको आर्थिक वर्ष २०८१/०८२ कै घाटगद्दिमा रहेका काठ, आर्थिक वर्ष २०८२/०८३ को लिलाम प्रक्रियामा रहेको ७८ लाख ३ हजार ७ सय २८ मूल्य बराबरको मौज्दात काठ रहेको छ ।
आर्थिक वर्ष २०८२,०८३ मा आन्तरिक बिक्री वितरणका लागि रहेको १९ लाख २९ हजार ७ सय १७ मूल्य बराबरको काठ छन् भने आर्थिक वर्ष २०८२।०८३ कै १ करोड मूल्य बराबरको १० हजार ५०चट्टा दाउरा समेतको आय हुने अनुमान गरिएको छ ।
समूहसँग कुल २७ हजार २ सय २५ घन फिट काठ बिक्री गर्ने लक्ष्य बन समूहले लिएको छ । कुल १ हजार २ सय ४ हेक्टर क्षेत्रफल रहेको वन समूहमा तीन पालिकाका १३ वटा वडाहरूका उपभोक्ताहरू आबद्ध छन् ।
रामग्राम नगरपालिकाको वडा नम्बर ६,९,१०,१४,१५,१६ र १८, सुनवल नगरपालिकाको वडा नम्बर २,८ र ९ तथा पाल्हीनन्दन गाउँपालिकाको ४,५ र ६ नम्बर वडाका गरी कुल १० हजार ६२५ घरधुरी समूहमा आबद्ध छन् ।
साझेदारी बन समूह मात्र नभई सामुदायिक वनहरूले सङ्कलन गरेका काठहरूको विक्री वितरण नभई रहेको गुनासो गरिरहेका छन् । जिल्लामा साझेदारी बन समूहले सबै भन्दा बढी काठ दाउरा निष्कासन गर्ने समूह भए पनि २८ वटा सामुदायिक बन समूहले समेत ठुलो परिमाणमा काठ दाउरा बन क्षेत्रबाट आपूर्ति गर्ने गरेका छन् ।
जिल्लाका कुल १ लाख ६९ हजार ७ सय ९५ घन फिट काठ गत आर्थिक वर्षमा बन क्षेत्रबाट निष्कासन गरिएको थियो । त्यसमा साझेदारी समूहको ३० हजार ३१ घर फिट काठ मात्र हो । त्यस बाहेक २८ वटा सामुदायिक बन क्षेत्रबाट १ लाख ३९ हजार ७ सय ६४ घन फिट काठ छन् । सरकारद्वारा व्यवस्थित बन क्षेत्रबाट पनि २ हजार ७ सय ६४ घन फिट काठ निस्केका थिए ।
नम्बरी अवादीबाट निजी क्षेत्रको पनि ५० हजार ३९ फिट काठ जिल्लामा उत्पादन भएका छन् । यसरी एक आर्थिक वर्षमा जिल्लाबाट कुल २ लाख २२ हजार ५ सय ९८ घन फिट काठ उत्पादन भएको देखिन्छ ।
सरदर काठको मूल्य प्रति क्विन्टल १ हजार प्रतिघन फिट मात्र अनुमान गरियो भन्ने जिल्लामा २२ करोड २५ लाख ९८ हजार मूल्य बराबरको काठ वार्षिक उत्पादन देखिन्छ । काठ निकासीमा प्रति क्विन्टल १ सय ४५ रुपियाँ खर्च हुने आधार मानेर काम गर्ने गरिएको डिभिजन बन कार्यालय नवलपरासीका रेन्जर प्रजेम्स श्रेष्ठले बताए ।
काठको मूल्यमा परिमार्जन नहुँदा अहिले काठ प्रति आकर्षण घटेकोले बिक्रीमा समस्या देखिएको रामग्राम ७ का आलमुनियमका फर्निचर उत्पादन गर्ने व्यवसायी अनिल अग्रहरीले बताए ।
अहिले काठ भन्दा भन्दा अलमुनियम र फलामका झ्याल ढोका लगायतका फर्निचरहरू सस्तो र सुलभ छन्, उनले भने, तर काठ महँगो पनि हुने पाउन जटिल प्रक्रिया पुरा गर्नु पर्नेले पनि काठ प्रतिको आकर्षण घट्दो छ ।
एउटा ३ वाई ६ को अलमुनियम ढोका १० हजारमा पनि बनाउन सकिन्छ । तर काठको ढोकाको लागत २० हजार बढी पर्न जान्छ, उनी भन्छन्, काठका ढोका अलमुनियम भन्दा बलियो तँ हुँदैन, तर जटिल प्रक्रिया र मूल्यमा परिमार्जन हुन नसक्दा काठको आकर्षण कम छ ।
यसमा सरकारले परिमार्जन सहित सहज आपूर्तिको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । काठ आफ्नै देशको बस्तु हो उनले उनले प्रश्न गरे, अलमुनियम र फलाम विदेशबाटै आयात हुने गरेको छ । तर काठ नै आयात गर्ने सरकारी नीतिमा सुधार्न गर्न नसक्ने सरकारले स्वदेशी काठको आपूर्ति प्रोत्साहन के गर्ला ?