Butwal Today

रक्तदान अभियानमा सबै जोडिऔँ

३१ जेष्ठ २०८३, आइतबार
अ+
अ-

‘रक्तदान गरौँ, आशा जगाऔँ, सबै मिलेर जीवन बचाऔँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस आज मनाईदैछ । रगतको अभावमा कसैको जीवन अकालमै जानु हुँदैन । त्यही भएर रक्तदान गर्न चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।

नेपालमा अहिले रक्तदाताको अभाव धेरै कम भएको छ । रगत नपाएकै कारण कसैको ज्यान जाने अवस्था छैन । यो सबै सम्भव रक्तदानको विषयमा गरिने कार्यक्रम, सचेतना, दिवस, सामाजिक सङ्घ संस्थाको उत्प्रेरणाको कारण सम्भव भएको हो ।

पछिल्लो समय खुसीको कुरा के छ भने रक्तदान गर्ने युवाहरूको सङ्ख्यामा वृद्धि भएको छ । गाउँ सहर सवैतिर रक्तदान कार्यक्रम आयोजना हुने गरेका छन् । युवाहरू रक्तदानको अभियानमा जोडिएका छन् । युवामा चेतना फैलिएको छ ।

सामाजिक क्षेत्रमा सहभागी हुने युवाहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । पहिले रगत नपाएरै विरामीको मृत्यु भएको समाचार सुन्नुपथ्र्यो तर अहिले त्यो अवस्था सुन्नु परेको छैन् । अर्कोतर्फ भनेको बेलामा विरामीले रगत पाउने अवस्था सिर्जना भएको छ ।

त्यसकारण रगत अभावमा मृत्यु हुनेको संख्या घटेको छ । नेपालका सहरी क्षेत्रमा बेलाबेलामा रक्तदान गर्ने युवा समूह सक्रिय हुँदै आएको छ । रक्तदान गर्नेहरूको समूह नै तयार भएको छ । यद्यपि अस्पतालमा विरामीको संख्या बढ्दा रगतको अभाव हुने गरेको छ ।

रगत नभएपनि तत्कालै रक्तदाता रक्तदानका लागि तयार हुने अवस्था आएको छ । यो खुसीको कुरा हो । नेपाल रेडक्रस सोसाइटीले अस्पतालहरूमा आवश्यक रगतको आपूर्ति गर्ने काममा ठूलो सहयोग गर्दै आएको छ ।

निश्चित रूपमा रेडक्रस अन्तर्राष्ट्रिय संस्था भएकोले यसको विश्वसनीयतामा कुनै शंका छैन । रगत एक दान पनि भएकोले रगत दान अहिले जीवनकै अमूल्य दान हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । नेपालमा रेडक्रसको अभियानकै कारण रगत निशुल्क उपलब्ध हुँदै आएको छ । रेडक्रस एक माध्यम हो र यही माध्यमवाट यूवाहरूले समाजका अनेक क्षेत्र र आयाममा सहयोग पु¥याएका छन् ।

त्यसकारण रेडक्रसको नेतृत्वमा जसरी निष्कलंक रूपमा सामाजिक काम भएको छ, त्यसका लागि उसलाई धन्यवाद दिनैपर्दछ । रक्तदाता दिवस मनाईरहँदा रगत दिएर जसरी युवाहरूले पछिल्लो समय जीवन दान गरेका छन् । त्यसरी नै रगतको व्यवस्थापन गरेर पनि रेडक्रसले ठूलो दायित्व निर्वाह गरेको छ । त्यसका लागि फेरीपनि रेडक्रस र रक्तदाताहरूप्रति धन्यवाद नदिइरहन सकिदैन् ।

अवको दिनमा रक्तदान जीवन दान हो भन्ने कुरा स्थापित गराउनु जरुरी छ । त्यसका लागि सहरदेखि गाउँसम्म सचेतनामूलक कार्यक्रम संचालन गर्नु जरुरी । धेरै मानिसमा अझैपनि रक्तदान गरे शरीर कमजोर हुन्छ भन्ने गलत मान्यता छ ।

यो गलत मान्यता तोड्न रक्तदानको अभियानलाई अझै सशक्त र प्रभावकारी वनाउनुपर्ने खाँचो छ । रक्तदान गर्दा शरीर कमजोर होइन, बरु रक्तकोषिकाहरू सकृय भएर शुद्ध रगत तयार हुन्छ भन्ने विश्वास मानिसहरूमा स्थापित गराउनेतर्फ ध्यान दिनुपर्दछ ।

विश्व रक्तदाता दिवस मनाउँदै गर्दा हेनरी ड्यूनाको नाम लिएन भने उनीप्रति ठूलो अन्याय हुन्छ । उनै हुन रेडक्रसका जन्मदाता जसले विश्वभर रगतको अभाव पूर्ति मात्रै गरिरहेको छैन, रक्तदान गर्न प्रेरित पनि गरिरहेको छ । त्यसैले जाँ हेनरी ड्यूनाको सम्झनामा विश्वभर रेडक्रस दिवस मनाउने गरिन्छ । नेपालमा मात्रै होईन, विश्वभर रेडक्रसले नै रगतको व्यवस्थापनको काम गर्दै आएको छ ।

जुन उद्देश्य राखेर रेडक्रसको स्थापना भयो, आज रेडक्रसको त्यो सामाजिक भावनाको सन्देश पूरा गर्ने दायित्व हामी सवैको काँधमा आएको छ । रेडक्रसले आपतकालीन परिस्थितिमा स्वास्थ्य सेवा पु¥याउने काम र शान्ति प्रबद्र्धनको लागि सकारात्मक व्यवहार प्रबद्र्धनमा रेडक्रसको भूमिका महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?