ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

अर्घाखाँचीका शक्तिपीठहरूमा ‘सरायँँ नाच’

२१ आश्विन २०८२, मंगलवार
२१ आश्विन २०८२, मंगलवार

अर्घाखाँची, २१ असोज ।

बडादसैँको दिन देखि अर्घाखाँचीमा सरायँँ नाच सुरु भएको छ । कोजाग्रत पूर्णिमासम्म जिल्लाका कोट तथा शक्ति पीठहरूमा ‘सरायँँ नाच’ हुन्छ । सरायँँ नाच अर्घाखाँचीको मौलिक नाच हो । यस नाचमा महिला र पुरुषहरू हातमा तरबार, खुँडा, खुकुरी आदि लिएर ‘वाखै भाइ हो ह..’ भन्दै सरायँँ नाच्ने गर्दछन् ।

हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना साथै सबै समुदायबिच धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सरायँँ नाच नाच्ने गरिन्छ । सरायँँ महिला, पुरुष मात्र नभई सबै जातजाति एकै ठाउँ भएर नाचिने नाच हो ।

विजयादशमीको दशमीदेखि पूर्णिमासम्म जिल्लाका अधिकांश कोट तथा शक्ति पीठहरूमा नाचिने सरायँँ नाच चैते दसैँमा पनि केही ठाउँमा नाचिने गरिन्छ ।
हिन्दुहरूको महान् पर्व बडादसैँमा नाचिने सरायँँ नाच विजयादशमीको दिन पाणिनीको धातिवाङ्ग स्थित कालिका मन्दिर माईकास्थान, पटौटी सहित एकादशीको दिन सन्धिखर्क, द्वादशीको दिन शितगंगा नगरपालिकाको ठाडा दह, भूमिका स्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट, भूमिका स्थान नगरपालिका नुवाकोटको ताराखसे, भूमिकास्थानकै पाकु, पाणिनी गाउँपालिकाको मैदान मालिका, चतुर्दशीको दिन मालारानी गाउँपालिकाको हंसपुर राँगामारे, पूर्णिमाको दिन पाणिनीको मैदान स्थित आलामदेवी मन्दिर, खिदिम स्थित मालिकादेवी मन्दिर, अडगुरीको मालिका मन्दिर, सन्धिखर्कको अर्घादरबार, भूमिकास्थानको सुवर्णखाल लगायतका ठाउँमा नाचिने गरिन्छ ।

पूर्णिमाको दिन नाचिने सरायँँ नाच, पूर्णिमा मेला सहित फूलपाती विसर्जन गरेपछि यस वर्षको दसैँ समापन हुने धर्मविद् पण्डित चन्द्रमणि घिमिरेले बताए । तरबार, खुँडा, खुकुरी लगायतका हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीहरूको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ ।

हथियार प्रदर्शन सहित नाचिने यो नाचले देवी खुसी हुने जनविश्वास छ । अर्घाखाँचीबाट बसाइसराइ गरी रुपन्देही र कपिलवस्तु गएकाहरूले पनि सरायँ नाच निकाल्ने गर्दछन् । अर्घाखाँचीको विभिन्न क्षेत्रबाट बसाइँ सरेर गएका बासिन्दाले सरायँँ नाचको विस्तार गरिरहेका छन् ।

पाणिनीको धातिवाङ्गबाट कपिलवस्तुको मुर्मीमा बस्ने कुशमाखर पौडेलले कपिलवस्तुमा पनि सरायँँ नाचको विस्तार सँगै द्वादशीको दिन नाचँ भएको बताए ।  सरायँँ नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ । किम्बदन्ती अनुसार देवीले राक्षस महिषासुर र शुम्भको बध गरेको खुसीयालीमा सरायँँ नाच्न थालिएको हो ।

खाँचीकोट दरबारका राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग विवाह भएको थियो । त्यसबेलादेखि खाँचीकोट दरबारलाई विशेष महत्वको रूपमा हेर्न थालिएको थियो ।

चन्द्रावतीले माइतीघरमा आएका पृथ्वीनारायण शाहलाई राजकीय विधि, शासन पद्धति, हतियार सञ्चालन र एकीकरणसम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण भएको मान्यता रहेको स्थानीय समाजसेवी प्रीतम थापाले बताए । यसैका कारण खाँचीकोट दरबारलाई महत्वको रूपमा लिइने र त्रयोदशीका दिन सरायँँ नाच विशेष हुने उनले बताए ।

दानवसँगको लडाइँमा भगवतीले जितेको उपलक्ष्यमा विजयोत्सव स्वरूप सरायँँ जात्रा गरिँदै आइएको छ । अर्घाखाँचीको अर्घा दरबारमा यस क्षेत्रकै ऐतिहासिक सरायँँ जात्रा नै लाग्छ । यहाँ पूर्णिमाको दिन सरायँँ नाच हुन्छ ।

अर्घा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार सराय नाचको छुट्टै महत्त्व र इतिहास रहेको छ । कोतहरूमा पशुबली पनि दिने गरिन्छ । सराएँ नाच्न कहिले देखि सुरु गरियो भन्ने यकिन नभए पनि सयौँ वर्षदेखि देवीलाई खुसी पार्न यो नाच नाच्ने प्रचलन रहिआएको र आफूहरूले परम्परालाई पच्छाएको सरोकारवालाहरूको भनाइ छ ।

कोजाग्रत पूर्णिमामा सराएँ विसर्जन गरेपछि औपचारिक रूपमा दसैँ सकिएको मान्यता रहँदै आएको छ । यस वर्षको कोजाग्रत पूर्णिमाको मेला अर्घाखाँचीमा मंगलबार परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?