ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

२८ वर्ष जागिर गरेर कमाएको घर खरानी

३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार

अर्घाखाँची, ३० भदौ  ।

अर्घाखाँचीकी दीपा आचार्य अहिले खरानीको थुप्रोमा उभिएकी छिन् । सन्धिखर्क नगरपालिका वडा नं. १ हटारीनेटामा रहेको उनको घर अहिले खरानी भएको छ । यति बेला उनको मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् ।

उनी भन्छिन् भदौ २३ र २४ गते पछि राम्रोसँग निद्रा पनि परेको छैन । अरूका अगाडि हाँस्न खोज्छु, सबै ठिक छ भनेर बताउन कोसिस गर्छु तर, मनलाई भने सम्हाल्न सक्दिनँ, उनले भनिन् ।

यो मेरो घरले कसको के नै बिगारेको थियो र ? हामीले के नै गरेका थियौँ र यो निर्जीव घर माथि रिस साध्नुपर्ने । यस्तै प्रश्नहरू मनमा खेल्छन् । घर जलेका तस्बिर देखेँ । भिडियो हेरेँ ।

आफैले कखरा चिनाएका विद्यार्थी देख्छु, चिनेकै अनुहार भेट्छु । अनि ती कुराले झनैं पिरोल्छ । हामीले कस्तो समाज बनाउन खोज्यौँ, अहिले कस्तो हुन पुग्यो ?

सामान्य परिवार हो हाम्रो । २०४८ सालमा यहाँ जग्गा किन्यौँ । एउटा पुरानो घर थियो । त्यसलाई बेचेँ र खाइ नखाई २८ वर्ष जागिर गरेर खाजा–नास्ताको पैसा बचाएर बनाएको घर हो । बैङ्कको ऋण र सहकारीबाट पनि कर्जा लिएर घर बास बनायौँ । आज यो घर यस्तो भएको छ ।

हाम्रो रगत–पसिनाले बनाएको बास थियो । उनी हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यकी श्रीमती ।
उनी भन्छिन् श्रीमान् राजनीतिक काममा पूर्णकालीन रूपमा लाग्नुहुन्थ्यो ।

जहिले पनि पार्टीले अप्ठ्यारो ठाउँमा खटाउँथ्यो । त्यति बेला प्रदीप ज्ञवाली हुनुहुन्थ्यो, उहाँले कठिन ठाउँमा काम गर्नेमा विश्वास राख्नुहुन्थ्यो । मेरो विवाह २०४७ सालमा भयो । विवाहपछि पनि उहाँ पार्टीको काममा खटिनुहुन्थ्यो ।

समाज परिवर्तनका लागि हामीले अहोरात्र खट्यौँ । म पनि सङ्गठित भएँ र २०४७ सालदेखि सक्रिय रहेँ । मेरो श्रीमान् क्यान्सरबाट पीडित हुनुभयो । मृत्युको मुखमा पुगेका उहाँ उपचारपछि निको भएको हो । तर पनि राजनीति गर्न छोड्नु भएन । हामीले सधैँ समाजका लागि असल काम गरेका छौँ ।

श्रीमानले २१ वर्षदेखि राजनीति गरेर समाज सुधारमा ध्यान दिनुभयो । अहिले मुख्यमन्त्री भएपछि पनि धेरै सामाजिक काम गर्नुभएको छ । यस सरकारमा हुँदा पूर्व भिआइपी सुविधा कटौती गर्ने काम उहाँले नै थाल्नुभयो ।

साथै, होटेलमा कार्यक्रम नगर्ने र सार्वजनिक स्थल वा कार्यालयको हलमा कार्यक्रम गर्ने नियम लागू गर्नुभएको थियो । त्यसैको फल अहिले घर खरानी भएको छ । यो जस्तो तितो अरू के हुन सक्छ आचार्यकी श्रीमती दिपाको प्रश्न छ ।

उनी भन्छिन् श्रीमानले मुख्यमन्त्री भएदेखि हामीले कतै होटेलमा एक छाक पनि खाएका छैनौँ र नयाँ लुगा पनि फेरेका छैनौँ । अहिले पनि मैले आफैले तरकारी उत्पादन गर्ने काम गर्दै आइरहेकी छु । कसैलाई लगाएको छैन ।

दाङमा बाँझो परेको जमिन जोतेर आफैँ तरकारी उत्पादन गरी मेहनत गरेर बनाएको हो । हामीले कहिकतै एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्नुस्, हामी फाँसी चढ्न तयार छौँ । यो प्रमाणित गर्न नसके आगो लगाउनेहरू तयार हुने की नहुने ?

मैले प्रण गरेका छु– मुख्यमन्त्री पद रहुन्जेल नयाँ साडी किन्दिन । हामीले त्याग गर्ने मान्यता राखेका छौँ र छोराछोरीलाई पनि त्यही संस्कार सिकाएका छौँ । अहिले यो समाज कता जाँदै छ भन्नेमा मलाई दुःख लागेको छ ।

हामीले कस्तो बच्चा उत्पादन गरिरहेका छौँ भन्ने कुरा समाजको लागि ठुलो चिन्ताको विषय हो । अहिले उक्साउने र विभिन्न स्ट्याटसहरू देखिरहेका छौँ । उफार्नलाई मजा आउँछ, तर पछि त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ ।

हाम्रो समाज आफैँ लागेन भने समृद्ध समाज सम्भव छैन । रगत–पसिनाले बनाएका यी भवनहरू पुनर्निर्माण गर्नुपर्नेछ । यो घर आज नयाँ बनेको होइन । तर आज यो घर ध्वस्त पारिएको र खरानी बनाइएको छ । यो खरानी बनाउने र उक्साउने महानुभावहरूको गति भविष्यमा हाम्रो जस्तो नहोस् । आज म सडकमा छु ।

अरूको आश्रयमा बस्नुपरेको छ । त्यो स्थिति उहाँहरूलाई नआओस् । आफ्नो बच्चालाई गलत काममा लगायौँ भने त्यो बच्चापछि आफैँका लागि अभिशाप बन्न सक्छ । देशभरि यस्तो दुर्घटना भयो ।

जेन्जीको नाममा घुसपैठ र षडयन्त्रकारी काम भएको छ । घुसपैठको सिकार हामी बन्न पुगेका छौँ । म दाबीका साथ भन्छु– जेन्जीको नाममा गरिएको कलङ्क हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?