© 2026
अर्घाखाँची, ११ साउन ।
नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रणको माग सहित गृह मन्त्रालयमा पुगी गृहमन्त्रीलाई भेटेकाे छ ।
किसानले सास्ती व्यहोर्नु परेको भन्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएको कांग्रेस गृहमन्त्रालय पुगेको हो । गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको हो ।
सभापती केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागी पहल गर्नुपर्ने माग राखेका छन् । अर्घाखाँची लगायत पहाडी जिल्लाका किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै उनीहरुले तत्काल पहलकदमी लिन उनीहरुले आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझाउन सभापति सहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी डा. मुक्ती श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, तारा श्रेष्ठ, शितगंगाका मेयर छविलाल पौडेल, उपमेयर गिता भाट, महिला नेतृ सिता भुसाल, रेमकला खत्री, खिम अधिकारी लगायतको टोली गएको थियो ।
जवाफमा गृहमन्त्री लेखकले यो पहाडी भेगको जटिल समस्या भएकाले यसमा कसरी ‘एक्सन’ लिने भन्नेबारे गृहकार्य भईरहेको बताए । शितगंगाका मेयर र उपमेयरले पनि गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ईलाका प्रशासन कार्यालय ठाडामा खाेल्नका लागि छिटो पहल गर्न आग्रह गरेकाे भेटमा उपस्थित मेयर पाैडेलले जानकारी दिए ।