ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बाँदर र बँदेल हेर्न २० जना नियुक्त

६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

अर्घाखाँची, ६ साउन।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका तुल्सीराम पोख्रेलले डिभिजन वन कार्यालयद्धारा बाँदर र बँदेल हेरालुका लागि आवेदन आह्वान गरेको जानकारी पाएपछि निवेदन दिएका थिए। योग्यता पुगेको आधारमा उनी उक्त जिम्मेवारीका लागि छनोट भए र सोमबार पाणिनीको पणेना क्षेत्रमा नियुक्ति पनि पाए।

पोख्रेलजस्तै गरी जिल्लाका विभिन्न स्थानमा २० जनालाई बाँदर तथा बँदेल हेरालुका रूपमा डिभिजन वन कार्यालयले नियुक्त गरेको हो । आईतबार नामावली सार्वजनिक गरेपछि सोमबार औपचारिक सम्झौता तथा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।

वन्यजन्तुजन्य क्षति न्यूनीकरण, कृषकको खेती सुरक्षित गर्ने र वन्यजन्तुसँगको सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत केशव खड्काले जानकारी दिए ।

यस कार्यमा डिभिजन वन कार्यालयको संयोजनमा स्थानीय सामुदायिक वन समूहहरू, विशेषतः पर्याप्त आर्थिक स्रोतसाधन भएका सक्रिय समूहहरूको सहकार्य रहने छ ।

हाल अर्घाखाँची जिल्लामा बाँदर र बँदेलको आतङ्कले कृषकहरू चिन्तित छन्। त्यसकारण यसको नियन्त्रणका लागि स्थानीय सरकारले तारजाली वितरणदेखि हेरालु राख्नेसम्मका विभिन्न प्रयासहरू थालेको हो ।

यसअघि पनि सामुदायिक वनमा बाँदर नियन्त्रण गर्ने उद्देश्यले फलफूलका बिरुवाहरू रोपिएको थियो। वनमा फलफूल उपलब्ध भएपछि बाँदर गाउँ पस्नुभन्दा वनमै बस्ने र खेतीबाली सुरक्षित हुने अपेक्षा गरिएको छ। यसले वन्यजन्तु संरक्षणसँगै आम्दानीको अवसरसमेत सिर्जना गर्ने वन कार्यालयको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?