ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

नेतृत्वको पर्खाइमा ‘ढोरपाटन सडक’

२५ असार २०८२, बुधबार
२५ असार २०८२, बुधबार

अर्घाखाँची, २५ असार ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा तत्कालीन एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेको २ वर्ष पुग्नै लागेको छ । रायमाझी पक्राउ र सांसदबाट निलम्बित भएपछि अर्घाखाँची प्रतिनिधि सभाको सांसद विहीन जिल्ला बनेको छ । न मुद्दाको फैसला नै भयो, न उपनिर्वाचन भयो, जसका कारण जिल्लाको विकासमा केन्द्रीय सरकारको पहुँच कम पुगेको महसुस जिल्लावासीले गरिसकेका छन् ।

रायमाझी २०६४, २०७०, २०७४ र २०७९ मा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । ०६४ को पहिलो संविधानसभामा झन्डै दुई तिहाइको उपस्थिति जनाएको माओवादी ०७० को दोस्रो संविधानसभा निर्वाचनबाट एकै चोटि तेस्रो दलका रूपमा झर्दा पनि टोपबहादुरको ‘अर्घाखाँची किल्ला’ बनाउँदै उनले फेरी जिते ।

२०७४ सालमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिँदै नेकपा (माओवादी केन्द्र) अर्का नेता उनले फेरि जितको झन्डा उचाले । नेकपाको एकता भङ्ग हुँदा माओवादीमा गएनन्, एमाले रोजे । त्यसपछि उनलाई माओवादीले संसद् पदबाट हटायो । केही समय अदालत धाए, तर उनको पक्षमा फैसला आएन । बाँकी कार्यकाल जिल्ला नै सङ्घीय सांसदविहीन बन्यो । २०७९ मा एमालेबाट नै सांसद बनेका रायमाझी नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा २०८० वैशाख ३१ गतेका दिन पक्राउ परेपछि जेलमै छन् ।

तराई, पहाड र हिमाल जोड्ने सड्क टोपबहादुर रायमाझीले २०६४ सालमा संविधान सभाको सदस्य निर्वाचित भएपछि तत्कालीन समयमा रामशरण महत अर्थमन्त्री हुँदा रायमाझीको रेखाङ्कनमा ढोरपाटन सड्क को सुरुवात भएको हो । हरेक पटक चुनावी नारा बन्ने सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १५ वर्षमा ४१ प्रतिशत काम सम्पन्न भएको सडक आयोजना प्रमुख सिडीई गागल बहादुर भण्डारीले बताए ।

सड्क को कञ्चनखोलादेखी खुसार्नेसम्मको १३ कि.मी. ठेक्का तोड्नका लागी प्रक्रिया अगाडी पनि बढाइएको हो, सार्वजनिक खरिद नियमावली परिवर्तन भएका कारण तोड्न सकिएन, प्रमुख भण्डारी भन्छन् ‘१ वर्षका लागी म्याद थपिएको छ, आगामी वर्षसम्ममा ठेक्का पाएको रमन कन्ट्रक्सनले पिच गर्ने प्रतिबद्धता जनाएको छ, यो वर्ष पनि उक्त ठाउँमा काम भइरहेको छ ।’ पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।

रूपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बाग्लुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो ।

सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म २१.७ किमी मात्रै कालोपत्रे भएको आयोजना कार्यालयका ई. परिक्षा पौडेलले बताईन् । इञ्जिनियर पौडेलका अनुसार कञ्चनखोलाबाट खुर्सानेसम्म १३ दशमलव पाँच किमी कालोपत्रेको ठेक्का लागेपनि काम सुस्त गतिमा छ । पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पटौटीसम्मको २२ किमी सडकको कालोपत्रे गर्नका लागी काम अगाडी बढिरहेको छ, आगामी वर्षसम्म कालोपत्रे हुन्छ ।

त्यस्तै अर्घाखाँचीको माटेबाट भण्डारासम्म ७ किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको ८.३ किमीसडक कालोपत्रेको काम अगाडी बढिरहेको छ । बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेलको काम हुँदैछ । अर्घाखाँचीको पटौटीबाट मैदानसम्म ४.४ किमी सड्क पिचँका लागी ठेक्का लागिसकेको छ, अखबाङ्गबाट गगरे ३.८ कि.मी. र फल्लेघरबाट अगाडी ३ कि.मी. कालोपत्रेका लागी नयाँ ठेक्का लागेको कार्यालयले जनाएको छ । अर्घाखाँचीमा १४, गुल्मी र बागलुङ सात–सात गरी २९ किमी सडक स्तरोन्नतिको काम अझै सुरु हुन सकेको छैन ।

रुपन्देहीमा चार दशमलव पाँच किमी र अर्घाखाँचीमा १३ दशमलव पाँच किमी, ३.७ किमी सड्क ठाउँ ठाउँमा आरसिसी पक्की भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए । अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उनले बताए ।

बर्खाको समयमा सड्क पिच नहुदाँ कच्ची सडकमा यातायातका साधन सहज रूपमा सञ्चालन हुन नसक्ने पाणिनी ४ पटौटीका स्थानीय कृष्ण गैरे बताउँछन् । “गाउँमा ठुलो सडक आएपछि ठूलो राहत भए पनि लामो समयसम्म कालोपत्रे नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन् ।’’ रायमाझी जेलमा भएसँगै यो सडकमा जनप्रतिनिधिको चासो कम देखिन्छ, पाणिनीको पटौटीसम्मका लागी गुल्मीका जनप्रतिनिधिको चासो भए पनि मुखमै काम भएको छैन, पटौटी–दुर्गाफाट–तम्घास सड्क को काम अगाडी बढी रहदाँ ढोरपाटनको काम ढिलासुस्तीमा चासो गुल्मीबाट राखेको पाईन्छ ।

तर एउटै सड्क को काम १५ वर्षदेखी सम्पन्न नहुँदा जिल्लाका मतदाता भने टोपबहादुर जेलबाहिर भएको भए तिव्रता पाउनेमा विश्वस्त छन् । यो सडक अन्तर्गत रुपन्देहीबाट बासुदेव घिमिरे, पाल्पाबाट ठाकुर गैरे, अर्घाखाँचीबाट निलम्बित टोपबहादुर रायमाझी, गुल्मीबाट गोकर्ण विष्ट, बाग्लुङ्गमा देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रमा यो सड्क पर्दछ । जसमध्ये ४ जना एमालेका र १ जना माओवादीका सांसद हुन् ।

पालैपालो देशको नेतृत्व यो सडकमा पर्ने सांसदले गरिरहेका छन् । जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला भन्छन् ‘विनीयोजन भएको बजेटको पावर गुल्मीमा पुग्यो, कार्यालयसँग बजेट पनि अभाव छ, टोपबहादुर नहुँदा अर्घाखाँचीमा सड्कले गति लिन नसकेको स्वीकार्छन् ।’ सबै सांसदलाई आफनै क्षेत्रको सड्क स्तरोन्तीमा चासो छ, पाल्पाका लागी धेरै प्रयोगमा यो सड्क नआउँने भएका कारण पनि अर्घाखाँची र गुल्मीका लागी आवश्यक पर्ने भएकाले बढी चासोको रूपमा यो सड्कलाई लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?