Butwal Today

गुल्मीमा सडकको नालीमा ७२ वर्षीय गौतम मृत फेला

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

रेसुङ्गा नगरपालिका–४ निवासी ७२ वर्षीय यमलाल गौतम तम्घास(सिमलटारी सडक खण्डको नालीमा मृत अवस्थामा फेला परेका हुन।

गौतम आफ्नै घर जाने गोरेटो भिरालो बाटोबाट करिब नौ मिटर तल सडकको नालीमा खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति उक्त घटनाको बारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदिप नेपालीको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको थियो।

प्रहरी टोलीले घटनास्थलको जाँचबुझ तथा लाश जाँच मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याईपुराएको छ । मृत्युको स्पष्ट कारण भने खुल्न नसकेको र घटनाको बारेमा थप अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय गुल्मीबाट करिब सात किलोमिटर पश्चिममा पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?