© 2026
सिद्धार्थनगर । समय २०४६ साल मंसिर ८ गतेको हो । सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित बैंक कलोनीमा महिनाको ३ हजार रुपैयाँ भाडा तिर्ने गरी एउटा सानो घर भाडामा लिइयो ।
त्यही घरका साना कोठाहरूबाट ३५ जना अबोध विद्यार्थीर४ जना ऊर्जावान् शिक्षक–शिक्षिकाहरूको साथमा एउटा सपनाको सुरुवात भएको थियो, गुणस्तरीय र संस्कारयुक्त शिक्षा दिने सपना । त्यो सानो पाइला नै आजको मुनलाइट आवासीय माध्यमिक विद्यालयको उदयको बिन्दु थियो ।
विगत ३७ वर्षदेखि रुपन्देही जिल्लाको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मुनलाइट आज लुम्बिनी प्रदेशकै अग्रणीरचर्चित शैक्षिक संस्थाको रूपमा स्थापित भइसकेको छ । भाडाको एउटा सानो घरबाट सुरु भएको यो यात्राले २०६५ सालमा एउटा ठूलो फड्को मार्यो, जब विद्यालय आफ्नै अत्याधुनिक र सुविधासम्पन्न भवनमा सरेर पठनपाठन सुरु गर्यो ।
शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको यस विद्यालयले हाल व्यवस्थापन, शिक्षा तथा मानविकी संकाय सञ्चालन गर्दै हजारौं विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको छ । आधुनिक शिक्षण पद्धति, अनुशासित वातावरण, दक्ष शिक्षक शिक्षिका तथा विद्यार्थीमैत्री व्यवस्थापन नै यसको सफलताको मूल कडी हो ।
ऐतिहासिक उपलब्धिः आइएसओ प्रमाणितरभव्य रोजगारीको केन्द्र समय बदलियो, प्रविधि बदलियोरमुनलाइटले आफ्नो गुणस्तरलाई पनि विश्वस्तरीय बनायो । यही अथक प्रयासको फलस्वरूप यो विद्यालय आइएसओ प्रमाणित विद्यालय बन्न सफल भएको छ ।
जुन विद्यालय ३५ जना विद्यार्थीर४ जना शिक्षकबाट सुरु भएको थियो, २०८१ साल चैत्र २६ गते सम्म आइपुग्दा त्यहाँ अचम्मको रूपान्तरण देखियो । आज यस विद्यालयमा ११ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । शैक्षिक क्षेत्रमा मात्र होइन, रोजगारदाताका रूपमा पनि यो संस्था खडा भएको छ । हाल यहाँ ६० जना दक्ष शिक्षक–शिक्षिकाहरूरअन्य कर्मचारी गरी एक सयभन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नेपाल सरकारद्वारा “क” वर्गमा सूचीकृत तथा मान्यता प्राप्त ‘ए’ ग्रेड विद्यालयका रूपमा रहेको मुनलाइटले जिल्लास्तरदेखि प्रदेशस्तरसम्म उल्लेखनीय नतिजा ल्याउँदै आएको छ । २०७९ सालको कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन संकायमा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएपछि विद्यालयले प्रदेशस्तरमै आफ्नो शैक्षिक सर्वोच्चता प्रमाणित गरेको थियो ।
स्वर्ण अक्षरमा कोरिएका प्रतिभाहरू
मुनलाइटले केवल इतिहास मात्र बनाएको छैन, इतिहास रच्ने प्रतिभाहरू पनि जन्माएको छ । यहाँका पूर्व विद्यार्थीहरूले आज बैंकिङ, चार्टर्ड एकाउन्टेन्सी, उद्यमशीलता, सरकारी सेवा, शिक्षण तथा सामाजिक क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरिसकेका छन् । देशले दक्ष बैंकर, सफल उद्यमी, सिइओरसक्षम सरकारी कर्मचारीका रूपमा मुनलाइटका विद्यार्थीहरू पाएको छ ।
शैक्षिक नतिजातर्फ नजर लगाउँदा विद्यालयको इतिहास निकै स्वर्णिम देखिन्छ । वि.सं. २०६९ सालमा राकेश खरेलले कक्षा ११ व्यवस्थापनतर्फ जिल्ला प्रथम बनेर विद्यालयको विजय यात्राको एउटा बलियो जग बसालेका थिए ।
सोही गौरवशाली इतिहासलाई दोहो¥याउँदै वि.सं.२०७५ सालमा प्रदीप पालले पुनः जिल्ला प्रथम बन्ने सौभाग्य पाए । विद्यालयको यो सफलता जिल्लामा मात्र सीमित रहेन, वि.सं. २०७६ सालमा आइपुग्दा विद्यार्थी श्रुति मिश्राले कक्षा १२ को व्यवस्थापनतर्फ सम्पूर्ण लुम्बिनी प्रदेशकै प्रथम बनेर विद्यालयको साखलाई नयाँ उचाइमा पु¥याइन् ।
उत्कृष्टताको यो शृङ्खला वि.सं. २०८१ सालमा पनि जारी रह्यो, जब विद्यार्थी श्रद्धा मुरावले सिद्धार्थनगर प्रथम बनेर विद्यालयको प्रतिष्ठामा अर्को एउटा सुनौलो इँटा थपिन् ।

खेलकुदको मैदानमा पनि सधैं अगाडि
किताबी ज्ञानमा मात्र होइन, मुनलाइटका विद्यार्थीहरू खेलकुदको मैदानमा पनि ‘च्याम्पियन’ छन् । विद्यालयले २०७२ सालको ‘बुद्ध ज्योति टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको थियो । त्यस्तै, सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८०’ मा सानदार उपाधि जितेको मुनलाइटले ‘चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१’ मा पनि प्रथम उपविजेता बनेर खेलकुद क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाएको छ ।
प्रविधिमैत्री भौतिक पूर्वाधार व्यावहारिक शिक्षा
२०६५ सालमा निर्मित आफ्नै सुविधा सम्पन्न भवनभित्रको वातावरण कुनै अन्तर्राष्ट्रिय स्तरको कलेजभन्दा कम छैन । यहाँका फराकिला, उज्याला तथा वातानुकूलित कक्षाकोठाहरूमा एलईडी स्मार्ट बोर्डरपावर पोइन्ट प्रोजेक्टर जडान गरी आधुनिक अडियो भिजुअल प्रस्तुतीकरणका माध्यमबाट प्रयोगात्मक अध्यापन गराइन्छ ।
विद्यार्थीहरूको ज्ञान प्रस्तुतीकरण क्षमतालाई निखार्नका लागि विद्यालयमा करिब २०० जना अट्ने पूर्ण वातानुकूलित डिजिटल सेमिनार हलको व्यवस्था छ, जहाँ समय समयमा प्रविधि, व्यवस्थापन नेतृत्व विकासका विषयमा राष्ट्रिय स्तरका सेमिनारहरू आयोजना गरिन्छन् ।
त्यस्तै, विद्यालयको पुस्तकालय पनि सुव्यवस्थित पर्याप्त पाठ्यपुस्तक, सन्दर्भ सामग्री एवं जर्नलहरूले भरिपूर्ण छ, जहाँ दक्ष पुस्तकालयध्यक्षले विद्यार्थीहरूलाई अनुसन्धानमा मार्गदर्शन गर्छन् । यातायातको क्षेत्रमा पनि विद्यालय निकै सुविधा सम्पन्न छ ।
आफ्नै सातवटा बसहरूले रुपन्देहीका विभिन्न स्थानबाट विद्यार्थीहरूलाई सुरक्षित रूपमा ल्याउनेरलैजाने गर्छन् । यी बसहरूमा सीसीटीभी क्यामेरारजीपीएस प्रणाली जडान गरिएकाले अभिभावकहरू आफ्ना नानीबाबुहरूको सुरक्षाप्रति पूर्ण ढुक्क हुन्छन् । अनुशासन र सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण विद्यालय परिसरलाई नै सीसीटीभी क्यामेराको चौबीसै घण्टा निगरानीमा राखिएको छ ।
विशेष गरी, होटल व्यवस्थापन संकायअन्तर्गत सञ्चालन गरिएको ‘फुड एन्ड बेभरेज प्रशिक्षण कक्ष’ मा विद्यार्थीहरूलाई टेबल सेटिङ, बार व्यवस्थापन, आतिथ्य सेवा तथा ककटेल तयारीजस्ता व्यावहारिक सीप सिकाइन्छ, जसले उनीहरूलाई पढ्दापढ्दै रोजगारमुखीरसीपयुक्त बनाउँछ ।
खेल मैदानरअतिरिक्त क्रियाकलाप
विद्यालयको आफ्नै प्रर्याप्त खेल मैदानमा भलिबल, क्रिकेट, ब्याडमिन्टन, बास्केटबल, कबड्डी, दौड, सटपुटरज्याभलिन थ्रोजस्ता बाहिरी खेलहरूका साथै चेस, टेबल टेनिसरक्यारम बोर्डजस्ता भित्री खेलहरूको उत्कृष्ट सुविधा छ ।
औद्योगिक भ्रमण, ‘वसन्त उत्सव’, ‘रन फर एजुकेशन’, वृक्षारोपण र सामाजिक सेवाका कार्यक्रमहरू यहाँको वार्षिक क्यालेन्डरकै अभिन्न हिस्सा हुन् ।
नेतृत्वको दृष्टिकोण
विद्यालयका प्राचार्य टीका राम भट्टराईका अनुसार आजको साँचो शिक्षा भनेको विद्यार्थी भित्र लुकेको आन्तरिक प्रतिभा पहिचान गरी त्यसलाई उजागर गर्नु हो । “अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनबिचको त्रिकोणात्मक सहकार्यले मात्र उत्कृष्ट शिक्षा सम्भव हुन्छ ।
अनुशासन, नैतिकता तथा आत्म नियन्त्रण नै हाम्रो शिक्षाको मूल आधार होरहामी भविष्यका जिम्मेवार नागरिक उत्पादन गर्न प्रतिबद्ध छौँ ।”
सुरुवाती चरणमा तीन हजारको भाडाको कोठारपैतिस जना विद्यार्थीबाट सुरु भएको त्यो एउटा लजालु सुरुवात आज एघार सयभन्दा बढी विद्यार्थीको भविष्य उज्ज्वल बनाउने, सयभन्दा बढीलाई रोजगारी दिने लुम्बिनी प्रदेशकै पहिचान बनेको आइएसओ प्रमाणित मुनलाइट आवासीय माध्यमिक विद्यालयका रूपमा विशाल वटवृक्ष बनिसकेको छ । गुणस्तर संस्कारको यो यात्रा आगामी दिनमा अझै सुनौलो हुने निश्चित छ ।
