Butwal Today

मणिमुकुन्द कलेज: भविष्य बनाउने भरोसा

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल ।  लुम्बिनी प्रदेशको प्रमुख शैक्षिक केन्द्रका रूपमा रहेको बुटवलको मणिमुकुन्द कलेज/माध्यमिक विद्यालय वि.सं. २०५६ सालमा अनुभवी प्राध्यापकहरूको समूहद्वारा स्थापना गरिएको एक प्रतिष्ठित शैक्षिक संस्था हो ।

यस कलेजले स्थापना कालदेखि नै गुणस्तरीय, व्यवहारमुखी तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष जोड दिँदै आएको छ । मणिमुकुन्द कलेज योगीकुटी, बुटवल–११ रुपन्देहीमा अवस्थित छ ।

राष्ट्रिय परीक्षा बोर्ड तथा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस संस्थामा विज्ञान र व्यवस्थापन विषयमा प्लस टु तहका कार्यक्रमहरू तथा स्नातक तहमा वाणिज्य सङ्काय (बीबीएस) कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

शैक्षिक वातावरण र सुविधा
कलेजले आधुनिक शिक्षण पद्धति र सुविधायुक्त पूर्वाधार उपलब्ध गराएको छ । वातानुकूलित विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा, पुस्तकालय तथा विद्युतीय अध्ययन सुविधा, अनुशासित तथा प्रेरणादायी शैक्षिक वातावरण, अनुभवी तथा दक्ष प्राध्यापक समूह, अतिरिक्त क्रियाकलाप र व्यक्तित्व विकास कार्यक्रम कलेजका विशेषता हुन् । मणिमुकुन्द कलेजको प्रमुख लक्ष्य विद्यार्थीलाई ज्ञान, सिप र मूल्य सम्पन्न नागरिक बनाउनु हो ।

कलेजले अनुशासन, नैतिकता तथा सामाजिक उत्तरदायित्वलाई विशेष महत्त्व दिँदै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा निरन्तर योगदान पु¥याइरहेको छ । मणिमुकुन्द कलेज बुटवल क्षेत्रकै मात्र नभई राष्ट्रिय स्तरमै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित छ । उत्कृष्ट नतिजा, अनुभवी शिक्षक समूह, आधुनिक सुविधा तथा विद्यार्थीमैत्री वातावरणका कारण यो कलेज भविष्य निर्माणको भरपर्दो केन्द्रको रूपमा परिचित छ ।

चिकित्सा तथा स्वास्थ्य विज्ञानमा ऐतिहासिक सफलता
लुम्बिनी प्रदेशकै शैक्षिक धरोहरका रूपमा स्थापित मणिमुकुन्द कलेज (मणिमुकुन्द माध्यमिक विद्यालय) ले राष्ट्रिय स्तरका विभिन्न प्रवेश परीक्षा र प्राज्ञिक प्रतिस्पर्धाहरूमा आफूलाई सर्वोत्कृष्ट सावित गर्दै आएको छ । दक्ष जनशक्ति उत्पादन, अनुशासित शैक्षिक वातावरण, संस्कारसहितको शिक्षा र उत्कृष्ट नतिजा नै यस कलेजका पहिचान हुन् । हालैका वर्षहरूमा कलेजले हासिल गरेका केही विशिष्ट उपलब्धिहरू यस प्रकार छन्:

मणिमुकुन्दका विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित प्रतिस्पर्धाहरूमा नेपाल प्रथमसहित वर्चस्व कायम गरेका छन् । २०८२ मा मयुश दाहाल (औषधि विज्ञान र जनस्वास्थ्य दुवैमा नेपाल प्रथम तथा एमबीबीएस श्रेणी ६१), रमेश भण्डारी (पशु चिकित्सा तथा पशुपालन प्रवेश परीक्षा, त्रिभुवन विश्वविद्यालय) मा नेपाल प्रथम, सुसन कँडेल (एमबीबीएस श्रेणी १४) सहित लुम्बिनी प्रदेश प्रथम, प्रविना मरासिनी (खाद्य प्रविधि) नेपाल दोस्रो, दर्शना गाहा इन्जिनियरिङतर्फ छात्रातर्फ नेपाल पाँचौँ भएका छन् । गणेश चौधरी, सञ्जय खरेल, दुर्गेश कुमार चौधरी, आयुश मरासिनी लगायत दर्जनौँ विद्यार्थीहरू चिकित्सा र इन्जिनियरिङका विभिन्न विधामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय मञ्च र विशिष्ट पहिचान: गुगलदेखि अन्तरिक्षसम्म हाम्रा विद्यार्थी
यस मणिमुकुन्द कलेजका पूर्व विद्यार्थीहरूले केवल शैक्षिक क्षेत्रमा मात्र नभई विश्वव्यापी मञ्च र गौरवशाली पदहरूमा समेत स्थान बनाएका छन् । अन्तरिक्ष विज्ञानमा ज्योति के.सी. (प्रथम नेपाली प्रमाणित ‘अनुकृति अन्तरिक्ष यात्री’), खेलकुदतर्फ इन्दु वर्मा (कप्तान, नेपाली महिला राष्ट्रिय क्रिकेट टोली), विशाल गौतम (गुगल कम्पनीमा सञ्चालन इन्जिनियर), वीर बहादुर खत्री (टिकटक कार्यक्रममा इन्जिनियर) भई प्रविधि र नवप्रवर्तनका क्षेत्रमा विशिष्ट योगदान दिएका छन् ।

विगतका स्वर्णिम उपलब्धिहरू
मणिमुकुन्द कलेज, बुटवलले शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विभिन्न विधामा उत्कृष्ट नतिजाहरू हासिल गरेको छ । राष्ट्रिय स्तरका प्रतिस्पर्धात्मक परीक्षाहरू र प्राज्ञिक क्षेत्रमा कलेजका विद्यार्थीहरूले उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डको नतिजा र अन्य व्यावसायिक कोर्षहरूमा कलेजको गौरवशाली इतिहास रहेको छ । कक्षा १२ मा पप्पु बानियाँ (नेपाल चौथो), घनश्याम बेलबासे (नेपाल पाँचौँ), चार्टर्ड एकाउन्टेन्सी (प्रथम चरण) मा सञ्जय खनाल (नेपाल तेस्रो) भएका छन् ।

एमबीबीएस तर्फ आशिष यादवले नेपालभर छैठौँ र राहुल वर्माले पाँचौँ स्थान हासिल गरेका छन् । दीपक पोखरेल (चिकित्सकीय प्रयोगशाला प्रविधि) नेपाल प्रथम, देवाशिष भण्डारी (चिकित्सकीय प्रयोगशाला प्रविधि) नेपाल प्रथम, सागर पराजुली (विज्ञान स्नातक प्रयोगशाला प्रविधि) नेपाल प्रथम, अस्मिता घिमिरे (पशु चिकित्सा तथा पशुपालन) नेपाल प्रथम, प्रियंका खनाल (पशु चिकित्सा) नेपाल दोस्रो, शिक्षित पराजुली (कृषि विज्ञान) नेपाल तृतीय भएका छन् । सुजल बस्याल कोलगेट नेपाल हिज्जे प्रतियोगिताको विजेता बनेका छन् ।

यी उपलब्धिहरूले मणिमुकुन्द कलेज विद्यार्थीहरूको भविष्य निर्माण र गुणस्तरीय शिक्षाका लागि एक भरोसायोग्य केन्द्र रहेको प्रमाणित गरेका छन् । हिमाल खबर पत्रिकाले गरेको सर्वेक्षणअनुसार देशभरिका उत्कृष्ट ६४ विद्यालयमध्ये रूपन्देहीबाट लगातार दुई पटक चयन हुनु तथा राष्ट्रिय परीक्षा बोर्ड बुटवलको नतिजा विश्लेषणमा प्रथम हुनुले यसको उत्कृष्टता पुष्टि गर्दछ ।

संस्कारसहितको आधुनिक शिक्षा
शिक्षा यस्तो होस् जसले जीवन जिउन सिकाओस् भन्ने मान्यता बोकेको मणिमुकुन्द कलेजमा विद्यार्थीले ज्ञानसँगै संस्कार र सामाजिक उत्तरदायित्वको बोध गराउने विशेष पद्धतिअनुसार शिक्षा पाउँछन् । कलेजले सैद्धान्तिक ज्ञान मात्र नभई विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा खरो उत्रिन सक्षम बनाउन मणिमुकुन्द अनुप्रयुक्त विज्ञान समाज र मणिमुकुन्द विद्यार्थी सहकारी परिषद् जस्ता संस्थामार्फत नेतृत्व र सिप विकासमा जोड दिँदै आएको छ ।

कलेजको लक्ष्य केवल प्रमाणपत्र वितरण गर्नु मात्र होइन, राष्ट्रका लागि आवश्यक दक्ष, इमानदार र नैतिकवान् जनशक्ति निर्माण गर्नु हो । हाम्रा विद्यार्थीहरूले गुगलदेखि अन्तरिक्षसम्म पुगेर गरेको प्रगति नै हाम्रो वास्तविक सम्पत्ति हो । त्यसैले मणिमुकुन्द कलेज रुपन्देहीको मात्र नभई देशभरिकै एक भरोसायोग्य र उत्कृष्ट शैक्षिक संस्था हो भन्ने कुरामा कुनै विवाद छैन ।

हरेक अभिभावकको एउटै चाहना हुन्छ—आफ्नो सन्तानले गुणस्तरीय शिक्षा मात्र नभई संस्कार, अनुशासन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्राप्त गरोस् । ती सबै सपनालाई वास्तविकतामा रूपान्तरण गर्न विगत २७ वर्षदेखि निरन्तर खटिरहेको नाम हो मणिमुकुन्द कलेज । हामीले केवल अक्षर पढाएका छैनौँ, विद्यार्थीलाई राष्ट्रिय प्रतिस्पर्धाको शिखरमा पुग्न योग्य बनाएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?