Butwal Today

एनपीएल : जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने अनुमानसहित पहिले बलिङ गर्ने निर्णय गरेको बताए ।

यता, विराटनगरका कप्तान सन्दीप लामिछानेले भने पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाएर त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?