Butwal Today

मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

भैरहवा ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या गरी कानमा लगाएको सुन लुटपाट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत कात्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र ७ बीचमा रहेको धानखेतमा कोटहीमाई गाउँपालिका–७ छोटी मझगावाँ निवासी ४९ वर्षीया जुबैदा खातुन धोबिनीको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक चन्द्र किसोर शाहका अनुसार अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी उनको हत्या गर्नुका साथै कानमा लगाएको सुनको गहना लुटेर फरार भएका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६ खजनी चोक निवासी ४० वर्षीय बैजनाथ यादव, सोही वडाको बोगडी निवासी २६ वर्षीय मन्जे हरिजन, खजनी चोक निवासी ३० वर्षीय प्रमोदकुमार कुर्मी र मर्चवारी निवासी ३५ वर्षीय धर्मराज यादव रहेका छन् ।

प्रहरीले पक्राउ परेका चारै जनालाई रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरी प्रहरीलाई थप अनुसन्धानको अनुमति दिएको प्रहरी निरिक्षक शाहले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?