© 2026
चन्द्रौटा ।
लुम्बिनी प्रदेशस्तरीय बरघर समन्वय समितिको संयोजक प्रकाश चौधरीले पाएका छन् । कपिलवस्तुको चन्द्रौटामा भएको भेलाबाट बाल अधिकार संरक्षण, बालविवाह अन्त्य तथा बाल सहभागिता प्रवर्द्धनका लागि लुम्बिनी प्रदेशस्तरीय बाल अधिकार समन्वय ९ सदस्यीय समिति गठन गरिएको हो ।
त्यस्तै सदस्यहरूमा मञ्जु थारु (नवलपरासी), सञ्जय थारु (रुपन्देही), गणेश चौधरी (दाङ), प्रमोद चौधरी (बाँके), गुलबिया थारु (कपिलवस्तु), मीना थारु (रुपन्देही) र कमली चौधरी (दाङ) चयन भएका छन् । यसै गरी समितिको सदस्य सचिवमा बर्दियाका लालबहादुर चौधरी चयन भएका छन् ।
समितिले प्रदेशभर विशेष गरी थारु समुदायका बाल अधिकारको संरक्षण, बालविवाह न्यूनीकरण तथा बालबालिकाको अर्थपूर्ण सहभागिता अभिवृद्धिका लागि पैरवी र समन्वय गर्ने उद्देश्य राखेको छ । बालबालिकामाथि हुने हिंसा, विभेद र बालविवाहजस्ता समस्याको अन्त्य गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न प्रदेश तथा स्थानीय तहमा समन्वयात्मक भूमिका निर्वाह गर्ने अपेक्षा छ ।
पिस नेपाल कपिलवस्तु र सेभ द चिल्ड्रेन इन्टरनेशनलको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत गत आइतबार आयोजित प्रदेशस्तरीय भेलाबाट समिति गठन गरिएको हो । बालबालिकाका अधिकार सुनिश्चित गर्न निरन्तर पैरवी गर्ने उद्देश्यले समिति गठन गरिएको संयोजक चौधरीले जनाए ।