Butwal Today

नेपाल सुपर लिगमा बुटवल लुम्बिनी र झापाबीच खेल हुँदै

२६ मंसिर २०८०, मंगलवार
अ+
अ-

बुटवल,२६ मंसिर । नेपाल सुपर लिग एनएसएलमा आज मंगलबार बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुनेछ।

बुटवल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ भने झापा पहिलो जितको खोजीमा छ।

सुरुवातका दुई खेलमा लगातार पराजित भएपछि बुटवल लिगका पछिल्ला तीन खेलमा अपराजित छ। उसले उत्कृष्ट फुटबल खेलिरहेका स्पोर्टिङ इलाम र काठमाडौं रेजर्सलाई हराएको थियो।

झापाले लिगमा अहिलेसम्म जित हात पार्न सकेको छैन। झापा दुई खेलाडीको चोटका कारण पनि कुनै खेलमा सफलता प्राप्त गर्न सकेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?