Butwal Today

जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक

१७ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमान्डौँ ।

विराटनगर किंग्सका इमरान शेखले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि वान डाउनमा आएका शेखले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

ओपनर शान जयसूर्या टिमको स्कोर २ रन हुँदा आउट भएपछि क्रिजमा आएका शेखले अर्का ओपनर लोकेश बमसँग मिलेर शतकीय साझेदारी गरेका छन् । जारी संस्करणमा यो पहिलो शतकीय साझेदारी हो ।

एनपीएल इतिहासमा भने यो १४औँ शतकीय साझेदारी हो । प्रतियोगिताको पहिलो सिजनमा ७ र दोस्रो सिजनमा ६ पटक शतकीय साझेदारी भएको थियो ।

विराटनगरका खेलाडीले एनपीएलमा गरेको यो दोस्रो शतकीय साझेदारी हो । यसअघि दोस्रो सिजनमा लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए । यो विराटनगरको एनपीएल इतिहासकै उच्च साझेदारी हो ।

एनपीएल इतिहासमा सर्वाधिक साझेदारीको कीर्तिमान भने पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ । उनीहरूले लुम्बिनीविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?