© 2026
काठमान्डौँ ।
इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए । ओपनर लोकेश बमले पनि ५० रनको योगदान दिए । एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।
इमरानले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए । लोकेशले ४० बलमा समान ३ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे ।
ओपनर शेहान जयसूर्या टोलीको स्कोर २ रन हुँदा नै आउट भएपछि क्रिजमा आएका इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको महत्त्वपूर्ण साझेदारी गरे । जारी सिजनमा यो पहिलो शतकीय साझेदारी हो ।
यस्तै, आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले अविजित ५२ रन बनाए । उनले २९ बलमा २ चौका र ५ छक्का प्रहार गरे । शुभम रञ्जाने ७ रनमा अविजित रहे ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए