ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
सम्पादकीय

नमिता सुनिता हत्याको छानविन सुरु होस्

१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथीको घर जान भनी घरबाट निस्किएकी उनको ११ साउनमा उखुबारीमा शव फेला परेको थियो । निर्मला पन्तको हत्या भएको पाँच वर्ष बित्दा पनि अझै हत्याको अनुसन्धान टुङ्गोमा पुग्न सकेको छैन । पाँच बर्षको बीचमा धेरै सरकार परिवर्तन भए । धेरै गृहमन्त्रीले निर्मला हत्याको अनुसन्धान निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाए । धेरै प्रहरी महानिरिक्षकले पदबहाली गर्दैगर्दा हत्याको अनुसन्धान गहनरूपमा गर्ने भन्दै पद तथा गोपनियताको सपथ लिए । तर, अहिलेसम्म निर्मला पन्तको हत्याको रहस्य गर्भमै छ । निर्मला पन्तको हत्याको सन्दर्भ आउँदै गर्दा नेपालमा ४२ बर्षअघि भएको नमिता सुनिता हत्याकाण्डको घटनापनि छानबीन हुनुपर्दछ । त्यतिबेलाको नमिता सुनिता हत्याकाण्ड सुनेकाहरू त्यो दुःखद हत्याकाण्डको छानबीन भएको हेर्न र हत्यारा पत्ता लागेको सुन्न र देख्न चाहन्छन् ।

आजभन्दा ४२ बर्ष अघिको त्यो पाशविक र क्रुर हत्याकाण्डको प्रसंग सामाजिक सञ्जालमा अहिले जोडिएको छ । पत्रकार तथा लेखक चन्द्रमणि अधिकारीले त्यो हत्याकाण्डको बिषयको केही तथ्य फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । अहिलेको युवा पुस्तालाई त्यो क्रुर हत्याको बिषय जानकारीमा छैन । तसर्थ अधिकारीले सार्वजनिक गर्नुभएको त्यो घटना बुझ्न ४२ बर्षअघि पुग्नुपर्ने हुन्छ । उहाँकै शब्दमा– ‘अन्याय बुढो हुँदैन, न्याय मर्नु हुँदैन । कोलकाताको प्रतिष्ठित विद्यालयमा अध्ययनरत काठमाडौँका दुई किशोरी १६ वर्षीया नमिता र १८ वर्षे सुनिता गर्मीको छुट्टीमा घर आएको बेला पोखरा घुम्न जाने भए र २०३८ जेठ अन्त्यतिर बसबाट पोखरा पुगे । पोखरा विन्ध्यवासिनी निवासी नातेदार दिदी निरा पराजुली गाईडको रूपमा उनीहरूसँग उतै सामेल भईन् । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) कै छेउछाउमा घर छ निजामति सेवाको तत्कालीन प्रतिष्ठित राष्ट्रसेवक, उद्योग वाणिज्य विभागका महानिर्देशक र कोलकातामा नेपालका महावाणिज्यदूत भईसकेका माधवराज भण्डारीको । उनैका तीनमध्ये माहिली र कान्छी छोरी हुन् नमिता सुनिता । जेठी छोरी प्रख्यात अर्थशास्त्री तथा पूर्वमन्त्री डा. यादबप्रसाद पन्तका छोरासँग विहाबारी भयो । उनीहरू घुम्दै सेती नदीको बगरमा पुगे । सेतीकै बगर पछाडि नेपाली सेनाको फूलबारी ब्यारेक छ । सेती बगरमा केही अपरिचित युवाहरूले उनीहरूलाई जिस्क्याए । छेडखानी अन्ततः भनाभनमा पुग्यो । त्यसैको भोलीपल्ट जेठ २९ गते नमिताको लाश र सुनिताको लास असार ६ गते सेती नदीमा भेटियो । सँगै भएकी नीरा चाहिं बेपत्तै भईन् ।

यो सबै घटनाक्रम नजिकबाट देखिरहेका एउटै पात्र थिए बनपाले चुडामणि अधिकारी । बलात्कारपछि हत्या भएको यो घटना देशभरि फैलियो । कन्चनपुरकी १३ वर्षे किशोरी निर्मलाको बलात्कार र हत्याको आजजस्तै सनसनी मच्चिएको थियो । चुडामणिले सब घटना विवरण थाहा पाएका छन् भनेपछि स्थानीय प्रहरीले उनलाई बयानका लागि लग्यो । उनी दिनभर प्रहरी कार्यालयमा वयानका लागि पर्खेर बसे तर वयान गराईएन । ५ बजेतिर ‘भोली आउनु’ भनी पठाईयो । भोलीपल्ट उनको पनि लाश सेतीमा फालिएको अवस्थामा पाईयो । जनमत संग्रह सकिएर बालिग मताधिकारको आधारमा राष्ट्रिय पञ्चायतको निर्वाचन भएको एक महिना जति पुगेको हुँदो हो । प्रधानमन्त्री सूर्यबहादुर थापा र गृहमन्त्री थिए नैनबहादुर स्वाँर । राष्ट्रिय पञ्चायतमा यो बहसले उग्ररूप लिएको बेला थियो । गृहमन्त्रीको मौनता अत्यन्त रहस्यमय र सरकारी सल्लाह अनुरूपको हो भन्ने विवाद पनि त्यहींभित्र सुनिन्थ्यो । एक दिन गृहमन्त्री स्वाँरले राष्ट्रिय पञ्चायतमा उठेका प्रश्नको जवाफ दिनेक्रममा “केनेडीको हत्यारा त पत्ता लागेको थिएन, हत्या हुनेबित्तिकै हत्यारा पत्ता लागिहाल्छ ? क्याऽऽऽ….” भनिदिएर तातो बहसको आगोमा घ्यू खन्याउने काम गरेका थिए । अनुसन्धान चल्न थाल्दा भदौतिर तत्कालीन कास्कीका सीडीओ सूर्यबहादुर सेन ओली, लगायत एसपी, डीएसपी, प्रहरी अधिकृत सबैलाई राजधानीमा ल्याएर हाजिर गराईयो । ज्ञानेन्द्र शाह राजा भएको १० दिनमै उक्त काण्डको फाइल मगाएर सम्पूर्ण अनुसन्धान तथा अभिलेख नष्ट गराए ।’

निरंकुश पञ्चायती व्यवस्था भएकोले कसैले नमिता सुनिता काण्ड छानवीनको लागि दवाव दिन सकेनन् । अहिले त्यो प्रसंग संयोगबस निर्मला पन्तसंगै जोडिएको छ । नेपालका ती तीन चेलीका परिवारमाथि न्याय होस् । कम्तीमा पनि उनीहरूको परिवारले दोषीमाथि कारवाही भएको देख्न सुन्न पाउन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका पुराना फाईल खोल्छु भन्नुभएको छ । सरकारले भ्रष्टाचारको मात्र होइन अव ४२ बर्ष अघिको त्यो पाशविक र क्रुर हत्या र पाँच बर्षअघिको निर्मला पन्त हत्याको पनि फाईल खोलोस् । घटनाको निष्पक्ष छानवीन गरि दोषीमाथ कडा कारवाही होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?