© २०२३
बुटवल, ४ जेठ । नेपाल फार्मेसी संघ रुपन्देहीका नवनिर्वाचित कार्यसमितिलाई नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीद्वारा बधाई तथा सम्मान गरिएको छ । आईतबार संघको सचिवालयमा गरिएको कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, शाखाका संस्थापक अध्यक्ष सुरज भट्टराई, शाखा अध्यक्ष खड्ग बहादुर बस्नेतले नेपाल फार्मेसी संघका अध्यक्ष चोकलाल सापकोटासहित कार्यसमितिलाई खाँदा र टिका लगाई सम्मान गरिएको हो ।
कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष खरेलले दुबै संस्था एकअर्का बिचमा नङमासुको सम्बन्ध हुने भन्दै सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा संघका शाखा अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थाका सदस्यहरु बिचमा भाईचारा बिकास गर्ने गरि आगामी दिनमा थप रचनात्मक कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाए । ब्यवसायीक रुपमा पनि दुई संस्थाका बिचमा सहकार्य जरुरी रहेको भन्दै ब्यक्तिगत क्षमता र संस्थागत विकासमा सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला इन्जार्ज तथा प्रदेश कार्यसमिति सदस्य बैकुण्ठ प्रसाद कोइराला, शाखाका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेलले संस्था बिचमा सम्बन्ध बिस्तारको आधारका रुपमा परिचयका कार्यक्रमलाई निरन्तर अघि बढाईने बताए ।