© २०२३
बुटवल, ३ जेठ । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) बुटवल उपमहानगरपालिकाको प्रथम अधिबेशनबाट हेम रुचालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष सम्झना केसी, शिशिर घर्तिमगर, सचिव सुजन कुवर, सहसचिव बिजय बिक, सन्जय कार्की र कोषाध्यक्ष पुष्पा गुरुङ रहेका सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा अमृत थापामगर, सुशान्त तुलाचन, सन्दिप न्यौपाने, टिकाराम पौडेल, बिमला कुवर र बिनु परियार निर्वाचित भएका छन् भने चार जना सदस्यहरु पछि कलस्टर मिलाएर थप गरिने भएको छ ।
अधिवेशनको पार्टीको केन्द्रिय पुनावेदन समितिको प्रमुख बिष्णुहरि शर्माले उद्घाटन गर्दै जनतामा आएको राजनीतिक चेत र नयाँ ढंगको राजनीतिक संस्कारलाई व्यवस्थित रुपमा अगाडी बढाउनुपर्ने बताए । अव पुरानो सोंच र राजनीतिक दर्शनबाट मुलुकलाई सहि दिशामा लैजान नसक्ने भन्दै नया वैकल्पीक राजनीतिको खाचो भएको उनले बताए ।
कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष हरि रिजाल, केन्द्रिय सदस्य कमल खनाल, पंकज राई, रविना भण्डारी, शुशी पुलामी, जिल्ला संयोजक शोभाखर खनाल, लुम्बिनी प्रदेश जनपरिचालन एवं जनजागरण अभियानका सम्योजक हरि घर्तिमगर, सिद्धार्थ नगरपालिकाका अध्यक्ष विजय उपाध्यायले पार्टीको आगामी दिशा र योजनाबारे प्रकाश पारे ।
कार्यक्रम अध्यक्ष सुरज हितान मगरले पुराना दलवाट जनता वाक्क भएर पार्टीको बिकल्प खोजेको बताउदै नेसपा (नयाँशक्ति) को विचार, दर्शन, नीति, कार्यक्रम, शैली, संस्कार र आचरणमा बैकल्पिक भएको दावी गरे