Butwal Today

गभर्नर नियुक्तिमा चलखेल भइरहेको प्रचण्डको आरोप

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २  जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकार गम्भीर लापरवाहीमा रहेको आरोप लगाएका छन्।

शुक्रबार बैतडीको पाटनबाट सुरु भएको ‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ उद्घाटन गर्दै प्रचण्डले गभर्नर नियुक्ति प्रक्रिया विलम्ब हुनुमा “अनेक खालका चलखेल र प्रपञ्च” चलिरहेको बताए।

उनले स्पष्ट पारे, “राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने संवैधानिक पद हो, तर अहिलेसम्म सरकार त्यो गर्न असफल देखिएको छ।” प्रचण्डले सरकार गलत दिशातर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरे। “सरकारको यो ढिलाइ राष्ट्र र जनताको हित विपरीत मात्र होइन, मजदुर-किसानहरूको हकविरुद्ध पनि हो,” उनले भने।