Butwal Today

रास्वपाका सांसद असिम शाहले सोधे, ‘सरकार आफै डार्क मोडमा लान खोजेको हो ?(भिडियोसहित)

२ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले पछिल्लो समयमा बिना सुचना बत्ति गईरहेको बिषय उठाएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै बिना सुचना बत्ति काटेको भन्दै उनले संसदमा प्रश्न उठाएका हुन ।

‘सरकार आफैँ पनि डार्क मोडमा अपरेट भइरहेको छ र वत्ती झ्याप झ्याप निभाएर पुरा देशलाई पनि डार्क मोडमा पुर्‍याइरहेछ, सेटिङ चेन्ज गरेर लाइट मोड गर्नु पर्‍यो सरकार। संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौ झ्याप्प वत्ती जान्छ ,संसदमा त इनभर्टर, जेनेरेटर, सबै छ, केही रोकिन्न,’ उनले भने, ‘तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र ?’